Logo
गृहपृष्ठ
    • समाचार
    • आर्थिक
    • अन्तरास्ट्रिय
    • खेलकुद
    • राजनीतिक
    • समाज
    • मनोरञ्जन
      • विचार
    • स्वास्थ्य/जीवनशैली

रोजगारीबाट घर फर्किने नेपालीमार्फत सुन तस्करी

काठमाडौं, ५ वैशाख– सुन तस्करहरुले वैदेशिक रोजगारीमा गएका नेपालीलाई समेत तस्कर बनाउन थालेका छन् ।

वैदेशिक रोजगारीमा गएर घर फर्किन लागेका नेपालीमार्फत तस्करहरुले सुन तस्करी गराउन थालेका हुन् ।

घर फर्किन लागेका नेपाली कामदारलाई बाटो खर्चसहित केही रकम दिएर तस्करहरुले सुन नेपाल पुर्याउन लागेका छन् ।

प्रहरीले विदेशबाट काम गरेर स्वदेश फर्किएका नेपालीलाई तस्करीको सुनसहित पक्राउ गरेपछि यस्तो रहस्य खुलेको हो ।

वैदेशिक रोजगारीबाट फर्किएका नेपालीमार्फत सुन तस्करी हुने गरेको गोप्य सूचनाका आधारमा प्रहरीले मंगलवार छड्के जाँच गर्दा ३ जनालाई व्यक्तिलाई अवैध रुपमा नेपाल भित्र्याइएको सुनसहित पक्राउ गरेको छ ।

महानगरीय प्रहरी बृत्त कोटेश्वरका इन्सिपेक्टरको नेतृत्वमा प्रहरीले मंगलबार कोटेश्वर चोकमा चेकजाँच गरेको थियो । चेकजाँचका क्रममा स २ प ४०२८ नम्बरको मोटरसाइकलमा सवार व्यक्तिको साथबाट ५०–५० ग्रामको ४ वटा चुरा र चेकिङकै क्रममा मोटरसाइकल चालकको सम्पर्कमा आएका अर्का व्यक्तिबाट ५० ग्रामकै अर्को सुनको बाला बरामद गरिएको प्रहरीले जनाएको छ ।

सुनसहित पक्राउ पर्नेमा काठमाडौंका ठहिटि बस्ने ३६ वर्षीय रतनलाल श्रेष्ठ, उजयपुर घर भइ बौद्ध बस्ने २२ वर्षीय लिला कुमारी श्रेष्ठ र सिराहको लहान स्थायी घर भएका इन्द्र सदे रहेका प्रहरीले जनाएको छ ।

शेयर गर्नुहोस् >>

तपाइको प्रतिक्रिया

संबन्धित शीर्षकहरु

प्रमुख अतिथिको विषयमा विवाद हुँदा नेकपाद्धारा कार्यक्रम वहिस्कार
रसुवाका सांसद प्रेम तामाङलार्ई पितृशोक
दोहोरो अंकले घट्यो शेयर बजार
काँग्रेसद्वारा बाढी र पहिरोबाट भएको क्षतिप्रति दुःख व्यक्त
निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश
नेपाली सेनाद्वारा बाढीपहिरो पीडितको उद्धार
तेस्रो किस्ता लिने भूकम्पप्रभावित दुईलाख नाघे
लगातारको वर्षाले धारापानीको १४ घरधुरी जोखिममा

Contact Us on Facebook

ताजा अपडेट

प्रमुख अतिथिको विषयमा विवाद हुँदा नेकपाद्धारा कार्यक्रम वहिस्कार

कार्यक्रम पुरै कांग्रेसमय विदुर÷ नुवाकोटलाई आज खुल्ला दिसामुत्त जिल्ला घोषणा गरिएको छ । जिल्लामा खल्ला...

रसुवाका सांसद प्रेम तामाङलार्ई पितृशोक

रसुवा, जिल्लाको प्रदेश नं ३ बाट प्रतिनिधित्व गर्ने नयाँशक्ति नेपालका सांसद प्रेम तामाङलाई पितृशोक...

  • दोहोरो अंकले घट्यो शेयर बजार
  • काँग्रेसद्वारा बाढी र पहिरोबाट भएको क्षतिप्रति दुःख व्यक्त
  • निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश
  • नेपाली सेनाद्वारा बाढीपहिरो पीडितको उद्धार
  • प्रमुख अतिथिको विषयमा विवाद हुँदा नेकपाद्धारा कार्यक्रम वहिस्कार
  • रसुवाका सांसद प्रेम तामाङलार्ई पितृशोक
  • दोहोरो अंकले घट्यो शेयर बजार
  • काँग्रेसद्वारा बाढी र पहिरोबाट भएको क्षतिप्रति दुःख व्यक्त
  • निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश

हाम्रो टीम

प्रधान सम्पादक

गोपाल आचार्य

प्रतिनिधि

भोज कुमारी खड्का (आचार्य)

दिपक सापकोटा

सूचना विभाग दर्ता नं:-

हाम्रो बारेमा

काठमाण्डौ बाट प्रकाशित भैरहेको प्रेश काउन्सिलबाट ख बर्गमा सूचिकृत पत्रिका सुदामा साप्ताहिक खबर पत्रिकालाई अहिलेको समयको मागसँगै अनलाइनका माध्यमबाट पनि संसार भर हेर्नका लागि हामी डिजिटल प्रबिधिमा आएका छौ । पत्रिका जस्तै यसलाई पनि माया गरिदिनुहुनेछ भन्ने पूर्ण विश्वासमा छौं ।

सम्पर्क

सुदामा साप्ताहिक नयाँ बानेश्वोर्, काठमाडौँ
+977-9841714454
sudaama@gmail.com
©  2020 Sudamaa  |  All rights reserved

powered By : elitetechnepal