Logo
गृहपृष्ठ
    • समाचार
    • आर्थिक
    • अन्तरास्ट्रिय
    • खेलकुद
    • राजनीतिक
    • समाज
    • मनोरञ्जन
      • विचार
    • स्वास्थ्य/जीवनशैली

३३ किलो सुन प्रकरण– प्रहरी अधिकृतदेखि पूर्वमन्त्रीसम्म अनुसन्धानको घेरामा !

काठमाडौं । माघ ७ मा काठमाडौं भित्रिएको साढे ३३ किलो सुन गायब भएको प्रकरण झनपछि झन रहस्यमय बन्न थालेको छ ।  यो घटनासँग जोडिएका तीन जनाको ज्यान गइसकेको छ भने केही सम्पर्कविहीन अवस्थामा छन् ।
यही प्रकरणमा उर्लावारी मोरङका भरिया भनिएका सनम शाक्य, नेपाल वायु सेवा निगमका कर्मचारी प्रेमराज चौधरीको मृत्यु भएको छ भने अर्का एकजनाको मृत्युलाई पनि यसैसँग जोडेर हेरिएको छ । तर यही घटनाका कारण हो वा अन्य भन्ने खुल्न सकेको छैन ।
तर अनुसन्धानमा सक्रिय सुरक्षा अधिकारीले अहिलेसम्म यो प्रकरण अति नै गोप्य राखेर अनुसन्धान जारी राखेका छन् । त्यसैले घटनाका बारेमा सबै विवरण आइनसकेको स्रोत बताउँछ । त्रिभुवन विमानस्थलमा दुर्घटनाका क्रममा मृत्यु भएका सानु बम सम्बन्धी विषय पनि गृह मन्त्रालयले बनाएको छानबिन समितिले हेरेको स्रोतले जानकारी  दियो ।

लहरो तान्दा पहरो खस्ने खतरा

३३ किलो सुन प्रकरणमा लहरो तान्दा पहरो खस्ने संकेत देखिएको अनुसन्धानमा सघाउँदै आएको प्रहरी स्रोत बताउँछ । गृह मन्त्रालयले गठन गरेको सह–सचिव ईश्वरचन्द्र पौडेलको संयोजकत्वको छानबिन समितिले अहिलेसम्म ३० जनाभन्दा बढीलाई पक्राउ गरेको बताइएको छ । पक्राउ परेकामध्ये कतिपयलार्ई जिल्ला प्रहरी कार्यालय मोरङ पठाइएको छ भने कतिपय काठमाडौंमै छन् ।

काठमाडौंमा रहेकाहरुलाई पनि मोरङमै बुझाइने र आफुहरु अब मुद्दा दायर गर्ने अवस्थाको नजिक पुगेको समितिमा रहेका एसएसपी वसन्त लामाले बताए । लामाले भने, “हामी सबै कुरा मोरङ प्रहरीको जिम्मा लगाइरहेका छौं । केही दिनमै मुद्दा दायर होला । अहिले पनि हामी अनुसन्धानकै क्रममा छौं ।”

सुनका मालिक भनिएका चुडामणि उप्रेती ‘गोरे’ फरार रहेको टोलीले निष्कर्ष निकालेको बताइएको छ ।

स्रोतका अनुसार यो प्रकरणसँग अन्य सुनकान्ड पनि जोडेर अनुसन्धान भइरहेको छ । स्रोतका अनुसार पुरानो सुन प्रकरणमा प्रहरीका केही पूर्व अधिकृत, भन्सारका अधिकारी, चर्चित व्यापारी र पूर्वमन्त्रीसम्मको मिलेमतो रहेको आशंका गरेको छ । नेपालमा सुनको कारोबार र केही वर्षअघिदेखिका घटना नजिकबाट अनुसन्धान गर्ने काम भइरहेको प्रहरी स्रोतले जानकारी दिएको छ । तर अनुसन्धानको घेरामा रहेकाले कसैको पनि नाम बताउन नमिल्ने प्रहरी स्रोत बताउँछ ।

को –को परे पक्राउ ?

युएईबाट ल्याएको भनिएको तस्करीको ३३ किलो सुन काठमाडौंबाट विराटनगर लैजाने क्रममा गत हराएको हो । त्यही हराएको सुन भरिया सनम शाक्यमार्फत लगिएको र पछि हराएको भन्दै शाक्यको हत्या भएको थियो । शाक्यको हत्यापछि यो घटना थप रहस्यमय बनेको प्रहरी स्रोत बताउँछ ।

फागुन १९ मा महानगरीय प्रहरी अपराध महाशाखा, काठमाडौंबाट खटिएको टोलीले धरानमा शाक्यको शव फेला पारेको थियो ।  त्यो हत्यामा संलग्न भएको भन्दै प्रहरीले मोहन काफ्ले, नरेन्द्र कार्की र टेकराज मल्ल ठकुरीलाई पक्राउ गरेको थियो ।
शाक्यको हत्यामै सहयोगी भूमिका खेल्ने लाक्पा शेर्पा र मदन घिमिरेसमेत मोरङ प्रहरीको हिरासतमा छन् ।   यस्तै ३३ किलो सुन प्रकरणमै पक्राउ परेका अर्का व्यक्ति हुन् भुजुङ गुरुङ । स्रोतका अनुसार गुरुङले नै विमानस्थलमा सुन तस्करीको सेटिङ मिलाउने गरेका थिए । भारतीय व्यापारी महावीर गोल्यानसहित प्रहरीले बालकृष्ण श्रेष्ठ, कपिलराज पुरी, गोपालकुमार श्रेष्ठ, दोराम खत्री, सम्बिरप्रसाद तोलाङे, हेमन्त गौतम, पुण्यप्रसाद लामा, वीरेन्द्रमान श्रेष्ठ, राजन थापा, लालबहादुर मगर, राजु महर्जन, आरके ज्वेलर्सका सञ्चालक राजेन्द्र शाक्य र जय मातादी गोल्ड प्यालेसका पवन अग्रवाल पनि पक्राउ परेका छन् ।

आफ्नो चेन अफ कमाण्ड मिचेर विराटनगर र धरानसम्म पुगेर अनुसन्धान गर्ने कार्यमा संलग्न महानगरीय अपराध महाशाखा प्रमुख एसएसपी दिवेश लोहनी, नायब उपरीक्षक प्रजित केसी र नायब निरीक्षक बालकृष्ण सञ्जेललाई प्रहरी प्रधान कार्यालयमा तानिएको छ ।

बाजेको सेकुवामा मालिक पनि छानबिनको दायरमा

अनुसन्धान टोलीले बाजेको सेकुवाका सञ्चालक चेतन भण्डारीमाथि छानबिन अघि बढाएको छ । स्रोतका अनुसार उनको सम्पत्ति र बैंक खाता रोक्का गरिएको छ । भण्डारी सुन तस्कर गोरेसँग नजिकका व्यक्ति रहेको प्रहरी स्रोत बताउँछ ।
नाताले भाञ्जा र सुनमा लगानीकर्ता भएको बताइन्छ । एकजना प्रहरी अधिकारी भन्छन्–यो तस्करीमा भण्डारी प्रत्यक्ष रुपमा संलग्न नभई उप्रेतीलाई तस्करीका लागि लगानी गरेको देखिन्छ ।

२० जनाको सम्पति र बैंक खाता रोक्का

जिल्ला प्रहरी कार्यालय मोरङ स्रोतका अनुसार ३३ किलो सुन तस्करीमा संलग्न रहेको आरोपमा चेतन भण्डारीसहित मोहन अग्रवाल, रमेश उप्रेती, नर्वदा खरेल उप्रेती, रक्षा भण्डारी, प्रयास पराजुली, रोहित आचार्य, कृष्ण बस्नेत, मोहमद उस्ताम मिया, भविन राई (भविन तामाङ), कमल कार्की, सन्दीप खड्का, सुनिल अग्रवाल, प्रमोद श्रेष्ठ, डोलेन्द्रप्रसाद खरेल, दावा शेर्पा, भोजराज भण्डारी, दुर्गा खरेल (उप्रेती), भीमकुमारी खरेल, सुरेन्द्र गौतम  लगायतको बैंक खाता तथा सम्पत्ति रोक्का राखेको छ ।

शेयर गर्नुहोस् >>

तपाइको प्रतिक्रिया

संबन्धित शीर्षकहरु

प्रमुख अतिथिको विषयमा विवाद हुँदा नेकपाद्धारा कार्यक्रम वहिस्कार
रसुवाका सांसद प्रेम तामाङलार्ई पितृशोक
दोहोरो अंकले घट्यो शेयर बजार
काँग्रेसद्वारा बाढी र पहिरोबाट भएको क्षतिप्रति दुःख व्यक्त
निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश
नेपाली सेनाद्वारा बाढीपहिरो पीडितको उद्धार
तेस्रो किस्ता लिने भूकम्पप्रभावित दुईलाख नाघे
लगातारको वर्षाले धारापानीको १४ घरधुरी जोखिममा

Contact Us on Facebook

ताजा अपडेट

प्रमुख अतिथिको विषयमा विवाद हुँदा नेकपाद्धारा कार्यक्रम वहिस्कार

कार्यक्रम पुरै कांग्रेसमय विदुर÷ नुवाकोटलाई आज खुल्ला दिसामुत्त जिल्ला घोषणा गरिएको छ । जिल्लामा खल्ला...

रसुवाका सांसद प्रेम तामाङलार्ई पितृशोक

रसुवा, जिल्लाको प्रदेश नं ३ बाट प्रतिनिधित्व गर्ने नयाँशक्ति नेपालका सांसद प्रेम तामाङलाई पितृशोक...

  • दोहोरो अंकले घट्यो शेयर बजार
  • काँग्रेसद्वारा बाढी र पहिरोबाट भएको क्षतिप्रति दुःख व्यक्त
  • निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश
  • नेपाली सेनाद्वारा बाढीपहिरो पीडितको उद्धार
  • प्रमुख अतिथिको विषयमा विवाद हुँदा नेकपाद्धारा कार्यक्रम वहिस्कार
  • रसुवाका सांसद प्रेम तामाङलार्ई पितृशोक
  • दोहोरो अंकले घट्यो शेयर बजार
  • काँग्रेसद्वारा बाढी र पहिरोबाट भएको क्षतिप्रति दुःख व्यक्त
  • निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश

हाम्रो टीम

प्रधान सम्पादक

गोपाल आचार्य

प्रतिनिधि

भोज कुमारी खड्का (आचार्य)

दिपक सापकोटा

सूचना विभाग दर्ता नं:-

हाम्रो बारेमा

काठमाण्डौ बाट प्रकाशित भैरहेको प्रेश काउन्सिलबाट ख बर्गमा सूचिकृत पत्रिका सुदामा साप्ताहिक खबर पत्रिकालाई अहिलेको समयको मागसँगै अनलाइनका माध्यमबाट पनि संसार भर हेर्नका लागि हामी डिजिटल प्रबिधिमा आएका छौ । पत्रिका जस्तै यसलाई पनि माया गरिदिनुहुनेछ भन्ने पूर्ण विश्वासमा छौं ।

सम्पर्क

सुदामा साप्ताहिक नयाँ बानेश्वोर्, काठमाडौँ
+977-9841714454
[email protected]
©  2020 Sudamaa  |  All rights reserved

powered By : elitetechnepal