Logo
गृहपृष्ठ
    • समाचार
    • आर्थिक
    • अन्तरास्ट्रिय
    • खेलकुद
    • राजनीतिक
    • समाज
    • मनोरञ्जन
      • विचार
    • स्वास्थ्य/जीवनशैली

‘चुनाव चिन्ह सूर्य नै, जनयुद्ध महाधिवेशनमा टुंग्याउन सकिन्छ’

काठमाडौं । एकीकृत पार्टीको चुनाव चिन्ह सूर्य राख्न र जनयुद्धबारे महाधिवेशनमा टुंगो लगाउन माओवादी केन्द्र सहमत भएको छ । आइतबार बिहान पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा बसेको केन्द्रीय कार्यालय बैठकले यस्तो निर्णय गरेको माओवादी केन्द्रका नेता दिनानाथ शर्माले जानकारी दिए ।

“बैठकमा पार्टी अध्यक्ष प्रचण्डले यो बीचमा एमालेसँग भएका कुराहरुबारे ब्रिफिङ गर्नुभएको थियो । जनयुद्धले नै नेपालमा धेरै ठूलो परिवर्तन भएको हो । जनयुद्ध शब्दलाई हटाउन सकिँदैन । त्यसैले हामीले प्राप्त गरेका उपलब्धिहरुको रक्षाका लागि पनि जनयुद्ध शब्द विधानमा राख्नुपर्छ । जनयुद्धलाई महाधिवेशनमा लगेर टुंग्याउन दुवै पार्टीका नेताहरु सहमत भएका छन्,” शर्माले भने ।

उनले पार्टीका लागि नेताहरुको व्यवस्थापन नै मुख्य चुनौती रहेको पनि बताए । “पार्टी एकतालाई जतिसक्दो छिटो निष्कर्षमा पुर्याउन बैठकले जोड दिएको छ । मुख्य नेताहरुको व्यवस्थापन कसरी गर्ने भन्ने कुरा टुङ्गिन बाँकी छ । दुवै पार्टीका नेताहरुको केन्द्रदेखि तलसम्म कामको जिम्मेवारी टुङ्गिएपछि हाम्रो एकता हुन्छ,” शर्माले भने ।

उनले पार्टी अध्यक्ष प्रचण्डले एकीकृत पार्टीको महाधिवेशनपछिको अध्यक्ष सुनिश्चित गर्न एमालेसँग आग्रह नगरेको स्पष्टसमेत पारे । एमाले र माओवादी केन्द्रले आइतबार दिउँसो १२ बजे पार्टी एकताको सन्देश दिन राजधानीको राष्ट्रिय सभागृहमा संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दैछन् ।

बैठकमा कार्यालय सदस्यले एकताका विषयमा अध्यक्ष दाहाललाई सुझाव दिएको बैठकपछि पार्टी प्रवक्ता पम्फा भुसालले बताइन् । एकताका लागि समय लाग्ने उनको भनाइ थियो । दुई पार्टी मिलाएर एकता भई नयाँ पार्टी बन्ने विषयमा हतारिन नहुने उल्लेख गर्दै उनले भनिन्, “यही मितिमा हुन्छ भनेर तिथि तोक्न सकिन्न ।”

प्रवक्ता भुसालले पार्टी एकता संयोजन समितिले दिएको प्रतिवेदनबारे दुई अध्यक्षबीच भएका छलफलका विषयमा अध्यक्षले बैठकलाई जानकारी दिइन् । राजनीतिक र सांगठनिक विषयमा छलफल सकारात्मक रुपमा अगाडि बढेको बताउँदै उनले भनिन्, “दुवै पार्टीका नेता, कार्यकर्ता र जनताको भावना र राष्ट्रिय आवश्यकताअनुसार पार्टी एकता सुनिश्चित गर्नेतर्फ प्रक्रिया अगाडि बढेको छ ।”
यसैबीच, एमाले अध्यक्ष केपी अोली र माअाेवादी अध्यक्षबीच अहिले छलफल जारी छ । माअाेवादी बैठकपछि उनीहरू वार्तामा बसेका हुन् ।

शेयर गर्नुहोस् >>

तपाइको प्रतिक्रिया

संबन्धित शीर्षकहरु

प्रमुख अतिथिको विषयमा विवाद हुँदा नेकपाद्धारा कार्यक्रम वहिस्कार
रसुवाका सांसद प्रेम तामाङलार्ई पितृशोक
दोहोरो अंकले घट्यो शेयर बजार
काँग्रेसद्वारा बाढी र पहिरोबाट भएको क्षतिप्रति दुःख व्यक्त
निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश
नेपाली सेनाद्वारा बाढीपहिरो पीडितको उद्धार
तेस्रो किस्ता लिने भूकम्पप्रभावित दुईलाख नाघे
लगातारको वर्षाले धारापानीको १४ घरधुरी जोखिममा

Contact Us on Facebook

ताजा अपडेट

प्रमुख अतिथिको विषयमा विवाद हुँदा नेकपाद्धारा कार्यक्रम वहिस्कार

कार्यक्रम पुरै कांग्रेसमय विदुर÷ नुवाकोटलाई आज खुल्ला दिसामुत्त जिल्ला घोषणा गरिएको छ । जिल्लामा खल्ला...

रसुवाका सांसद प्रेम तामाङलार्ई पितृशोक

रसुवा, जिल्लाको प्रदेश नं ३ बाट प्रतिनिधित्व गर्ने नयाँशक्ति नेपालका सांसद प्रेम तामाङलाई पितृशोक...

  • दोहोरो अंकले घट्यो शेयर बजार
  • काँग्रेसद्वारा बाढी र पहिरोबाट भएको क्षतिप्रति दुःख व्यक्त
  • निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश
  • नेपाली सेनाद्वारा बाढीपहिरो पीडितको उद्धार
  • प्रमुख अतिथिको विषयमा विवाद हुँदा नेकपाद्धारा कार्यक्रम वहिस्कार
  • रसुवाका सांसद प्रेम तामाङलार्ई पितृशोक
  • दोहोरो अंकले घट्यो शेयर बजार
  • काँग्रेसद्वारा बाढी र पहिरोबाट भएको क्षतिप्रति दुःख व्यक्त
  • निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश

हाम्रो टीम

प्रधान सम्पादक

गोपाल आचार्य

प्रतिनिधि

भोज कुमारी खड्का (आचार्य)

दिपक सापकोटा

सूचना विभाग दर्ता नं:-

हाम्रो बारेमा

काठमाण्डौ बाट प्रकाशित भैरहेको प्रेश काउन्सिलबाट ख बर्गमा सूचिकृत पत्रिका सुदामा साप्ताहिक खबर पत्रिकालाई अहिलेको समयको मागसँगै अनलाइनका माध्यमबाट पनि संसार भर हेर्नका लागि हामी डिजिटल प्रबिधिमा आएका छौ । पत्रिका जस्तै यसलाई पनि माया गरिदिनुहुनेछ भन्ने पूर्ण विश्वासमा छौं ।

सम्पर्क

सुदामा साप्ताहिक नयाँ बानेश्वोर्, काठमाडौँ
+977-9841714454
sudaama@gmail.com
©  2020 Sudamaa  |  All rights reserved

powered By : elitetechnepal