Logo
गृहपृष्ठ
    • समाचार
    • आर्थिक
    • अन्तरास्ट्रिय
    • खेलकुद
    • राजनीतिक
    • समाज
    • मनोरञ्जन
      • विचार
    • स्वास्थ्य/जीवनशैली

तीनदिन देशैभर बदली र वर्षा हुने

आगामी तीन दिनसम्म देशैभर बदली रही अधिकांश स्थानमा मध्यमदेखि भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले तीनदिनको मौसम पूर्वानुमानबारे आज एक विज्ञप्ति जारी गर्दै दिउँसोको समयमा सामान्य बदली र देशका कतिपय स्थानमा हल्कादेखि मध्यमखालको वर्षाको सम्भावना रहेको औँल्याएको हो ।

आज दिउँसो देशभरि नै बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यमखालको वर्षा हुनेछ भने देशको मध्य र पश्चिमी क्षेत्रका केही स्थानमा भारी वर्षाको सम्भावना छ । रातिको समयमा पनि देशभरि नै बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यमखालको वर्षाका साथै पूर्व र पश्चिमका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।

त्यसैगरी असार २६ गते (मंगलबार) दिउँसोको समयमा सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यमखालको वर्षा हुने सम्भावना छ । साँझ पनि देशभरि नै बदली रही केही स्थानमा हल्कादेखि मध्यमखालको वर्षा हुनाका साथै देशको पूर्व र पश्चिम क्षेत्रका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

आगामी असार २७ गते (बुधबार) पनि देशभरि नै सामान्य बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यमखालको वर्षा हुने सम्भावना छ । सोही दिन रातको समयमा पनि देशभरि नै बदली रही धेरै स्थानमा हल्कादेखि मध्यमखालको वर्षा हुने देखिन्छ । साथै मध्य तथा पश्चिम क्षेत्रका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँमा १८.३ मिलिमिटर वर्षा भएको छ । पोखरामा ७०, धनगढीमा १५, डडेल्धुरामा पाँच र ओखलढुङ्गामा तीन मिलिमिटर वर्षा भएको छ । आज काठमाडौँको अधिकतम २७.८ र न्यूनतम २०.५ डिग्री सेल्सियस रहेको छ ।

शेयर गर्नुहोस् >>

तपाइको प्रतिक्रिया

संबन्धित शीर्षकहरु

प्रमुख अतिथिको विषयमा विवाद हुँदा नेकपाद्धारा कार्यक्रम वहिस्कार
रसुवाका सांसद प्रेम तामाङलार्ई पितृशोक
दोहोरो अंकले घट्यो शेयर बजार
काँग्रेसद्वारा बाढी र पहिरोबाट भएको क्षतिप्रति दुःख व्यक्त
निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश
नेपाली सेनाद्वारा बाढीपहिरो पीडितको उद्धार
तेस्रो किस्ता लिने भूकम्पप्रभावित दुईलाख नाघे
लगातारको वर्षाले धारापानीको १४ घरधुरी जोखिममा

Contact Us on Facebook

ताजा अपडेट

प्रमुख अतिथिको विषयमा विवाद हुँदा नेकपाद्धारा कार्यक्रम वहिस्कार

कार्यक्रम पुरै कांग्रेसमय विदुर÷ नुवाकोटलाई आज खुल्ला दिसामुत्त जिल्ला घोषणा गरिएको छ । जिल्लामा खल्ला...

रसुवाका सांसद प्रेम तामाङलार्ई पितृशोक

रसुवा, जिल्लाको प्रदेश नं ३ बाट प्रतिनिधित्व गर्ने नयाँशक्ति नेपालका सांसद प्रेम तामाङलाई पितृशोक...

  • दोहोरो अंकले घट्यो शेयर बजार
  • काँग्रेसद्वारा बाढी र पहिरोबाट भएको क्षतिप्रति दुःख व्यक्त
  • निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश
  • नेपाली सेनाद्वारा बाढीपहिरो पीडितको उद्धार
  • प्रमुख अतिथिको विषयमा विवाद हुँदा नेकपाद्धारा कार्यक्रम वहिस्कार
  • रसुवाका सांसद प्रेम तामाङलार्ई पितृशोक
  • दोहोरो अंकले घट्यो शेयर बजार
  • काँग्रेसद्वारा बाढी र पहिरोबाट भएको क्षतिप्रति दुःख व्यक्त
  • निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश

हाम्रो टीम

प्रधान सम्पादक

गोपाल आचार्य

प्रतिनिधि

भोज कुमारी खड्का (आचार्य)

दिपक सापकोटा

सूचना विभाग दर्ता नं:-

हाम्रो बारेमा

काठमाण्डौ बाट प्रकाशित भैरहेको प्रेश काउन्सिलबाट ख बर्गमा सूचिकृत पत्रिका सुदामा साप्ताहिक खबर पत्रिकालाई अहिलेको समयको मागसँगै अनलाइनका माध्यमबाट पनि संसार भर हेर्नका लागि हामी डिजिटल प्रबिधिमा आएका छौ । पत्रिका जस्तै यसलाई पनि माया गरिदिनुहुनेछ भन्ने पूर्ण विश्वासमा छौं ।

सम्पर्क

सुदामा साप्ताहिक नयाँ बानेश्वोर्, काठमाडौँ
+977-9841714454
sudaama@gmail.com
©  2020 Sudamaa  |  All rights reserved

powered By : elitetechnepal