Logo
गृहपृष्ठ
    • समाचार
    • आर्थिक
    • अन्तरास्ट्रिय
    • खेलकुद
    • राजनीतिक
    • समाज
    • मनोरञ्जन
      • विचार
    • स्वास्थ्य/जीवनशैली

श्रमिकको न्यूनतम पारिश्रमिक रु १३ हजार निर्धारण

काठमाडौँ, २५ असार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नयाँ आर्थिक वर्षदेखि लागू हुनेगरी श्रमिकको न्यूनतम पारिश्रमिक १३ हजार ४५० निर्धारण गरेको छ ।

रोजगारदाता र श्रमिकका प्रतिनिधिबीच भएको त्रिपक्षीय छलफलबाट सम्पूर्ण रोजगार प्रदायक क्षेत्रमा कार्यरत श्रमिकको पारिश्रमिक निर्धारण गरिएको हो । मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा श्रममन्त्री गोकर्णराज विष्टले भन्नुभयो, “विगतका समयमा बढाइएको पारिश्रमिकको दरभन्दा यो बढी हो, यसलाई हामीले अहिलेसम्मकै उच्चतम वृद्धिदरका रुपमा लिन सक्छौंँ ।”

कुनै पनि कम्पनीले तोकिएको न्यूनतम पारिश्रमिकभन्दा कम दिएमा सो कम्पनीलाई कडाइका साथ कारवाही गरिने मन्त्रालयका सचिव यज्ञेश्वर दाहालले बताउनुभयो । उहाँले श्रम ऐन २०७४ को दफा १०६ र १०७ अनुसार मन्त्रालयले प्रत्येक दुई वर्षमा न्यूनतम पारिश्रमिक निर्धारण गर्न सरकार, ट्रेड युनियन र रोजगारदाता संगठनको प्रतिनिधित्व हुने गरी एक स्थायी ‘न्यूनतम पारिश्रमिक निर्धारण समिति गठन हुने जानकारी दिनुभयो ।

न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष भवानी राणाले पारिश्रमिक निर्धारणको कार्यान्वयनमा ट्रेड युनियनले हातमा हात राखी हिँड्नु आवश्यक रहेको बताउनुभयो ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)का अध्यक्ष विनोद श्रेष्ठले भने श्रमिकको न्यूनतम पारिश्रमिक ज्यादै कम भएको बताउँदै भन्नुभयो, “पारिश्रमिकले श्रमिकको जीवन धान्न पुगोस् र विदेश जानुपर्ने अवस्था नआओस् भन्ने महासंघको धारणा छ ।” युनियनका अध्यक्षहरुले भने ट्रेड युनियनहरुको बृहत् छलफलबाट श्रमिकको न्यूनतम पारिश्रमिक निर्धारण भएको बताएका थिए ।

शेयर गर्नुहोस् >>

तपाइको प्रतिक्रिया

संबन्धित शीर्षकहरु

प्रमुख अतिथिको विषयमा विवाद हुँदा नेकपाद्धारा कार्यक्रम वहिस्कार
रसुवाका सांसद प्रेम तामाङलार्ई पितृशोक
दोहोरो अंकले घट्यो शेयर बजार
काँग्रेसद्वारा बाढी र पहिरोबाट भएको क्षतिप्रति दुःख व्यक्त
निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश
नेपाली सेनाद्वारा बाढीपहिरो पीडितको उद्धार
तेस्रो किस्ता लिने भूकम्पप्रभावित दुईलाख नाघे
लगातारको वर्षाले धारापानीको १४ घरधुरी जोखिममा

Contact Us on Facebook

ताजा अपडेट

प्रमुख अतिथिको विषयमा विवाद हुँदा नेकपाद्धारा कार्यक्रम वहिस्कार

कार्यक्रम पुरै कांग्रेसमय विदुर÷ नुवाकोटलाई आज खुल्ला दिसामुत्त जिल्ला घोषणा गरिएको छ । जिल्लामा खल्ला...

रसुवाका सांसद प्रेम तामाङलार्ई पितृशोक

रसुवा, जिल्लाको प्रदेश नं ३ बाट प्रतिनिधित्व गर्ने नयाँशक्ति नेपालका सांसद प्रेम तामाङलाई पितृशोक...

  • दोहोरो अंकले घट्यो शेयर बजार
  • काँग्रेसद्वारा बाढी र पहिरोबाट भएको क्षतिप्रति दुःख व्यक्त
  • निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश
  • नेपाली सेनाद्वारा बाढीपहिरो पीडितको उद्धार
  • प्रमुख अतिथिको विषयमा विवाद हुँदा नेकपाद्धारा कार्यक्रम वहिस्कार
  • रसुवाका सांसद प्रेम तामाङलार्ई पितृशोक
  • दोहोरो अंकले घट्यो शेयर बजार
  • काँग्रेसद्वारा बाढी र पहिरोबाट भएको क्षतिप्रति दुःख व्यक्त
  • निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश

हाम्रो टीम

प्रधान सम्पादक

गोपाल आचार्य

प्रतिनिधि

भोज कुमारी खड्का (आचार्य)

दिपक सापकोटा

सूचना विभाग दर्ता नं:-

हाम्रो बारेमा

काठमाण्डौ बाट प्रकाशित भैरहेको प्रेश काउन्सिलबाट ख बर्गमा सूचिकृत पत्रिका सुदामा साप्ताहिक खबर पत्रिकालाई अहिलेको समयको मागसँगै अनलाइनका माध्यमबाट पनि संसार भर हेर्नका लागि हामी डिजिटल प्रबिधिमा आएका छौ । पत्रिका जस्तै यसलाई पनि माया गरिदिनुहुनेछ भन्ने पूर्ण विश्वासमा छौं ।

सम्पर्क

सुदामा साप्ताहिक नयाँ बानेश्वोर्, काठमाडौँ
+977-9841714454
[email protected]
©  2020 Sudamaa  |  All rights reserved

powered By : elitetechnepal