Logo
गृहपृष्ठ
    • समाचार
    • आर्थिक
    • अन्तरास्ट्रिय
    • खेलकुद
    • राजनीतिक
    • समाज
    • मनोरञ्जन
      • विचार
    • स्वास्थ्य/जीवनशैली

नुवाकोटमा विद्युत आपूर्ति ठप्प, स्थानीयकाे दैनिकी असहज

नुवाकोट– त्रिशुली जलविद्युत् केन्द्रको उत्पादन गृहमा मंगलबार आगलागी भएपछि यस क्षेत्रमा विद्युत आपूर्ति ठप्प भएको छ। नुवाकोटमा विद्युत आपूर्ति ठप्प हुँदा यहाँका उद्योगधन्दा, कलकारखाना, संचारमाध्यमहरु बन्द हुनुका साथै अन्य क्षेत्रमासमेत असहज स्थिती पेदा भएको छ।

मंगलबार जलविद्युत् गृहबाट उत्पादन भएको विद्युतलाई टान्सफर्मरसम्म पुर्‍याउन प्रयोग गरिने विद्युतीय तारमा जडान गरिएको बसबाकमा आगलागी भएको हो। आगलागीबाट बसबाकमा पूर्णरुपमा जलेर क्षति पुगेको छ भने अन्य स्थानमा समेत असर गरेको छ। क्षतिको विवरण प्राप्त हुन बाँकी रहेको उत्पादन गृहका प्रमुख तारादत्त भट्टले जानकारी दिए।

उनका अनुसार आगो निभाउन ‘फायर एक्सटिनगुइसर’ उपकरण प्रयोग गरे पनि त्यो पर्याप्त नभएपछि दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो। पानी प्रयोग गरेर निभाउँदा विद्युतीय उपकरणमा समेत थप क्षति पुगेको उनको भनाइ छ। आगो निभाउन नेपाली सेना, नेपाल प्रहरी, विद्युत गृहका कर्मचारी, स्थानीयवासीलगायत परिचालन भएका थिए।

आगलागीपश्चात् २४ मेगावाट क्षमताको त्रिशूली जलविद्युत् केन्द्रको विद्युत् उत्पादन बन्द भएको छ। २०२३ देखि विद्युत् उत्पादन सुरु गरेको उक्त केन्द्रले हालसम्म पनि पूर्ण क्षमताको उत्पादनलाई निरन्तर दिँदै आएको छ।

विद्युत्त सेवा अवरुद्ध नुवाकोटमा रहेका सञ्चारमाध्यम तथा सञ्चार सेवासमेत अवरुद्ध भएको छ। नुवाकोटमा रहेका सातमध्ये ६ ओटा रेडियोको प्रसारण समेत बन्द भएको छ भने नुवाकोटको एकमात्र टेलिभिजन त्रिशुली टिभीसमेत बन्द भएको छ। त्यस्तै बैंक तथा वित्तीय संस्था समेत प्रभावित भएका छन्। स्थानीय दैनिकीका अलावा अन्य सेवा सुविधा लिनसमेत सर्वसाधारणलाई सास्ती थपिएको छ।

शेयर गर्नुहोस् >>

तपाइको प्रतिक्रिया

संबन्धित शीर्षकहरु

प्रमुख अतिथिको विषयमा विवाद हुँदा नेकपाद्धारा कार्यक्रम वहिस्कार
रसुवाका सांसद प्रेम तामाङलार्ई पितृशोक
दोहोरो अंकले घट्यो शेयर बजार
काँग्रेसद्वारा बाढी र पहिरोबाट भएको क्षतिप्रति दुःख व्यक्त
निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश
नेपाली सेनाद्वारा बाढीपहिरो पीडितको उद्धार
तेस्रो किस्ता लिने भूकम्पप्रभावित दुईलाख नाघे
लगातारको वर्षाले धारापानीको १४ घरधुरी जोखिममा

Contact Us on Facebook

ताजा अपडेट

प्रमुख अतिथिको विषयमा विवाद हुँदा नेकपाद्धारा कार्यक्रम वहिस्कार

कार्यक्रम पुरै कांग्रेसमय विदुर÷ नुवाकोटलाई आज खुल्ला दिसामुत्त जिल्ला घोषणा गरिएको छ । जिल्लामा खल्ला...

रसुवाका सांसद प्रेम तामाङलार्ई पितृशोक

रसुवा, जिल्लाको प्रदेश नं ३ बाट प्रतिनिधित्व गर्ने नयाँशक्ति नेपालका सांसद प्रेम तामाङलाई पितृशोक...

  • दोहोरो अंकले घट्यो शेयर बजार
  • काँग्रेसद्वारा बाढी र पहिरोबाट भएको क्षतिप्रति दुःख व्यक्त
  • निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश
  • नेपाली सेनाद्वारा बाढीपहिरो पीडितको उद्धार
  • प्रमुख अतिथिको विषयमा विवाद हुँदा नेकपाद्धारा कार्यक्रम वहिस्कार
  • रसुवाका सांसद प्रेम तामाङलार्ई पितृशोक
  • दोहोरो अंकले घट्यो शेयर बजार
  • काँग्रेसद्वारा बाढी र पहिरोबाट भएको क्षतिप्रति दुःख व्यक्त
  • निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश

हाम्रो टीम

प्रधान सम्पादक

गोपाल आचार्य

प्रतिनिधि

भोज कुमारी खड्का (आचार्य)

दिपक सापकोटा

सूचना विभाग दर्ता नं:-

हाम्रो बारेमा

काठमाण्डौ बाट प्रकाशित भैरहेको प्रेश काउन्सिलबाट ख बर्गमा सूचिकृत पत्रिका सुदामा साप्ताहिक खबर पत्रिकालाई अहिलेको समयको मागसँगै अनलाइनका माध्यमबाट पनि संसार भर हेर्नका लागि हामी डिजिटल प्रबिधिमा आएका छौ । पत्रिका जस्तै यसलाई पनि माया गरिदिनुहुनेछ भन्ने पूर्ण विश्वासमा छौं ।

सम्पर्क

सुदामा साप्ताहिक नयाँ बानेश्वोर्, काठमाडौँ
+977-9841714454
[email protected]
©  2020 Sudamaa  |  All rights reserved

powered By : elitetechnepal