Logo
गृहपृष्ठ
    • समाचार
    • आर्थिक
    • अन्तरास्ट्रिय
    • खेलकुद
    • राजनीतिक
    • समाज
    • मनोरञ्जन
      • विचार
    • स्वास्थ्य/जीवनशैली

गल्छी त्रिशुली सडक आयोजनाको मुअव्जा लागि निवेदन दिदै प्रभावितहरु

नुवाकोट, राष्ट्रिय गौरवको ‘गल्छी–त्रिशूली–मैलुङ्ग–स्याफ्रुबेंसी–रसुवागढी’ सडक योजनाअन्तर्गत सडक क्षेत्रभित्र पर्ने निजी जग्गाको मुआब्जा वितरण शुरु भएको छ ।

अन्तर्राष्ट्रिय राजमार्गको परिकल्पनासहित विस्तार भइरहेको गल्छी–स्याफ्रुबेँसी सडकको स्तरोन्नति गर्न सडक आसपासका दायाँबायाँ १५–१५ मिटरभित्र पर्ने जग्गा अधिग्रहण गर्न मूल्य निर्धारण भएअनुसार रकम उपलब्ध गराउन थालिएको सडक योजना कार्यालयका लेखा अधिकृत लीलाधर अर्यालले जानकारी दिनुभयो ।

जिल्लाका साविक दुईपीपल, रातमाटे र जिलिङ गाविसका जग्गाधनीलाई चालू आर्थिक वर्षमा रु २५ करोड उपलब्ध गराइने छ । उहाँका अनुसार साविकका तीन गाविसका सडकभित्र पर्ने एक हजार ४८१ रोपनी जग्गाका लागि रु चार अर्बभन्दा बढी आवश्यक पर्ने भएकाले बाँकीलाई नयाँ आर्थिक वर्ष शुरु भएलगत्तै उपलब्ध गराउने योजना बनाइएको छ ।

“साविक तीन गाविसमा पर्ने जग्गाधनी एक हजार ५७३ मध्ये बुधबारसम्म ७०० भन्दा बढी धनीले मुआब्जा उपलब्ध गराउन जग्गाधनी प्रमाणपत्रसहितको निवदेन कार्यालयमा दिएका छन्”, उहाँले भन्नुभयो, “प्राप्त भएको निवेदनअनुसार प्रशासन कार्यालयमार्फत जग्गधनीको बैंक खातामा रकम जम्मा गरिदिने व्यवस्था मिलाइएको छ ।”

मुआब्जा निर्धारण समितिले सडक विस्तारका क्रममा अधिग्रहण गर्नुपर्ने जग्गा बस्ती विकास भएको स्थानको प्रतिआना रु तीन लाख २५ हजार र बस्ती नभएको स्थानको प्रतिआना रु दुई लाख ५० हजार मुआब्जा रकम निर्धारण गरेको छ ।

सडक विस्तारअन्तर्गत गल्छीदेखि स्याफ्रुबेँसीसम्मका लागि मुआब्जा दिन रु १० अर्बभन्दा बढी खर्च हुने प्रारम्भिक अनुमान गरिएको योजना प्रमुख सुबोधकुमार देवकोटाले जानकारी दिनुभयो । ‘गल्छी–रसुवागढी’ सडकले पृथ्वी राजमार्गस्थित धादिङको गल्छीबाट नुवाकोटको देवीघाट–त्रिशूली–रसुवाको मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी हँुदै चीनको केरुङ प्रवेशद्वारसम्म जोड्ने छ । बयासी किलोमिटर दूरीको सडक निर्माणको काम जारी छ । हाल सडक विस्तारको प्रगति २४ प्रतिशत छ ।

शेयर गर्नुहोस् >>

तपाइको प्रतिक्रिया

संबन्धित शीर्षकहरु

प्रमुख अतिथिको विषयमा विवाद हुँदा नेकपाद्धारा कार्यक्रम वहिस्कार
रसुवाका सांसद प्रेम तामाङलार्ई पितृशोक
दोहोरो अंकले घट्यो शेयर बजार
काँग्रेसद्वारा बाढी र पहिरोबाट भएको क्षतिप्रति दुःख व्यक्त
निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश
नेपाली सेनाद्वारा बाढीपहिरो पीडितको उद्धार
तेस्रो किस्ता लिने भूकम्पप्रभावित दुईलाख नाघे
लगातारको वर्षाले धारापानीको १४ घरधुरी जोखिममा

Contact Us on Facebook

ताजा अपडेट

प्रमुख अतिथिको विषयमा विवाद हुँदा नेकपाद्धारा कार्यक्रम वहिस्कार

कार्यक्रम पुरै कांग्रेसमय विदुर÷ नुवाकोटलाई आज खुल्ला दिसामुत्त जिल्ला घोषणा गरिएको छ । जिल्लामा खल्ला...

रसुवाका सांसद प्रेम तामाङलार्ई पितृशोक

रसुवा, जिल्लाको प्रदेश नं ३ बाट प्रतिनिधित्व गर्ने नयाँशक्ति नेपालका सांसद प्रेम तामाङलाई पितृशोक...

  • दोहोरो अंकले घट्यो शेयर बजार
  • काँग्रेसद्वारा बाढी र पहिरोबाट भएको क्षतिप्रति दुःख व्यक्त
  • निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश
  • नेपाली सेनाद्वारा बाढीपहिरो पीडितको उद्धार
  • प्रमुख अतिथिको विषयमा विवाद हुँदा नेकपाद्धारा कार्यक्रम वहिस्कार
  • रसुवाका सांसद प्रेम तामाङलार्ई पितृशोक
  • दोहोरो अंकले घट्यो शेयर बजार
  • काँग्रेसद्वारा बाढी र पहिरोबाट भएको क्षतिप्रति दुःख व्यक्त
  • निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश

हाम्रो टीम

प्रधान सम्पादक

गोपाल आचार्य

प्रतिनिधि

भोज कुमारी खड्का (आचार्य)

दिपक सापकोटा

सूचना विभाग दर्ता नं:-

हाम्रो बारेमा

काठमाण्डौ बाट प्रकाशित भैरहेको प्रेश काउन्सिलबाट ख बर्गमा सूचिकृत पत्रिका सुदामा साप्ताहिक खबर पत्रिकालाई अहिलेको समयको मागसँगै अनलाइनका माध्यमबाट पनि संसार भर हेर्नका लागि हामी डिजिटल प्रबिधिमा आएका छौ । पत्रिका जस्तै यसलाई पनि माया गरिदिनुहुनेछ भन्ने पूर्ण विश्वासमा छौं ।

सम्पर्क

सुदामा साप्ताहिक नयाँ बानेश्वोर्, काठमाडौँ
+977-9841714454
sudaama@gmail.com
©  2020 Sudamaa  |  All rights reserved

powered By : elitetechnepal