Logo
गृहपृष्ठ
    • समाचार
    • आर्थिक
    • अन्तरास्ट्रिय
    • खेलकुद
    • राजनीतिक
    • समाज
    • मनोरञ्जन
      • विचार
    • स्वास्थ्य/जीवनशैली

तेस्रो किस्ता लिने भूकम्पप्रभावित दुईलाख नाघे

काठमाडौँ,  भूकम्पपछिको पुनःनिर्र्माणअन्तर्गत निजी घर निर्माण अन्तिम चरणमा पु¥याएर तेस्रो किस्ता लिने लाभग्राहीको संख्या दुई लाख नाघेको छ ।

घर निर्माण सम्पन्न गरी वा छानो छाउने तहसम्म पु¥याएका दुईलाख आठ हजार ४३ लाभग्राहीले तेस्रो तथा अन्तिम किस्ता बुझिसकेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ । यद्यपि, तेस्रो किस्ताका लागि प्रमाणीकरण हुने लाभग्राहीको संख्या दुई लाख ३४ हजार ९४२ पुगिसकेको छ । उनीहरु निजी आवास अनुदानको तेस्रो किस्तावापतको रु एकलाख लिनका लागि योग्य भइसकेका छन् ।

तेस्रो किस्ताका लागि निवेदन दिने लाभग्राहीको संख्या दुई लाख ४६ हजार २८८ पुगेको छ । जिल्लागतरुपमा दोलखामा सबैभन्दा धेरै ३३ हजार ५८२ले तेस्रो किस्ता लिएका छन् सिन्धुपाल्चोकका ३० हजार ४४४, गोरखाका २९ हजार ८८० लाभग्राहीले तेस्रो किस्ता लिएका छन् ।

तेस्रो किस्ता लिने लाभग्राहीको संख्यासँगै निर्माण सम्पन्न भएका घरको संख्यामा उत्साहजनक बढोत्तरी भइरहेको छ । पाँचलाख नौ हजार ४१८ घर पुनःनिर्माणको चरणमा छन् जसमध्ये दुई लाख ३९ हजार ९८को निर्माण सम्पन्न भइसकेको छ । त्यसैगरी, दोस्रो किस्ता लिने लाभग्राहीको संख्या पनि उत्साहजनक ढंगले वृद्धि भएको छ । बुधबारसम्मको तथ्यांकअनुसार चारलाख ४९ हजार ३३८ जना लाभग्राहीले दोस्रो किस्ता लिइसकेका छन् । भूकम्प प्रतिरोधी मापदण्डअनुसार डिपिसी तहसम्मको निर्माण गरेपछि लाभग्राहीले दोस्रो किस्ता पाउँछन् ।

पछिल्लोपटक गुनासो सम्बोधनपछि थपिएकासमेत गरी कूल लाभग्राहीको संख्या आठलाख सात हजार ४८६ पुगेको छ जसमध्ये सात लाख २१ हजार ७३६ सँग अनुदान सम्झौता भइसकेको प्राधिकरणले जनाएको छ ।

शेयर गर्नुहोस् >>

तपाइको प्रतिक्रिया

संबन्धित शीर्षकहरु

प्रमुख अतिथिको विषयमा विवाद हुँदा नेकपाद्धारा कार्यक्रम वहिस्कार
रसुवाका सांसद प्रेम तामाङलार्ई पितृशोक
दोहोरो अंकले घट्यो शेयर बजार
काँग्रेसद्वारा बाढी र पहिरोबाट भएको क्षतिप्रति दुःख व्यक्त
निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश
नेपाली सेनाद्वारा बाढीपहिरो पीडितको उद्धार
लगातारको वर्षाले धारापानीको १४ घरधुरी जोखिममा
खाल्डोमा डुबेर विदुर नगरपालिकामा बालकको मृत्यु

Contact Us on Facebook

ताजा अपडेट

प्रमुख अतिथिको विषयमा विवाद हुँदा नेकपाद्धारा कार्यक्रम वहिस्कार

कार्यक्रम पुरै कांग्रेसमय विदुर÷ नुवाकोटलाई आज खुल्ला दिसामुत्त जिल्ला घोषणा गरिएको छ । जिल्लामा खल्ला...

रसुवाका सांसद प्रेम तामाङलार्ई पितृशोक

रसुवा, जिल्लाको प्रदेश नं ३ बाट प्रतिनिधित्व गर्ने नयाँशक्ति नेपालका सांसद प्रेम तामाङलाई पितृशोक...

  • दोहोरो अंकले घट्यो शेयर बजार
  • काँग्रेसद्वारा बाढी र पहिरोबाट भएको क्षतिप्रति दुःख व्यक्त
  • निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश
  • नेपाली सेनाद्वारा बाढीपहिरो पीडितको उद्धार
  • प्रमुख अतिथिको विषयमा विवाद हुँदा नेकपाद्धारा कार्यक्रम वहिस्कार
  • रसुवाका सांसद प्रेम तामाङलार्ई पितृशोक
  • दोहोरो अंकले घट्यो शेयर बजार
  • काँग्रेसद्वारा बाढी र पहिरोबाट भएको क्षतिप्रति दुःख व्यक्त
  • निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश

हाम्रो टीम

प्रधान सम्पादक

गोपाल आचार्य

प्रतिनिधि

भोज कुमारी खड्का (आचार्य)

दिपक सापकोटा

सूचना विभाग दर्ता नं:-

हाम्रो बारेमा

काठमाण्डौ बाट प्रकाशित भैरहेको प्रेश काउन्सिलबाट ख बर्गमा सूचिकृत पत्रिका सुदामा साप्ताहिक खबर पत्रिकालाई अहिलेको समयको मागसँगै अनलाइनका माध्यमबाट पनि संसार भर हेर्नका लागि हामी डिजिटल प्रबिधिमा आएका छौ । पत्रिका जस्तै यसलाई पनि माया गरिदिनुहुनेछ भन्ने पूर्ण विश्वासमा छौं ।

सम्पर्क

सुदामा साप्ताहिक नयाँ बानेश्वोर्, काठमाडौँ
+977-9841714454
sudaama@gmail.com
©  2020 Sudamaa  |  All rights reserved

powered By : elitetechnepal