Page 4

आज बागमतिका मुख्यमन्त्रीले शपथ पनि लिने, पूर्णता पनि दिने

काठमाडौं। बागमतीमा नव नियुक्त मुख्यमन्त्री बहादुरसिंह लामा ले आज पद तथा गोपनीयताको शपथ आज लिँदै छन्।नवनियुक्त मुख्यमन्त्री लामाले बिहान ११ बजे शपथ लिने र मन्त्री परिषदलाई पुर्णता
दिने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।

मुख्यमन्त्री लामाले कांग्रेसबाट सात र एमालेका ६ गरी १३ सदस्यीय मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेको कांग्रेस संसदीय दलका सचेतक गोविन्दप्रसाद लम्सालले बताएका छन्।
यी हुन् बागति प्रदेशका निकट भविष्यका मन्त्रीहरु
बागमती प्रदेश सरकारमा एमालेको तर्फबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरूको टुङ्गो लागेको छ। एमाले संसदीय दलले सरकारमा जाने मन्त्रीसहित मन्त्रालयको टुङ्गो लगाएको संसदीय दलका नेता जगन्नाथ थपलियाले जानकारी दिए।
एमालेले प्रकाश श्रेष्ठ कृषि तथा पशुपन्छी विकास मन्त्रालय, किरण थापाले स्वास्थ्य मन्त्रालय, कृष्ण सिलवालले वन तथा वातावरण मन्त्रालय, अमन मास्केले भौतिक पूर्वाधार विकास मन्त्रालय, सुकमाया तामाङले उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालय र प्रेमभक्त महर्जनले श्रम, रोजगार तथा यातायात मन्त्रालयको जिम्मेवारी पाउने भएका छन्।
मन्त्रालय बाँडफाँटअनुसार कांग्रेसले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, सामाजिक विकास मन्त्रालय, खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय, संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालय पाउने भएको छ।

सूर्यज्योति लाइफद्वारा लकी ड्र मार्फर्त बम्पर विजेता घोषण घोषणा

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ल्याएको नविकरण बीमाशुल्क अव अनलाइन मार्फत भुक्तानी गर्नुहोस् र जित्नुहोस् ‘उपहारै–उपहार’ योजनाका विजेताहरुको नामावली सार्वजनिक गरेको छ । कम्पनीले असार २४ गतेदेखि लागु गरेको उक्त योजनामा असार ३१ गतेसम्म कायम रहेका बीमितहरु लकी ड्र मार्फत बिजेता बनेका हुन् ।

कम्पनीले सामाजिक सञ्जाल फेसबुकको माध्यमबाट लकी ड्र मार्फत शिला खुलाललाइ बम्पर बिजेता घोषणा गरेको छ । उनले स्मार्टफोन पाएकी छिन् । साथै, डेली लकी ड्र मार्फत नवराज परियार, लाल काजी तामाङ, दिसव कार्की, सुमन ढकाल, दिप सागर जीएम, बिर्ख कामी, सुवास शर्मा र बिनोद बहादुर वलीलाई बिजेता घोषणा गरेको हो ।

कम्पनीका अनुसार डेली बिजेताहरुले सूर्यज्योति व्याग र छाता लगायतका सामाग्री पाएका छन् । उक्त योजनामा कम्पनीका बीमितहरुको उल्लेख्य रुपले सहभागि रहेका कम्पनीले जनाएको छ ।

ग्लोवल आईएमई बैकं बेष्टबैक नेपाल अवार्डबाट सम्मानीत

काठमाडौं । काठमाण्डौको कमलादीमा केन्द्रीयकार्यलय खोलेर देशैभर उत्कृष्ठ सेवा प्रदान गर्दैै आइरहेको वीत्तीय सस्था ग्लोबल आइएमई बैंक फेरी ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२४’ अन्तर्गत बेस्ट बैंक नेपाल र बेस्ट बैंक ईएसजी वातावरण, सामाजीक र सुशासन नेपाल विधाबाट सम्मानित भएको छ ।
यो वर्षको अवार्डसँगै ग्लोबल आइएमई बैंक दोस्रो पटक सम्मानित भएको हो । यसअघि पनि ग्लोबल आइएमई बैंकले ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२२– बेस्ट बैंक नेपाल’ प्राप्त गरेको थियो ।
सन् १९९२ मा युरो मनी म्यागजिनद्वारा स्थापित यो अवार्ड बैंकिङ क्षेत्रको एक प्रतिष्ठित अवार्ड हो । युरो मनी म्यागजिन बैंकिङ क्षेत्रको गहकिलो विश्लेषण, सुझाव र समालोचनाका लागि प्रख्यात छ । युरो मनी समूहमा बैंक तथा वित्तीय क्षेत्रका ख्यातिप्राप्त तथा अनुभवी व्यक्तिहरू छन् ।
यसै वर्ष ग्लोबल आइएमई बैंकलाई ग्लोबल फाइनान्सले पनि उत्कृष्ट बैंक अवार्ड २०२४ बाट सम्मानित गरेको थियो ।

बैंकलाई सुदामा डटकम का तर्फबाट हार्दीक बधाई तथा शुभकामना

 

विद्युत प्राधिकरणले शर्त सहित जोड्ने भयो काटिएका ६ उद्योगको विजुली

काठमाडौं । डेडिकेटेड र ट्रंक लाइन विवादमा ६ वटा उद्योगमा काटिएको बिजुली नेपाल विद्युत् प्राधिकरणले जोडिदिने भएको छ ।
बिजुली महसुल विवादमा प्राधिकरणले २५ असारदेखि रिलायन्स स्पिनिङ मिल, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट, जगदम्बा स्टिल, जगदम्बा सेन्थेटिक र हुलास स्टिल गरी ६ उद्योगको लाइन काटेको थियो ।
मंगलबार बसेको विद्युत् प्राधिकरणको बोर्ड बैठकले ती उद्योगहरूमा बिजुली जोड्ने निर्णय गरेको हो ।
आगामी तीन महिनाभित्र उद्योगीहरूले बक्यौता महसुल भुक्तानी नगरेमा पुनः नियम अनुसार बक्यौता रकम असुली गर्ने सर्तमा प्राधिकरणले ती उद्योगहरूको बिजुली जोड्ने निर्णय गरेको हो ।
यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई बोलाएर तत्काल उद्योगको विद्युत जोड्न निर्देशन दिएका थिए ।

अर्थतन्त्रका ४६ चुनौती सामना गर्न आवश्यक
काठमाडौँ । मुलुकको अर्थतन्त्रका देखिएका चुनौती र समाधानका उपायबारे अर्थ मन्त्रालयका कर्मचारीहरुले अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई ‘ब्रिफिङ’ गरेका छन् । मन्त्रालयले आज प्रेस नोट जारी गर्दै विभिन्न चुनौती पहिचान भएका र ती चुनौती समाधानका लागि चाल्नुपर्ने कमदबारे पनि अर्थमन्त्री पौडेललाई जानकारी गराइएको उल्लेख गरेको छ ।

“अर्थ मन्त्रालयका नजरमा नेपालको अर्थतन्त्रमा विशेष गरी ४६ वटा चुनौती छन् । ती चुनौतीलाई सामना गर्न २९ वटा क्षेत्रमा कदम चाल्न जरुरी छ”, मन्त्रालयको प्रेस नोटमा भनिएको छ, “अर्थतन्त्रमा देखा परेका चुनौती र तिनलाई सामना गर्ने उपायसम्बन्धी अर्थ मन्त्रालयका सचिव र सहसचिवले उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई ब्रिफिङ गरिसकेका छन् । उपप्रधान तथा अर्थमन्त्री पौडेलले समस्या र चुनौतीहरुको प्राथमिकीकरण गरी समाधान गर्दै अघि बढ्ने बताउनु भएको छ ।”

मन्त्रालयले पहिचान गरेका चुनौती
विद्यमान अर्थतन्त्रमा विभिन्न ४६ वटा चुनौती रहेको मन्त्रालयले जनाएको छ । साधन–स्रोत उपलब्धताको अनुपातमा आर्थिक क्षेत्रको वृद्धि कम हुनु, बचत, उपभोग र लगानी वृद्धि दर न्यून रहनु, वित्तीय क्षेत्रको साधन स्रोत पर्याप्त मात्रामा उत्पादनमूलक क्षेत्रमा लगानी हुन नसक्नु, आयात(निर्यात अनुपात उच्च रहनुलगायतका चुनौती पहिचान भएका हुन् ।
त्यस्तै, आर्थिक वृद्धि अस्थिर एवम् न्यून रहेको, बढ्दो लगानी आवश्यकता र न्यून कुल ग्राहस्थ्य बचत रहेको, औसत पुँजी प्रतिफल अनुपात तुलनात्मकरुपमा उच्च रहेको, तीव्र आन्तरिक बसाइँसराइँका कारण हिमाली, पहाडी एवम् ग्रामीण क्षेत्रको जनसङ्ख्या घट्दो क्रममा रहेको मन्त्रालयले जनाएको छ ।
आर्थिक वृद्धिमा उत्पादनशील क्षेत्रको योगदान कमजोर रहेको, अर्थतन्त्रको संरचनागत चुनौती, न्यून कुल ग्राहस्थ्य बचतः कुल ग्राहस्थ्य उत्पादनको औसत १० प्रतिशतभन्दा कम हुनु, न्यून दरको आर्थिक वृद्धि, न्यून उत्पादकत्व, औद्योगिक क्षेत्रको योगदान घट्दै गएकोलगायतका विषयलाई पनि मन्त्रालयले अर्थतन्त्रका विद्यमान समस्याका रुपमा पहिचान गरेको छ ।

त्यस्तै, आयातमा आधारित राजस्व व्यवस्था हुनु, कमजोर निकासी र बढ्दो व्यापार घाटा, राजस्व र खर्चको वृद्धि अझै न्यून रहनु, पुँजीगत खर्चको प्रभावकारिता न्यून रहनु, पर्याप्त तयारी बिना बजेट प्रस्ताव गर्ने प्रवृत्ति, ऋणको मात्रा बढ्दै जानु, भुक्तानी दायित्व उच्च रहनुलाई समस्याका रुपमा देखाइएको छ ।

 

प्रतिनिधिसभाबाट विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

काठमाडौं।प्रतिनिधिसभाले राष्ट्रियसभामा उत्पत्ति भएको ‘सुरक्षित कारोबार पहिलो संशोधन विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत गरेको छ ।
राष्ट्रयसभाको आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गर्नुभएको उक्त प्रस्ताव सर्वसहमतिबाट स्वीकृत भएको हो ।
उक्त प्रस्तावमाथिको सैद्धान्तिक छलफलमा सांसद माधव सापकोटा, मनिष झा, प्रतिमा गौतम, नागिना यादव, नारायणी शर्मा, ठाकुरप्रसाद गैरे, रणेन्द्र बराली, विमला सुवेदी, निशा डाँगीले भाग लिएका थिए ।
छलफलमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पौडेलले सुरक्षित कारोबारसम्बन्धी ऐनलाई प्रभावकारीरूपमा कार्यान्वयन गर्न आवश्यक भएकाले संशोधन प्रक्रिया अघि बढाइएको स्पष्ट पारे।
सभामुख घिमिरेले उक्त ऐनमाथि संशोधन दर्ता गर्न चाहने सांसदलाई ७२ घण्टाभित्र विधेयक शाखामा आफ्नो संशोधन दर्ता गराउन सक्ने जानकारी गराए।

बङ्गलादेशमा रहेका नेपाली विद्यार्थी सुरक्षित छन् परराष्ट्रमन्त्री डा. राणा
काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले बङ्गलादेशमा रहेका सबै नेपाली विद्यार्थीहरू सुरक्षित रहेका जानकारी दिएकी छन् । त्यहाँ रहेका नेपाली विद्यार्थी एवं अन्य नेपालीहरूबारे सामाजिक सञ्जालमार्फत आज बिहान उनले सो जानकारी गराएकी हुन् ।
उनले भनेकी छन्, ‘ढाकास्थित नेपाली दूतावासले स्थानीय अधिकारी, कलेज प्रशासन र नेपाली विद्यार्थीहरूसँग उनीहरूलाई सुरक्षित तवरले बस्ने, सुरक्षा दिने र आवश्यक परेको अन्य सहयोग सम्बन्धमा नियमित रूपमा सम्पर्क गरिरहेको छ । बङ्गलादेशमा रहेका सबै नेपाली विद्यार्थी एवं अन्य नेपाली सुरक्षित छन् ।’
बङ्गलादेशमा विकसित पछिल्लो घटनाक्रमका कारण उत्पन्न परिस्थितिले त्यहाँ रहेका नेपाली विद्यार्थीहरू प्रभावित भएका जनाउँदै त्यहाँबाट विद्यार्थी र यहाँ उनीहरूका आफन्तहरूले समेत चिन्ता व्यक्त गरेपछि उनीहरूलाई त्यहाँ सुरक्षित तवरमा बस्ने र आवश्यक परे नेपाल फर्किने व्यवस्थाका लागि पनि परराष्ट्र मन्त्रालयले उचित प्रबन्ध गरेको उनले बताएकी छन् ।

मन्त्रालयमा ‘हेल्प डेस्क’ स्थापना गरी आवश्यक समन्वयका लागि अधिकारी तोकिएको तथा ढाकास्थित नेपाली दूतावासलाई पनि त्यहाँ रहेका विद्यार्थीको सुरक्षाका लागि आवश्यक समन्वय गर्न तथा नेपाल फर्कन चाहनेहरूका लागि उनीहरूको यात्रामा सहजीकरण गर्न निर्देशन दिइएअनुसार दूतावासले सो कार्यसम्पादन गरिरहेको मन्त्री डा। राणाले बताइन् ।

आइतबार मात्र हवाई मार्गबाट एक सय १५ र काँकडभिट्टा नाका भएर तीन सय पाँचजना नेपाली विद्यार्थी स्वदेश फर्किएका थिए । आइतबार बिहान फर्किएका ५७ जना नेपाली विद्यार्थीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रका अधिकारीले स्वागत गरेका थिए ।

बङ्गलादेशमा विकसित पछिल्लो घटनाक्रमका कारण नेपाली विद्यार्थीहरू समस्यामा पर्न थालेको समाचार आएपछि उनीहरूको सहयोगका लागि मन्त्रालयमा ‘हेल्प डेस्क’ स्थापना गरिएको छ भने ढाकास्थित नेपाली दूतावासलाई नियमित सम्पर्कमा राखिएको छ ।

यस विषयमा परराष्ट्रमन्त्री डा राणाले पनि ढाकास्थित नेपाली राजदूतावासलाई निरन्तर सम्पर्क गरी त्यहाँका नेपालीहरूका बारेमा जानकारी लिइरहेको बताएकी छन् ।

उद्योग मन्त्री भण्डारीद्धा समग्र सुधारका लागि १० दिने सुझाव संकलन अभियान सुरु

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले समग्र मन्त्रालयको सुधारका लागि कार्ययोजना बनाउने भन्दै सुझाव संकलन गर्न १० दिने छलफल अभियान थालेका छन् ।
उनले उद्योग, वाणिज्य तथा आपूर्ति क्षेत्र सुधार कार्ययोजना तयारीसम्बन्धी अन्तरक्रियाको आइतबार पहिलो दिन निजी क्षेत्र तथा सरोकारवाला निकायका प्रमुख एवं प्रतिनिधिसँग छलफल गरेका हुन् ।
मन्त्रालयमा नै सञ्चालन हुने १० दिने अन्तरक्रियामा हरेक दिन विभिन्न क्षेत्रका व्यक्ति सहभागी हुने मन्त्री भण्डारीले जानकारी गराए । उनले कार्ययोजना निर्माण गरेर सोही बमोजिम कार्य गर्ने बताए । एक महिनाभित्र परिणाम देखिने गरेर काम गर्नुपर्ने चुनौती रहेको उनको भनाइ छ ।
मन्त्री भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनबमोजिम एक महिनामा परिणाम देखिने गरेर काम गर्नुपर्ने आफूसमक्ष चुनौती रहेको बताए । उद्योगमन्त्री भण्डारीका अनुसार यही साउन १५ गतेसम्म सञ्चालन हुने अन्तरक्रियामा निजी क्षेत्रका छाता सङ्गठन, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायत विभिन्न मन्त्रालयका प्रतिनिधि, राष्ट्रिय योजना आयोग, नीति अनुसन्धान प्रतिष्ठान, विभिन्न विश्वविद्यालयका प्रतिनिधि, विद्यार्थी सङ्गठनका प्रतिनिधि, उपभोक्ता अधिकारकर्मी, पेसागत सङ्गठनका प्रतिनिधि, सम्बन्धित वस्तुगत महासङ्घ, प्रत्यक्ष बिक्री सम्बद्ध प्रतिनिधि सहभागी रहनेछन् ।
अन्तरक्रियामा संसदीय समिति, प्रमुख राजनीतिक दलका सम्बद्ध पदाधिकारी, राजनीतिक दलका उद्योग वाणिज्य तथा आपूर्ति क्षेत्र सम्बद्ध पदाधिकारी, प्रदेशका मुख्यमन्त्री एवं उद्योग तथा वाणिज्यमन्त्री, नगरपालिका र गाउँपालिका सङ्घ, पूर्वमन्त्री, पूर्वसचिव तथा विषयविज्ञको सहभागिता रहने मन्त्री भण्डारीले बताए। सबै पक्षसँग छलफल सकेपछि पाँच दिनको समय लगाएर कार्ययोजना बनाइने छ ।
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालले लगानीकर्तालाई बहुवर्षीय भिसा दिनुपर्ने, लगानीकर्तासँग समन्वय गर्ने संयन्त्र निर्माण गर्नुपर्ने, एकल विन्दु सेवा केन्द्र सञ्चालन गर्नुपर्ने, सय जनालाई रोजगारी दिने रोजगारदातालाई प्रोत्साहन गर्नुपर्ने, स्थानीय उत्पादन प्रयोग गर्ने बानीको विकास गर्नुपर्ने, ‘स्टार्ट अप’लाई निरन्तरता दिनुपर्ने, हरेक प्रदेशमा ‘इन्क्युबेसन’ केन्द्र स्थापना र आयात प्रतिस्थापन गर्नुपर्नेलगायत सुझाव दिए ।
नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष अञ्जन श्रेष्ठले राजनीतिक स्थायित्व हुनुपर्ने, लगानीकर्ताका लागि नीतिगत स्पष्टता हुनुपर्ने, औद्योगिकीकरणको सोचको विकास हुनुपर्ने, सरकार राजस्व संकलनमा मात्र सीमित हुन नहुने, उद्योग मन्त्रालय उद्योगी व्यवसायीको अभिभावकको भूमिकामा रहँदै मजबुत हुनुपर्नेलगायत सुझाव राखे ।

संविधान संशोधनीय दस्तावेज ः प्रधान मन्त्रीओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनीय दस्तावेज रहेको र जनताको आवश्यकतालाई मध्यनजर गर्दै परिमार्जन गर्न सकिने टिप्पणी गरेका छन ।
प्रतिनिधिसभाको बैठकमा उनले विश्वासको मत प्राप्त गर्न राख्नु भएको प्रस्तावको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले आवश्यकता र औचित्य पुष्टि हुनेगरी सकभर सर्वसम्मतिबाट संविधान संशोधन हुने जनाए ।
“संविधान संशोधनीय, गतिशील र जीवन्त दस्ताबेज हो । यो आवश्यकता र जनताको मागअनुसार संशोधन हुन्छ । संशोधन रहरको विषय होइन । आवश्यकताको विषय हो”, प्रधानमन्त्री ओलीले भने, “कुनै आग्रह पुर्वाग्रह राखेर संविधान संशोधन यस्तो उस्तो गर्ने भन्दैनौ । देशको आवश्यकता, विकासका माग सम्बोधनका लागि जे गर्दा उपयुक्त हुन्छ त्यहि गर्नुपर्छ ।”
संसदमा रहेका सबै दलको सहमतिको साथ नै संविधान संशोधन हुने अपेक्षा प्रधानमन्त्री ओलीले व्यक्त गरे । “संविधान निर्माणका बखत पनि सर्वसम्मत भएको थिएन । पहिलो संशोधनका बेला पनि सर्वसम्मति थिएन । जो जसका जे जस्ता विचारधारा भएपनि हामी एक ठाउँमा आउन सक्छौँ । यदि आउन सकिएन भने संविधानले आफ्नो प्रक्रिया आफ्नो निर्धारण गरेको छ”, उनले भने ।
देश र जनताको हितको पक्षमा तथा अग्रगमनको पक्षमा रहनेगरी संविधान संशोधन प्रक्रिया अघि बढ्ने उनको भनाइ छ । त्यस्तै, लोकतन्त्रको रक्षा र सुदृढीकरण, सुशासन प्रवद्र्धन र विकास तथा समृद्धिका लागि संविधान संशोधन हुने प्रधानमन्त्री ओलीले भने ।
संसदमा आएका राम्रा सुझावलाई ग्रहण गर्ने र आक्रोश, उत्तेजना तथा गालीगलौजलाई आफूले बिर्सिने प्रधानमन्त्रीले जानकारी दिए । त्यस्तै भ्रष्टाचार नगर्ने र गर्न नदिने प्रतिबद्धता पनि उनले व्यक्त गरे । प्रतिशोधको राजनीति आफूले नगर्ने र आफूलाई पनि सह्य पनि नहुने उनले जनाए ।

‘ अध्यक्ष ढकालद्धारामेड इन नेपाल’ अभियानलाई थप सशक्त बनाउन आग्रह

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले ‘मेड इन नेपाल’ अभियानलाई थप सशक्त बनाउन नेपाल युवा उद्यमी मञ्चका सदस्यहरुलाई आग्रह गरेका छन् । नेपाल युवा उद्यमी मञ्चको शुक्रबार काठमाडौंमा भएको २० औँ वार्षिक साधारणसभालाई विशेष अतिथिका रुपमा सम्बोधन गर्दै ढकालले करिब १५ वर्षअघि नेपाल युवा उद्यमी मञ्चले सुरु गरेको ‘मेड इन नेपाल’ अभियान धेरै संस्थाहरूको लागि प्रेरणाको स्रोत बनेको बताए ।
ढकालले नेपाल उद्योग वाणिज्य महासंघको युवा संगठनका रुपमा नेपाल युवा उद्यमी मञ्चले धेरै क्षेत्रमा नेतृत्व गरेकोमा प्रशंसा गरे । उनले नेपाल उद्योग वाणिज्य महासंघको प्रतिष्ठा बढाउन नेपाल युवा उद्यमी मञ्चका सदस्यहरूले गरेको कामको प्रशंसा पनि गरे ।
नेपाल उद्योग वाणिज्य महासंघको पहलमा सरकारले स्टार्टअप नीति पारित गरेको ढकालले भेलालाई जानकारी दिनुभयो । ढकालले नेपाल उद्योग वाणिज्य महासंघले स्टार्टअपलाई कानूनमा परिभाषित गर्न सफल भएको बताए । नेपाल युवा उद्यमी मञ्चका सदस्यहरूले उद्यमशीलता प्रवद्र्धनमा विशेष भूमिका खेल्नेमा आफू विश्वस्त रहेको ढकालले बताए ।
नेपाल उद्योग वाणिज्य महासंघले महासंघको विधान संशोधनको मस्यौदा कार्यसमितिबाट पारित गरेको र नेपाल युवा उद्यमी मञ्चको अध्यक्ष पदेन रुपमा कार्यकारिणी समिति सदस्य रहने व्यवस्था समावेश गरिएको ढकालले जानकारी दिनुभयो । यसमा सदस्यताका लागि केही व्यवस्था गर्नुपर्ने बताउँदै उनले आगामी विशेष साधारणसभाले पारित गर्ने र नेपाल युवा उद्यमी मञ्चको नेतृत्व महासंघको नेतृत्वमा पनि पुग्नेमा आफू विश्वस्त रहेको बताए
देशको अर्थतन्त्रका बारेमा बोल्दै ढकालले प्रधानमन्त्री, अर्थमन्त्री, गृहमन्त्री र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीसँग भेटघाट गरेको बताए । निजी क्षेत्रको मनोबल उकास्न काम गर्न सरकारलाई आग्रह गरेको र सरकारले महासंघको सुझावहरु सकारात्मक रुपमा लिएको बताए ।

 

सुदामा ताजा समाचार

पत्रकार महासंघको निर्वाचन मंसिर २८ मा

काठमाडौं । पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि आगामी मंसिर २८ गते निर्वाचन हुने भएको छ । विभिन्न आन्तरिक कारणले...

राप्रपा महामन्त्री राणा चाडै सक्रिय हुने

सनत गिरी, काठमाडौं । क्यान्सर देखिएपछि भारतमा शल्यक्रिया गराएर राप्रपाका महामन्त्री धवलशमशेर राणा डिस्चार्ज भएका छन् । डिस्चार्जपछि उनी हाल भारतको मुम्बईमै स्वास्थ्यलाभ गरिरहेको राप्रपा...

दलहरुले यो विपद्मा न त चियापान नै गरे, न त बाढीपीडिहरुलाई...

सनत गिरी – काठमाडौं । यतिबेला देश दशैं र तिहारको माहोलमा छ । गरिबले जसो तसो दशैं मनाए, तिहार उनीहरुको कस्तो हुन्छ थाहा छैन...

संक्रमणकालीन न्याय सम्बन्धमा प्रमुख दलबीच सहमति

काठमाडौं । यतिबेला चर्चामा रहेकोसंक्रमणकालीन न्याय सम्पादनलाई निष्कर्षमा पु¥याउन प्रमुख तीन दलहरु सहमत भएका छन् । सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग...

बीपी राजमार्गमा यात्रुले पाएको सास्ती

जी आचार्य गत असोज दोस्रो साता आएको अविरल वर्षाले अधिराज्यभर सामान्यदेखि मध्यमसम्मको क्षति पुर्याए पनि बीपी राजमार्गमा भने ठूलै क्षति पुर्याएको छ । यसै क्षतिका...