Page 13

हालै भएको सौर्यएयरलाईन्सको विमान दुर्घटनाले आयलनिगमको हवाईइन्धन डिपो अन्यत्र सार्न ध्यानाकर्षण गरायो

काठमाडौं । हालै भएको र्सौर्यएयरलाईन्सको जहाज दुर्घटना पछि प्रधानमन्त्री केपि शर्मा ओलीले विमानस्थलको सुरक्षालाई मध्यनजर गर्दै नेपाल आयल निगमको हवाई इन्धन डिपो सिनामंगललाई अहिले भएको ठाउँबाट अन्यन्त्र सार्न निर्देशन दि काछन् । लगतै तालुकदार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीसहितको उच्चस्तरिय टोलीले नेपाल आयल निगम हवाई इन्धन डिपो, सिनामंगलको
शनिबार अवलोकन भ्रमण गरेको छ ।

प्रधानमन्त्री ओलीले शुक्रबारमात्र मन्त्री र राज्यमन्त्रीहरुलाई निर्देशन दिने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिक रहेको इन्धन भण्डारण डिपो सुरक्षाको दृष्टिकोणले खतरा रहेको जनमानसबाट गुनासो आएकाले तत्काल भण्डारण डिपोलाई अन्यत्र स्थानान्तरण गर्न सम्बन्धित मन्त्री र तालुकदार मन्त्रालयलाई निर्देशन दिएका थिए
विमानस्थलमा हवाइजहाजको बढ्दो चाप, डिपोको वरिपरी बाक्लो घनावस्ती लगायतका विविध कारणले सुरक्षाको जोखिम रहेको भन्दै आम नागरिक र विज्ञहरुले उक्त डिपो अहिले रहेको स्थानबाट अन्यन्त्र सार्दै सुरक्षा जोखिम न्युनीकरण सुझाव दिदैँ आएका थिए । तर आम नागरिक र विज्ञको चासोलाई सरकारले गम्भिरतापूर्व लिएको थिएन् । तर हालैमात्र सौर्य एयरको विमान दुर्घनापछि भने सरकारको ध्यान विमानस्थल नजिकबाट डिपोलाई अन्यन्त्र सार्ने तर्फ केन्द्रित भएको छ ।

काभा महिला भलिबलमा भारतलाई नेपालल जित्यो

काठमाडौं । काभा वुमन्स नेशनल लिग म िहिला भलिबलमा नेपालले भारतलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको भलिबल कभर्ड हलमा नेपालले भारतलाई ३–२ ले हराएको हो ।
नेपाली भलिबल इतिहासमा नेपालले पहिलो पटक भारतलाई हराएको हो । पाँचौ तथा अन्तिम सेट १५–१३ ले आफ्नो पक्षमा पार्दै नेपालले ऐतिहासिक जित निकालेको हो ।
भारतसँगको खेलमा नेपालले पहिलो सेटमा १२–६ को अग्रता लिँदै शानदार सुरुवात गरेपनि भारतले पुनरागमन गर्दै ११–१३ गर्दै अग्रता अंक २ मा घटाएपछि नेपालले पहिलो टाइम आउट लिएको थियो । नेपालले अग्रतालाई निरन्तरता दिँदै २२–१८ मा पुर्‍याएपछि पहिलो सेटमा जित पक्का जस्तै बनेको थियो । नेपालले पहिलो सेट २५–१८ ले सहजै जितेको थियो ।
दोस्रो सेटमा सुरुवातमा नेपाल ६–६ को अवस्थामा थियो । तर त्यसपछि भारतले निरन्तर अंक बटुल्दै १५–१२ को सहज जित हात पार्‍यो । खेलाडी परिवर्तनमा गल्ती गरेपछि नेपालले रातो कार्ड पाउँदा भारतले अन्तिम अंक नखेली पाएको थियो ।
तेस्रो सेटमा नेपालले १६–९ को अग्रता लिँदै सहज जितको आधार तयार पारेको थियो । तेस्रो सेटमा २५–१७ को जित हात पार्दै ऐतिहासिक जित निकाल्नबाट एक सेट जित टाढा थियो । चौथो सेटमा भारत सुरुवातमा ८–३ ले अघि थियो । भारत निरन्तर चौथो सेटमा अघि थियो । भारत मध्य समयमा १५–१० ले अघि थियो ।
नेपालले १५–१७ बनाउँदै खेलमा फर्किने सम्भावना देखाएको थियो । निकै प्रतिस्पर्धात्मक खेलमा दुई अंकले पछि परेको अवस्थाबाट लगातार पाँच अंक गुमाउँदा भारतले चौथो सेट २५–१८ ले जितेको थियो । निर्णायक पाँचौं सेटको सुरुवात प्रतिस्पर्धात्मक बनेको थियो । उषा भण्डारी र सरस्वती चौधरीको स्पाइकमा अंक जोड्दै नेपाल ५–२ को अग्रता लिदै ऐतिहासिक जितको संकेत दिएको थियो । नेपालले ८–५ मा पाँचौं सेटको कोर्ट परिवर्तन गरेको थियो ।
नेपाल १२–१० को अवस्थामा रहँदा भारतले टाइम आउट लिएको थियो । टाइम आउटलगत्तै अंक जोडेको थियो । १२–१३ को अवस्थामा सरस्वतीले लेफ्ट साइडबाट अंक जोडेपछि नेपाल जित भन्दा एक अंक टाढा थियो । तर भारतले पुन अंक जोड्दा खेल १३–१४ को अवस्थामा पुगेको थियो । नेपालले भारतको मोमेन्ट्स ब्रेक गर्न टाइमआउट लियो ।

संस्थागत सेयर कर्जाको सीमा हट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयर धितोकर्जासम्बन्धी संस्थागत लगानीकर्ताको सीमा हटाएको छ । अबदेखि संस्थागत लगानीकर्तालाई सेयरधितो कर्जामा कुनै सीमा लागु हुनेछैन ।
केन्द्रीय बैंकले सर्कुलर जारी गर्दै संस्थागत लगानीकर्ताको लागि सेयर कर्जामा २० करोड रुपैयाँको सेयर कर्जा सीमा हटाएको हो। राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले निर्देशन जारी गर्दै मौद्रीक नीतिमा गरिएको व्यवस्था कार्यान्वयन गरेको हो ।
मार्जिन प्रकृतिको सेयर धितोकर्जाको एकल ग्राहक कर्जा सीमालाई भने निरन्तरता दिइएको छ । कुनै एक वा सबै इजाजतपत्र प्राप्त संस्थाबाट सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक कर्जा सीमा कुल १५ करोड रुपैयाँ कायम छ
यता, उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले सेयर बजारमा अवाञ्छित गतिविधि हुन नदिन आवश्यक निर्देशन दिएको बताएका छन् ।
सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको अर्थ समिति बैठकमा अर्थमन्त्री पौडेलले सेयर बजार अर्थतन्त्रको महत्त्वपूर्ण आधारस्तम्भ भएको भन्दै यसलाई प्रभाव पार्ने कुनै अवाञ्छित गतिविधि हुन नदिन आवश्यक निर्देशन दिएको बताएका हुन् ।

काभ्रेमा आलुलाई ‘ब्राण्डिङ’गर्न थालियो

काभ्रेपलाञ्चोकमा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाको सहयोगमा ‘ब्राण्डिङ’ गरिएको आलु देखाउँदै पनौती नगरपालिका–३ कुशादेवीका स्थानीय कृषक । भण्डारणसहित ‘प्याकेजिङ’ थालिएको आलु हाल २, ३ र ५ किलो तौलमा बजारमा पठाइएको छ । तस्बिर ः राजकुमार पराजुली÷रासस

काभ्रेपलाञ्चोक । प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाको सहयोगमा यहाँ आलुको ‘ब्राण्डिङ’ थालिएको छ । आलुको ‘हब’ मानिने यस जिल्लाको पनौती नगरपालिका–३ कुशादेवीमा आलु भण्डारणसहित ‘प्याकेजिङ’ थालिएको हो ।

‘आलु सुपरजोन’ का रुपमा जिल्लाको चिनारी बनाउन तथा यहाँको आलुको गुणस्तरीयतालाई प्रचारप्रसार गर्न स्थानीय उत्पादनलाई प्राथमिकतामा राखी ब्रान्डिङ गर्ने ध्येयले प्याकेजिङ सुरु गरिएको जनाइएको छ । प्रारम्भिक चरणमा हाल दुइ किलो, तीन किलो र पाँच किलो तौलमा आलुको प्याकेजिङ हुने गरी ब्राण्डिङ सुरु गरिएको खाद्यान्न तथा बीउ आलु, अलैँची, फलफुल नर्सरी उद्योगका सञ्चालक राजेन्द्र थापाले बताए । उनका अनुसार स्थानीयस्तरमा उत्पादित आलुको ब्रान्डिङसहित बजारीकरण थालिएको हो ।

भण्डारणका लागि प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना सुपरजोन को आर्थिक सहयोगमा भण्डारण कक्ष निर्माणसहित प्याजिङ गरिएको आलु बजारीकरण सुरु गरिएको थापाले बताए । ‘हाललाई एकतले भवनबाट भण्डारणसहित प्याकेजिङ थालेका छौँ, अब चालु आर्थिक बर्षमा भवनको निर्माण थप्दै प्याकेजिङको परिमाण बढाउनेछौँ’, उनले भने । उद्योगलाई भण्डार कक्ष र प्याकेजिङ सुरुआतका लागि परियोजनाले गत आवमा पहिलो चरणमा रु १४ लाख सहयोगमा गरेको थियो ।

केही दिनअघि आलु प्याकेजिङलाई जिल्लास्थित बजार पठाइएकाले मागको अवस्थाबारे अनुगमन समेत गर्न थालिएको उद्योगका अर्का सञ्चालक शशी अधिकारी बताउँछन् । उद्योगले ‘काभ्रेको चिनारी ः पोषिलो आलुको तरकारी’को नारासहित हाललाई प्रतिकेजि रु ८० का दरले प्याजिङ गरिएको आलु बजार पठाएको हो । ‘आलुको गुणस्तर कायमै राखी बजारको मागअनुसार फरकफरक तौलमा प्याकिङ गर्ने योजना बनाएका छौँ’, अधिकारीले भने । उनका अनुसार उद्योगले फरकफरक जातको आलु ‘ग्रेडिङ’ गरी बजार पठाएको छ ।

उपभोक्ताले आफुलाई मन पर्ने जातको आलु किनेर लैजान सक्नेगरी प्याकेजिङ गरेको जनाइएको छ । सुपरजोन समन्वय समितिका प्रमुख सुमन नेपालले ठुक्क भएर काभ्रेपलाञ्चोकमा प्याकेजिङ गरिएको आलु खान आग्रह गरेका छन् । उनले भने, ‘काभ्रेमा उत्पादित आलु गुणस्तरीय रहँदै आएको छ, उपभोक्ताले विना संकोच किनेर खान सक्नुहुन्छ ।’

उनका अनुसार यस आलु ब्राण्डिङ कार्यक्रमले अन्य ब्यवसायिक कृषकलाई उत्प्रेरण मिलेको पाइएको छ । आलु सुपरजोन कार्यलयले काभ्रेपलाञ्चोकमा आलुको उत्पादन तथा उत्पादनमा बृद्धि, मल्चिङ प्रविधिलगायतमा सहयोग आएको जनाएको छ आलुको बिउ र मल्चिङ तथा नस्ल सुधार लगाएतमा कार्यक्रम कार्यलयले सन्चालन गर्दै आईरहेको छ । कार्यालय प्रमुख जय महतोले आगामी दिनमा जिल्लाको अन्य क्षेत्रमा आलुको प्याकेन्जिङ र ब्राण्डिङ बिस्तार गर्न कार्यलयले सहजीकरण गर्ने बताए ।

जिल्लाको पाँचखाल, मण्डनदेउपुर, पनौती, बनेपा तथा नाला आलु उत्पादन हुने प्रमुख क्षेत्र हुन् । आलुको पकेट क्षेत्र मानिएको काभे्र्रकोानौ हजार हेक्टर क्षेत्रफलमा बार्षिक करिब एक लाख ७५ हजार मेट्रिक टन आलु उत्पादन हुने गरेको छ ।

कक्षा १२ मा ५२।९१ प्रतिशत विद्यार्थी उक्तीर्ण
काठमाडौं । शुत्रबार सार्वजनिक भएको कक्षा १२ को परीक्षाफलबाट ५२।९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । राष्ट्रिय परीक्षा बोर्डका अनुसार कुल विद्यार्थीमध्ये एक सय २२ विद्यार्थीको नतिजा रद्द भएको छ ।
परीक्षाफल अनुसार १ लाख ८७ हजार विद्यार्थी ननग्रेडेड एनजी भएका छन् । परीक्षामा सहभागी भएका नियमिततर्फका ३ लाख ९० हजार ८ सय ६८ परीक्षार्थीमध्ये २ लाख ३ हजार ८ सय ४७ विद्यार्थी अर्थात् ५२।९१ प्रतिशत मात्रै उत्तीर्ण भएका हुन् ।

सबैभन्दा बढी २।८१ देखि ३।२० जीपीए प्राप्त गर्ने विद्यार्थी छन् । उक्त जीपएमा पास हुनेको संख्या ७८ हजार ७५ रहेको परीक्षा बोर्डले जनाएको छ ।
२ं४१ देखि २ं।८० जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या ६१ हजार ३६ रहेको छ भने ३।२१ देखि ३।६० जीपीए प्राप्त गरेर ४६ हजार ८ सय ९३ जना विद्यार्थी उत्तीर्ण भएका छन् ।

सबैभन्दा माथिल्लो ३।६१ देखि ४ जीपीए ल्याउने विद्यार्थी ९ हजार ५ सय ९१ रहेको परीक्षा बोर्डले जनाएको छ । गत वैशाख १४ गतेबाट सञ्चालित २०८० सालको कक्षा १२ को परीक्षामा ४ लाख ९१ हजार ४ सय ९७ विद्यार्थी सहभागी थिए ।

आमाले शिशुलाई स्तनपान गराउँदै ‘मोबाइल फोन’ चलाउँदा आमा र शिशु दुवैलाई बेफाईदा ः बालरोग विशेषज्ञ

चिवन । बालरोग विशेषज्ञले शिशुलाई स्तनपान गराउँदा ‘मोबाइल फोन’ प्रयोग नगर्न आमा हरुलाई आग्रह गरेका छन् । विश्व स्तनपान सप्ताहको अवसरमा यहाँ आयोजित छलफल कार्यक्रममा चिकित्सकहरुले आमा र शिशु दुवैलाई फाइदा नगर्ने बताएका हुन्
विश्व स्तनपान सप्ताहका अवसरमा कान्तिपुर हेल्थ अनलाइनद्वारा आज भरतपुरमा आयोजित ‘स्तनपानको महत्व ः चिकित्सक–पत्रकार छलफल कार्यक्रम’ मा भरतपुर अस्पतालका बालरोग विशेषज्ञ डां ंश्वेताकुमारी गुप्ताले स्तनपान गराउँदा आमाले मोबाइल प्रयोग गर्न नहुने बताइन् । उनले भनिन् ‘आमाले मोबाइल चलाएर स्तनपान गराउँदा बच्चाले दूध खायो खाएन, अघायो, अघाएनलगायत केही कुरा पनि जानकारी हुँदैन ।’ उनले बच्चाको माया ममता पनि कम हुदै जाने बताइन् । उनले भनिन्, ‘स्तनपान गराउने समयमा शिशुलाई सुमसुमाउनु पर्छ, अन्यत्र ध्यान दिनु हुँदैन ।’ स्तनपान गराउँदा आमा र शिशु दुवैको आसनमा विशेष ध्यान दिन जरुरी रहेको बालरोग विशेषज्ञ डांं गुप्ताले बताइन् । शिशुलाई जन्मिएदेखि छ महिनासम्म आमाको दूधबाहेक पानीको आवश्यकता नपर्ने उनको भनाइ छ ।

बालरोग विशेषज्ञ डा। गुप्ताले भनिन्, ‘नियमित स्तनपान गर्ने शिशुमा निमोनिया, झाडापखाला, दम जस्ता रोगहरु लाग्ने सम्भावना कम हुन्छ ।’ बच्चाको शरीरिक विकासका लागि सकेसम्म आमाको दूध खुवाउनुपर्ने बताउँदै उनले काममा जानुपरेमा आमाको दूध सङ्कलन गरेर राखेर भए पनि खुवाउन सकिने बताइन् । उनले भनिन्, ‘आमाको दूध सङ्कलन गरेर कोठाको तापक्रममा राखेमा ४ देखि ६ घण्टा र फ्रिजमा राखे २४ घण्टासम्म खुवाउन सकिन्छ ।’ फ्रिजमा राखेरको दूध सिधैँ नतताउन सुझाव दिँदै उनले भनिन्, ‘तातो पानीमा अर्को भाडा राखेर दूधलाई तातो बनाउनु पर्छ, सिधैँ तताउनु हुँदैन ।’

 

स्तनपानले गर्दा आमालाई हुने फाइदाका विषयमा बोल्दै उनले स्तनपान नियमित गराउने आमालाई स्तन र डिम्बासयको क्यान्सर हुने सम्भावना न्यून हुने बताए । प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डांं पोखरेलका अनुसार नियमित स्तनपान गराउँदा महिलामा हुने रक्तस्रावमा कमी आउने गर्दछ । बच्चा जन्मिएको एक घण्टा भित्रमै आमाको दूध खुवाउन सके सालनाल छुटिनदेखि स्तन गानिने र पिप जम्ने जस्ता समस्याबाट छुटकारा पाउन सकिने उनले बताए ।
उनले भने, ‘कम्तीमा पनि दुई वर्ष बच्चालाई आमाको दूध खुवाउनु पर्छ । जसले गर्दा आमा र बच्चा बीचको ममतादेखि हरेक कुरामा सहयोग पुर्‍याउँछ ।’ पछिल्लो समय शारीरिक सुन्दरताका लागि शिशुलाई आमाको दूध नखुवाउने गरेको पाईएको भन्दै उनले यस्तो गर्दा बच्चाको शारीरिक, मानसिक वृद्धि विकासमा समस्या पर्नुका साथै आमामा विभिन्न किसिमका समस्या देखिन सक्ने जानकारी दिए ।

 

‘ नायिका नम्रतानम्बरी सुन’मार्फत दर्शकमाझ आउने

काठमाडौं । नायिका नम्रता सापकोटा यही साउन २५ गतेबाट रिलिज हुने फिल्म ‘नम्बरी सुन’मार्फत दर्शकमाझ आउँदैछिन् । नम्रताका अनुसार फिल्म ‘नम्बरी सुन’मा उनी ग्रामीण सोझी युवतीको भूमिकामा छिन् ।
‘म खानदानी परिवारको मुखियाकी छोरीको भूमिकामा छु । ऊ एउटा राम्रो परिवारको मुखियाकी छोरी भएर पनि साधारण छे । उसमा घमण्ड छैन । उसको प्रेम आफू भन्दा तल्लो जातको व्यक्तिसँग हुन्छ’, आफ्नो चरित्रबारे नम्रता भन्छिन् ।

आफ्ना हरेक फिल्ममा फरक(फरक चरित्र निभाउन चाहने नम्रता दर्शकले आफूलाई सोही फरक चरित्रमा ‘नम्बरी सुन’मा हेर्न पाउने दाबी गर्छिन् । ‘आफ्नो प्रेम प्राप्तिका लागि मेरो पात्र लड्छे । आफूले माया गरेको प्रेमीका लागि कुन हदसम्म जानसक्छे भन्ने किसिमको चरित्रमा देखिन्छु’, उनी भन्छिन् ।

उनी अगाडि भन्छिन्, ‘मैले अहिलेसम्म सोझो, बदमास, चुलबुले चरित्र निभाएँ । तर ‘नम्बरी सुन’मा शुद्ध इन्टेन्स लभ देखिन्छ । मैले यो फिल्ममा धेरै बोल्नु पनि परेको छैन । मेरो एक्सप्रेसिभ क्यारेक्टर छ । भाव नै प्रकट गरेको छु जस्तो लाग्छ’, नम्रता खुल्छिन् ।

उनी दर्शकले आफ्नो लागि भन्दा पनि कथाका लागि ‘नम्बरी सुन’ हेर्नुपर्ने धारणा राख्छिन् । ‘मेरो लागि मात्र फिल्म हेर्नुपर्छ भन्ने छैन । जुन कुरामा म विश्वास गर्दिनँ । दर्शकसँग समय छ र हलमा गएर आनन्दले फिल्म हेन चाहनुहुन्छ भने ती दर्शकका लागि ‘नम्बरी सुन’ एउटा राम्रो फिल्म बनेको छ’, नम्रता भन्छिन्, ‘यसमा विशुद्ध नेपाली अग्र्यानिक कथा छ । गाडी पनि नपुगेको गाउँमा गएर हामीले एक महिना सुटिङ गरेका छौं । त्यो बेलाको यस्तो पनि हुँदो रहेछ भन्ने कुरा थाहा पाउन यो फिल्म हेर्नुपर्छ ।’

नम्रता फिल्मका ‘प्रेमी’ गौरव पहाडीको कामबाट प्रभावित रहिछन् । ‘गौरव काममा एकदमै गम्भीर छ । फिल्मका लागि ऊ एकदमै क्यारेक्टरमा बस्नुपर्ने थियो । म चाहिँ क्यारेक्टरमा बस्नु परेन । मैले गौरव, विनोद न्यौपानेबाट धेरै कुरा सिकें’, उनी भन्छिन् ।

 

 

सुदामा ताजा समाचार

राष्ट्रिय वाणिज्य बैंकद्वारा प्रशिक्षण प्रदान

माडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ग्लोबल मनी विकको अवसरमा देशभर २९४ शाखामार्फत १० हजारभन्दा बढी नागरिकलाई वित्तीय साक्षरतासम्बन्धी प्रशिक्षण प्रदान गरिरहेको छ। सातै प्रदेशमा...

राजसंस्था फर्काउन खोज्नु दिवास्वप्नना देख्नु जस्तै हो ः सांसद आनन्दप्रसाद ढुंगाना

काठमाडौँ ,नेपाली काँग्रेसका राष्ट्रियसभा सांसद आनन्दप्रसाद ढुंगानाले नेपालमा राजसंस्था फर्काउँछु भन्नु दिवास्वप्न भएको बताएका छन्। बुधवार राष्ट्रियसभा बैठकको शून्य समयमा बोल्दै उनले यस्तो बताएका हुन्।...

मुक्कुमलुङ संरक्षणका लागि यसरी गरियो सिंहदरबार घेराउ

काठमाडौँ , मुक्कुमलुङ ताङ्‌सेःप चुम्भो र मुक्कुमलुङ संरक्षण अन्तरदलीय संघर्ष समितिले मुक्कुमलुङ संरक्षणका लागि सिंहदरबार घेराउ गरेका छन्। ताप्लेजुङस्थित पाथीभरा केबुलकार निर्माणको विरोधमा रहेको समूहले...

एसईईका विद्यार्थी, अभिभावक र विद्यालयका लागि प्रिन्सिपलडीकेढुङ्गानाका यस्ता छन् सुझावहरु 

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले २०८१ को माध्यामिक शिक्षा परीक्षा एसईई को तयारी पुरा भएको घोषणा गरेको छ। भोली ७ चैत देखी हुने परीक्षाका...

एभरेष्ट बैंकंद्वारा ५,६९७ जना लगानीकर्तालाई ऋणपत्र वितरण

काठमाडौं । एभरेष्ट बैंकले ऋणपत्र बाँडफाँटमा रितपूर्वक आवेदन दिएका ५ हजार ६९७ जना लगानीकर्तालाई ऋणपत्र वितरण गरेको छ। बैंकले गत फागुन १८ देखि २३...