काठमाडौं । नेपाल आयल निगम, धनुषा महेन्द्रनगर इन्धन डिपोमा कार्यरत कर्मचारी राकेश कुमार वर्माको सहकर्मीले बेल्चाले हानेर हत्या गरेका छन् । सिरहा नगरपालिका ३ घर भई डिपोमा कार्यरत वर्माको शुक्रबार बिहान बेल्चाले हानेर सोही डिपोका कार्यरत अर्का कर्मचारीले हत्या गरेका हुन्।
सोही डिपोका कर्मचारी प्रकाश यादवले वर्माको हत्या गरेको प्रहरीले जनाएको छ । हत्या गरेको प्रहरीले जनाएको छ । यादव धनुषाको सबैला नगरपालिका १० मा छन् । धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाका अनुसार शुक्रबार बिहान लगभग १० बजेको समयमा वर्माको हत्या भएको भएको हो । हत्यामा संलग्न प्रकाशलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको डीएसपी रञ्जन अवाले जानकारी दिए ।
मृतक वर्माको शव अहिले घटनास्थलमै बिहीबार सरसफाईको विषयमा वर्मा र यादवबीच कार्यालयमै विवाद बढेकाले सोही निहुँमा उनको हत्या गरिएको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । मृतक वर्मा क्लिकमाण्डु डटकमका बरिष्ट उपसम्पादक राजेश वर्माका भाई हुन् ।