काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ । आज सुन तोलामा एक सय रुपैयाँले बढेर १ लाख ५३ हजार २०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार सुनको मूल्य तोलामा १ लाख ५३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । बुधवार तोलामा १ हजार ८५५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बिहीबार १ हजार ८३० रुपैयाँमा कारोबार भएको हो ।
आज सुनको मूल्य प्रति तोला एक सय एक रुपेैंयाले बढ्यो
काभा महिला नेसन्स लिगमा पदक जित्ने खेलाडीहरुलअई गरियो नगद पुरष्कार सहित सम्मान
काठमाडौं । सरकारले काभा महिला भलिबल नेसन्स लिनमा उपविजेता बन्दै पदक जित्न सफल नेपाली राष्ट्रिय महिला भलिबल टोली, प्रशिक्षकहरु, व्यवस्थापक र फिजियोथेरापिस्टलाई नगद पुरस्कारसहित सम्मान गरेको छ ।
गत साउन ३१ गतेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा एक कार्यक्रमको आयोजना गर्दै उनीहरुलाई सम्मान गरेको हो ।
सरकारले १४ जना खेलाडीहरुलाई जनही तीन लाख, मुख्य प्रशिषक जगदिश प्रशाद भट्टलाई दुई लाख, सहायक प्रशिक्षक भरत यादवलाई एक लाख २० हजार र फिजियो थेरापिस्ट लोकन्द्र कुँवरलाई पनि एक लाख २० हजार रुपैयाँ नगद पुरस्कारसहित सम्मान गरेको हो ।े
सम्मानित हुने खेलाडीहरुमा प्रगति नाथ, सरस्वति चौधरी, उषा भण्डारी, निरुता ठगुन्ना, पुनम चन्द, सुमित्रा रेग्मी, कविता भट्ट, आरति सुवेदी, संगम महतो, सलिना श्रेष्ठ, शान्तिकला तामाङ, कामना विष्ट रहेका छन् ।
सेनाको कार्यभारअशोकराज सिग्देलको काँधमा
काठमाडौं । नेपाली सेनाको प्रधानसेनापतिमा अशोकराज सिग्देल नियुक्त भएका छन् । यस संगै सेनाको सम्पूर्ण कार्यभार उनको काँधमा पर्न गएको हो ।
मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा २६७ को उपधारा ९५० बमोजिम भदौ २४ गतेबाट लागू हुने गरी नेपाली सेनाको प्रधान सेनापति पदमा नियुक्ति गरेका हुन् ।
सिग्देल हाल नेपाली सेनाको कायममुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्दै आएका छन् ।
राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रपति श्री रामचन्द्र पौडेलले नेपालको संविधानको धारा २६७ को उपधारा ९५० बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा हाल नेपाली सेनाको कायममुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्दै आउनुभएका व्य. नं. १६१४ बलाधिकृत रथी श्री अशोकराज सिग्देललाई नेपाली सेनाको प्रधान सेनापति पदमा मिति २०८१÷५÷२४ गतेबाट लागू हुनेगरी नियुक्ति गर्नुभएको छ ।’
प्रतिनिधिसभा बैठक आज दिनको १ वजे पनि बस्दै
ःकाठमाडौं।संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा सुरु हुनेछ
बैठकमा सांसदहरुले शून्य, आकस्मिक र विशेष समयमा समसामयिक विषयमा आआफ्नो धारणा राख्नेछन् ।
आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट ‘राष्ट्रिय मानवअधिकार आयोगको २३औँ वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७९–०८०’ पेस गर्ने कार्यसूची रहेको छ ।
यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सांसद सोबिता गौतमले ‘हवाई क्षेत्रसँग सम्बन्धित अन्तर्राष्ट्रिय सङ्गठनहरूले नेपालका हवाई उड्डयन क्षेत्रलाई असुरक्षित भनिरहेको, हवाई दुर्घटनाहरूले एयरलाइन्स र हवाई यातायात उद्योगको छवि र विश्वासमा समेत असर परेको हुँदा तत्काल सुधारात्मक कदम चाली विश्वसनियता बढाउन आवश्यक भएकोले’ भन्ने विषयको जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्नेछिन् ।
बैठकमा सभामुख देवराज घिमिरेले तत्कालीन संविधानसभा सदस्य श्रवण कुमार अग्रवालको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । अग्रवालको गत साउन २१ गते निधन भएको थियो ।
यस्तो छआजको विनिमयदर – अमेरिकी डलर बढ्यो, युरो घट्यो
बिहीबार, भदौ १३, २०८१
आजको विनिमयदर ः अमेरिकी डलर बढ्यो, युरो घट्यो
काठमाडौं । अमेरिकी डलरको भाउ बढेको छ भने युरोको घटेको छ । बुधबारको तुलनामा आज डलरको भाउ बढेको हो ।
विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३४ रुपैयाँ तीन पैसा र बिक्रीदर १३४ रुपैयाँ ६३ पैसा रहेको छ । बुधबार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ९९ पैसा र बिक्रीदर १३४ रुपैयाँ ५९ पैसा रहेको थियो ।
हिजोको तुलनामा आज नेपाली बजारमा युरोको भाउ भने घटेको छ । बुधबार युरो एकको खरिददर १४९ रुपैयाँ ६६ पैसा र बिक्रीदर १५० रुपैयाँ ३३ पैसा कायम भएकामा आज खरिददर १४९ रुपैयाँ १२ पैसा र बिक्रीदर १४९ रुपैयाँ ७८ पैसा रहेको छ ।
आजको विदेशी मुद्रा विनिमयदरअनुसार पाउण्ड स्टर्लिङ एकको खरिददर १७७ रुपैयाँ १३ पैसा र बिक्रीदर १७७ रुपैयाँ ९२ पैसा रहेको छ । त्यस्तै, अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ९६ पैसा र बिक्रीदर ९१ रुपैयाँ ३७ पैसा रहेको छ ।
यसैगरी, सिंगापुर डलर एकको खरिददर १०२ रुपैयाँ ८२ पैसा र बिक्रीदर १०३ रुपैयाँ २८ पैसा कायम भएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ २८ पैसा र बिक्रीदर नौ रुपैयाँ ३२ पैसा रहेको छ । चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८० पैसा र बिक्रीदर १८ रुपैयाँ ८८ पैसा कायम भएको छ ।
राष्ट्र बैंककाअनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८८ पैसा तोकिएको छ ।
कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९४ पैसा रहेको छ । आजको विनिमयदरअनुसार थाई भाट एकको खरिददर तीन रुपैयाँ ९४ पैसा र बिक्रीदर तीन रुपैयाँ ९६ पैसा रहेको छ भने यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६५ पैसा रहेको छ ।
मलेसियन रिंगेट एकको खरिददर ३० रुपैयाँ ८६ पैसा र बिक्रीदर ३१ रुपैयाँ पैसा रहेको छ । साउथ कोरियन वन एक सयको खरिददर १० रुपैयाँ चार पैसा र बिक्रीदर १० रुपैयाँ आठ पैसा कायम भएको छ ।
स्वीडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ १५ पैसा र बिक्रीदर १३ रुपैयाँ २१ पैसा रहेको छ । डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ९९ पैसा र बिक्रीदर २० रुपैयाँ आठ पैसा रहेको छ ।
आज हङकङ डलर एकको खरिददर १७ रुपैयाँ १८ पैसा र बिक्रीदर १७ रुपैयाँ २६ पैसा रहेको छ ।
कुवेती दिनार एकको खरिददर ४३९ रुपैयाँ र बिक्रीदर ४४० रुपैयाँ ९६ पैसा रहेको छ । त्यस्तै, बहराइन दिनार एकको खरिददर ३५५ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३५७ रुपैयाँ २० पैसा रहेको छ ।
राष्ट्र बैंकले तय गरेको विदेशी विनियमदर खुला बजारमा भने फरक पर्नसक्नेछ । स्रोत ः नेपाल राष्ट्रबैंक
शंखमुल हत्या प्रकरणमा२२ वर्षीय युवक पक्राउ
काठमाडौँ । काठमाडौँ महानगरपालिका–१० शंखमुलस्थित द टाइम पास स्नुकर एण्ड खाजा घरमा रूपक बान्तवाको हत्या गरेको आरोपमा प्रहरीले बाराको सिम्रौनगढ घर भएका २२ वर्षीय एमके कुमार लाई पक्राउ गरेको छ ।
भदौ १० गते बिहान ४० वर्षीय रूपक बान्तवाले आफ्नै घरमा सञ्चालन गरेको स्नुकरमा उनको हत्या भएको हो ।
बिहान १ बजेर ५० मिनेटमा सूचना पाएपछि प्रहरी पुग्दा बान्तवा स्नुकर रुमको सोफामा रगतपच्छे अवस्थामा पल्टिरहेका थिए । मिनभवनस्थित सिभिल अस्पतालका चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका हुन् ।
एमके कुमारलाई घटनास्थल नजिकै रहेको उनको डेराबाट पक्राउ गरिएको अनुसन्धानमा संलग्न एकजना अधिकृतले बताए ।
अब देश बचाउन युवाशक्ति एकभएर लाग्नुको विकल्प छैन
चन्दन शाक्य नेपाली राजनीतिमा नौलो नाम होइन । उनी २०६२ सालमै राजतन्त्रका बेला काठमाडौंको भोटाहिटी वडा नं। २५ इन्द्रचोकमा वडा अध्यक्ष भई चर्चा कमाई सकेका व्यक्ति हुन् । तत्कालिन समयमा नै भ्रष्टाचार विरोधी अभियानमा लागेका उनी अहिलेसम्म पनि भ्रष्टहरुको चर्को विरोध गर्दै आएका छन् । वडा अध्यक्ष भएका बेला वडाका भ्रष्ट कर्मचारीलाई चड्कन दि“दा उनलाई घेर्न नगरपालिकाका मेयर, वडा कर्मचारी उनकै घरमा पुगेका थिए । उनकै कारण मेयर लगायत सबै पदच्यूत भए । उनी ती दिनहरुको बेला–बेलामा स्मरण गरिरहन्छन् ।
२०६२÷०६३ सालको आन्दोलनले राजतन्त्र नगएको भए उनलाई मन्त्री बन्ने अवसर प्राप्त हु“दै थियो । तर, राजतन्त्र नै गएपछि अवसर स्वतः गुमेर गयो । उनी पिता पुर्खाले गर्दै आएको व्यापार छोडेर राजनीतिमा हामफालेका व्यक्ति हुन् । राजतन्त्र फर्किए एक पटक मन्त्रीको अवसर चुम्ने अपेक्षामा समाज सेवामा जुटिरहेकै छन् । उनी आफु जस्तै युवाहरु देशभर भए जनता उल्लु नहुने दावी समेत गर्दछन् । प्रस्तुत छ उनीस“ग सुदामा प्रतिनिधिले गरेको कुराकानीः
देशको अवस्था कस्तो छ ?
देशको अवस्था चिन्ताजनक छ । जनताले हदैसम्मको दुःख पाएका छन् । देशको आर्थिक स्थिति गिर्दै गएको छ । देश ऋणमा चुर्लुम्म डुबेको छ । नेता मोटाएका छन् । जनता दुब्लाएका छन् । हरेक नेपालीको टाउकोमा ८० हजार भन्दा माथि ऋणको भार छ । आयात बढेको बढ्यै छ, निर्यात घटेको घट्यै छ । यस्तो अवस्थाले देश ऋणमा डुबेको हो । देशको आर्थिक अवस्था खच्किनुको कारण भ्रष्टाचार मौलाउँदै जानु हो ।
देशको अवस्था कसरी सुधार्न सकिन्छ त ?
देशको अवस्थामा सुधार ल्याउन यूवा जमातको हातमा राजनीति आउनु पर्दछ । बुढा नेताहरु अभिभावक बन्नु पर्दछ । भ्रष्टाचार निर्मूल हुनुपर्दछ । नेताले लुटेका देशको सम्पत्ति राज्य ढुकुटीमा ल्याउन सक्नु पर्दछ । यसो गर्दा देशको आर्थिक अवस्था र राजनीतिक अवस्थामा केही हदसम्म सुधार ल्याउन सकिन्छ ।
भ्रष्टहरुलाई कसरी लाइनमा ल्याउन सकिएला त ?
पहिलो कुरा त भ्रष्टमतिका नेता, कर्मचारीले सोच्नु पर्दछ कि भ्रष्टाचार गर्नु भनेको जन्मदिने आमाको रगत पिउनु सरह हो । यस्तो सोच राखे भ्रष्टाचार आफैं रोकिन्छ । तर देशको ढुकुटीमा तर मार्न पल्केकाहरुबाट भ्रष्टाचार निर्मुल हुन्छ भनेर सोच्नै सकिदैन । तसर्थ भ्रष्टाचारलाई न्यूनिकरण गर्दै लान भ्रष्टचारीको सम्पत्ति जफत गरी राष्ट्रिय ढुकुटीमा भेला गर्ने, भ्रष्टलाई जन्मकैदको सजाय दिने वा देश निकाला गर्ने लगायतका काम निष्पक्ष रुपमा गर्ने हो भने भ्रष्टहरु लाइनमा आउँछन् ।
देशको अवस्था यस्तो हुनुमा कस्को हात छ ?
देशको अवस्था यस्तो हुनुमा राजनीतिक दलका नेता र उनका कार्यकर्ताहरुको ठूलो हात रहेको
छ ।
नेपालको लोकतान्त्रिक गणतन्त्रको व्यवस्थामा सरकारको स्थायित्व किन नभएको होला ?
नेताहरु धेरै अवसरवादी बन्नु र स्वविवेकमा चल्न नसकेको हुँदा कुनै पनि दल नेतृत्वको सरकारले पुरै कार्यकाल९पाँच वर्ष सरकारको नेतृत्व गर्न नसकेका हुन् । नेताहरुको ध्यान कसरी सत्तामा पुग्ने र सत्ता टिकाइ राख्ने भन्नेमा मात्रै केन्द्रीत हुँदा र विदेशीको इसारामा चलेका कारण सरकार सँधै फेरबदल हुने गरेको हो । यस्तो परिपाटीको अन्त्य नभएसम्म सरकार यसरी नै चलिरहन्छ । विकासमा अवरोध पनि आईनै रहन्छ । यसमा कुनै शंकै
छैन ।
गणतन्त्रमा के हुनु पर्दथ्यो र के
भएन ?
गणतन्त्रमा सबै नेपाली सुखी हुनु पर्दथ्यो, देश समृद्ध बन्नुपर्ने थियो, क्षमतावान जनताले समान अवसर पाउनु पर्दथ्यो तर त्यो
भएन । अवसर पाउने भनेको नेता, कार्यकर्ताका छोराछोरी र उनका आफन्तले मात्र अवसर पाउने
भए । त्यसैले गणतन्त्र ‘कागलाई बेल पाक्यो, हर्ष न विस्मात’ भनेझै भएको छ नेपाली जनतालाई
गणतन्त्र । गणतन्त्रले जनताको उल्लेखनीय काम गर्न सकेको
छैन ।
राजतन्त्र ब्यू“तिएला त ?
राजतन्त्र ढिलो–चाडो एकदिन ब्यूँतिन्छ । शंका गर्ने ठाउँनै छैन । जनतामा आक्रोश फैलिएको छ । एक दिन राजतन्त्र आउँछ–आउँछ प्रतिक्षा गरौं ।
राजावादी हु“ भन्नेले एक पटक निकै आन्दोलन गरे । अहिले सामसुम छ, यसरी आउँछ त राजतन्त्र ?
उनीहरुले राजतन्त्र फर्काउन आन्दोलन गरेकै होइन । स्वार्थका लागि मात्रै गरेको हो आन्दोलन । अहिले खर्च सकियो त्यसैले आन्दोलन पनि रोकियो ।
त्यसो भए कस्ले ल्याउन सक्छन् त राजतन्त्र ?
राजतन्त्र आक्रोशित जनताले ल्याउन सक्छन् ।
देशको विकास त राजतन्त्रमा भन्दा लोकतन्त्रमा बढी भएको छ भनिन्छ नि ?
केही रुपमा भएको त छ तर जनताले अनुभूति गर्न सक्ने गरी विकास भएको छैन ।
कामनपाको मेयर बालेन्द्र शाहको काम कस्तो लाग्छ ?
उनले पनि नगरवासीका कामहरु खासै गर्न सकेका छैनन् । कुरा मात्रै बढी गर्दै आएका छन् । तत्कालिन महानगर प्रमुख केशव स्थापित घरघरमा जनता भेट्न आउथे । तर अहिले बालेन शाह भने आउँदैनन् । जनताका पीरमर्का बुझ्न नै नआउने अहिलेका नेताले जनताका काम गर्लान् भन्ने कुरामा विश्वस्त हुने ठाउँ नै छैन ।
नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनमा बनेको सरकारबाट के अपेक्षा गर्नुभएको छ ?
गठबन्धनमा बनेको सरकार पदीय भागबण्डा गर्ने र बाँडीचुँडी रकम भत्ता खान मात्र बनेको हो । यसले जनताको काम गर्ने वाला छैन ।
त्यसो भए देश विकास गर्न कस्ता नेताले सक्लान् ?
जनताका काममा त्याग गर्न सक्ने, भ्रष्टाचार नगर्ने नेताले मात्र देश विकास गर्न सक्छन् । जस्तो कि उदाहरणका लागि राप्रपाका नेता बुद्धिमान तामाङलाई लिन
सकिन्छ । त्यसैगरी नेपाली कांग्रेसमा पनि वि।पी।कोइराला, कृष्ण प्रसाद भट्टराई थिए । नेपाल कम्युनिष्ट पार्टीमा मनमोहन अधिकारी, मदन भण्डारी जस्ता व्यक्तिलाई लिन सकिन्छ । वर्तमानमा बुद्धिमान तामाङ जस्ता नेता भए मात्र देशको विकास सम्भव छ । मलाई राजनीतिमा लाग्न प्रेरित गर्ने नै बुद्धिमान तामाङ
हुन् । म उनीप्रति सँधै आभारी पनि छु ।
अन्तमा भन्नुपर्ने कुरा केही छ कि ?
अब भन्नुपर्ने कुरा खासै केही छैन । देश बचाउने हो भने राजा आउनु पर्छ । सम्पूर्ण यूवा एक जुट हुनुपर्दछ । नत्र भने देश अझै बर्बादीतर्फ धकेलिने छ । बुढा नेताको नेतृत्वमा देशको विकास कदापी सम्भव छैन । यसबारे जनताले सोच्न सक्नु पर्दछ ।
अब देश बचाउन युवाशक्ति एकभएर लाग्नुको विकल्प छैन
चन्दन शाक्य नेपाली राजनीतिमा नौलो नाम होइन । उनी २०६२ सालमै राजतन्त्रका बेला काठमाडौंको भोटाहिटी वडा नं। २५ इन्द्रचोकमा वडा अध्यक्ष भई चर्चा कमाई सकेका व्यक्ति हुन् । तत्कालिन समयमा नै भ्रष्टाचार विरोधी अभियानमा लागेका उनी अहिलेसम्म पनि भ्रष्टहरुको चर्को विरोध गर्दै आएका छन् । वडा अध्यक्ष भएका बेला वडाका भ्रष्ट कर्मचारीलाई चड्कन दि“दा उनलाई घेर्न नगरपालिकाका मेयर, वडा कर्मचारी उनकै घरमा पुगेका थिए । उनकै कारण मेयर लगायत सबै पदच्यूत भए । उनी ती दिनहरुको बेला–बेलामा स्मरण गरिरहन्छन् ।
२०६२÷०६३ सालको आन्दोलनले राजतन्त्र नगएको भए उनलाई मन्त्री बन्ने अवसर प्राप्त हु“दै थियो । तर, राजतन्त्र नै गएपछि अवसर स्वतः गुमेर गयो । उनी पिता पुर्खाले गर्दै आएको व्यापार छोडेर राजनीतिमा हामफालेका व्यक्ति हुन् । राजतन्त्र फर्किए एक पटक मन्त्रीको अवसर चुम्ने अपेक्षामा समाज सेवामा जुटिरहेकै छन् । उनी आफु जस्तै युवाहरु देशभर भए जनता उल्लु नहुने दावी समेत गर्दछन् । प्रस्तुत छ उनीस“ग सुदामा प्रतिनिधिले गरेको कुराकानीः
देशको अवस्था कस्तो छ ?
देशको अवस्था चिन्ताजनक छ । जनताले हदैसम्मको दुःख पाएका छन् । देशको आर्थिक स्थिति गिर्दै गएको छ । देश ऋणमा चुर्लुम्म डुबेको छ । नेता मोटाएका छन् । जनता दुब्लाएका छन् । हरेक नेपालीको टाउकोमा ८० हजार भन्दा माथि ऋणको भार छ । आयात बढेको बढ्यै छ, निर्यात घटेको घट्यै छ । यस्तो अवस्थाले देश ऋणमा डुबेको हो । देशको आर्थिक अवस्था खच्किनुको कारण भ्रष्टाचार मौलाउँदै जानु हो ।
देशको अवस्था कसरी सुधार्न सकिन्छ त ?
देशको अवस्थामा सुधार ल्याउन यूवा जमातको हातमा राजनीति आउनु पर्दछ । बुढा नेताहरु अभिभावक बन्नु पर्दछ । भ्रष्टाचार निर्मूल हुनुपर्दछ । नेताले लुटेका देशको सम्पत्ति राज्य ढुकुटीमा ल्याउन सक्नु पर्दछ । यसो गर्दा देशको आर्थिक अवस्था र राजनीतिक अवस्थामा केही हदसम्म सुधार ल्याउन सकिन्छ ।
भ्रष्टहरुलाई कसरी लाइनमा ल्याउन सकिएला त ?
पहिलो कुरा त भ्रष्टमतिका नेता, कर्मचारीले सोच्नु पर्दछ कि भ्रष्टाचार गर्नु भनेको जन्मदिने आमाको रगत पिउनु सरह हो । यस्तो सोच राखे भ्रष्टाचार आफैं रोकिन्छ । तर देशको ढुकुटीमा तर मार्न पल्केकाहरुबाट भ्रष्टाचार निर्मुल हुन्छ भनेर सोच्नै सकिदैन । तसर्थ भ्रष्टाचारलाई न्यूनिकरण गर्दै लान भ्रष्टचारीको सम्पत्ति जफत गरी राष्ट्रिय ढुकुटीमा भेला गर्ने, भ्रष्टलाई जन्मकैदको सजाय दिने वा देश निकाला गर्ने लगायतका काम निष्पक्ष रुपमा गर्ने हो भने भ्रष्टहरु लाइनमा आउँछन् ।
देशको अवस्था यस्तो हुनुमा कस्को हात छ ?
देशको अवस्था यस्तो हुनुमा राजनीतिक दलका नेता र उनका कार्यकर्ताहरुको ठूलो हात रहेको
छ ।
नेपालको लोकतान्त्रिक गणतन्त्रको व्यवस्थामा सरकारको स्थायित्व किन नभएको होला ?
नेताहरु धेरै अवसरवादी बन्नु र स्वविवेकमा चल्न नसकेको हुँदा कुनै पनि दल नेतृत्वको सरकारले पुरै कार्यकाल९पाँच वर्ष० सरकारको नेतृत्व गर्न नसकेका हुन् । नेताहरुको ध्यान कसरी सत्तामा पुग्ने र सत्ता टिकाइ राख्ने भन्नेमा मात्रै केन्द्रीत हुँदा र विदेशीको इसारामा चलेका कारण सरकार सँधै फेरबदल हुने गरेको हो । यस्तो परिपाटीको अन्त्य नभएसम्म सरकार यसरी नै चलिरहन्छ । विकासमा अवरोध पनि आईनै रहन्छ । यसमा कुनै शंकै
छैन ।
गणतन्त्रमा के हुनु पर्दथ्यो र के भएन ?
गणतन्त्रमा सबै नेपाली सुखी हुनु पर्दथ्यो, देश समृद्ध बन्नुपर्ने थियो, क्षमतावान जनताले समान अवसर पाउनु पर्दथ्यो तर त्यो
भएन । अवसर पाउने भनेको नेता, कार्यकर्ताका छोराछोरी र उनका आफन्तले मात्र अवसर पाउने
भए । त्यसैले गणतन्त्र ‘कागलाई बेल पाक्यो, हर्ष न विस्मात’ भनेझै भएको छ नेपाली जनतालाई
गणतन्त्र । गणतन्त्रले जनताको उल्लेखनीय काम गर्न सकेको
छैन ।
राजतन्त्र ब्यू“तिएला त ?
राजतन्त्र ढिलो–चाडो एकदिन ब्यूँतिन्छ । शंका गर्ने ठाउँनै छैन । जनतामा आक्रोश फैलिएको छ । एक दिन राजतन्त्र आउँछ–आउँछ प्रतिक्षा गरौं ।
राजावादी हु“ भन्नेले एक पटक निकै आन्दोलन गरे । अहिले सामसुम छ, यसरी आउँछ त राजतन्त्र ?
उनीहरुले राजतन्त्र फर्काउन आन्दोलन गरेकै होइन । स्वार्थका लागि मात्रै गरेको हो आन्दोलन । अहिले खर्च सकियो त्यसैले आन्दोलन पनि रोकियो ।
त्यसो भए कस्ले ल्याउन सक्छन् त राजतन्त्र क्छन् ।
देशको विकास त राजतन्त्रमा भन्दा लोकतन्त्रमा बढी भएको छ भनिन्छ नि ?
केही रुपमा भएको त छ तर जनताले अनुभूति गर्न सक्ने गरी विकास भएको छैन ।
कामनपाको मेयर बालेन्द्र शाहको काम कस्तो लाग्छ?
उनले पनि नगरवासीका कामहरु खासै गर्न सकेका छैनन् । कुरा मात्रै बढी गर्दै आएका छन् । तत्कालिन महानगर प्रमुख केशव स्थापित घरघरमा जनता भेट्न आउथे । तर अहिले बालेन शाह भने आउँदैनन् । जनताका पीरमर्का बुझ्न नै नआउने अहिलेका नेताले जनताका काम गर्लान् भन्ने कुरामा विश्वस्त हुने ठाउँ नै छैन ।
नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनमा बनेको सरकारबाट के अपेक्षा गर्नुभएको छ ?
गठबन्धनमा बनेको सरकार पदीय भागबण्डा गर्ने र बाँडीचुँडी रकम भत्ता खान मात्र बनेको हो । यसले जनताको काम गर्ने वाला छैन ।
त्यसो भए देश विकास गर्न कस्ता नेताले सक्लान् ?
जनताका काममा त्याग गर्न सक्ने, भ्रष्टाचार नगर्ने नेताले मात्र देश विकास गर्न सक्छन् । जस्तो कि उदाहरणका लागि राप्रपाका नेता बुद्धिमान तामाङलाई लिन
सकिन्छ । त्यसैगरी नेपाली कांग्रेसमा पनि वि।पी।कोइराला, कृष्ण प्रसाद भट्टराई थिए । नेपाल कम्युनिष्ट पार्टीमा मनमोहन अधिकारी, मदन भण्डारी जस्ता व्यक्तिलाई लिन सकिन्छ । वर्तमानमा बुद्धिमान तामाङ जस्ता नेता भए मात्र देशको विकास सम्भव छ । मलाई राजनीतिमा लाग्न प्रेरित गर्ने नै बुद्धिमान तामाङ
हुन् । म उनीप्रति सँधै आभारी पनि छु ।
अन्तमा भन्नुपर्ने कुरा केही छ कि ?
अब भन्नुपर्ने कुरा खासै केही छैन । देश बचाउने हो भने राजा आउनु पर्छ । सम्पूर्ण यूवा एक जुट हुनुपर्दछ । नत्र भने देश अझै बर्बादीतर्फ धकेलिने छ । बुढा नेताको नेतृत्वमा देशको विकास कदापी सम्भव छैन । यसबारे जनताले सोच्न सक्नु पर्दछ ।
सबै दललाई साथमा लिएर संविधान संशोधन हुन्छः देउवा
काठमाडौं । यतिबेला संविधान संशोधनका बारेमा राष्ट्रिय राजनीतिमा चासो र चर्चा रहेको छ । यसै मेसोमा कांग्रेस सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधनका लागि सबै राजनीतिक दलहरुलाई साथमा लिएर अघि बढ्ने बताएका छन् । लोकतन्त्रप्रति प्रतिबद्ध कांग्रेस र एमालेले संविधान संशोधनका लागि गरेको सहमति सबै दललाई साथमा लिएर अघि बढाउनका लागि भएको देउवाको भनाई छ ।
नेपाली कांग्रेसका नेता एवं समाजवादी चिन्तक स्वर्गीय प्रदिप गिरीको स्मृतिमा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै देउवाले ठूलो दुई दलबीचको संविधान संशोधन गर्ने सहमतिलाई अन्य दलहरुले आफ्नो खिलापको रुपमा लिन नहुने स्पष्ट पार्नुभयो । कांग्रेस सभापति देउवाले संविधान संशोधनको क्रममा उपराष्ट्रपतिलाई नै राष्ट्रिय सभाको अध्यक्ष बनाउन सकिने विषयमा पनि अन्य दलको सहमति भए आफुहरुले सो विषयमा पनि संविधान संशोधन गरेर अघि बढ्न तयार रहेको
बताए ।
उनले भने– ‘बहुलवादमा आधारित प्रजातान्त्रिक समाजवाद उन्मुख सिद्धान्तको आधारमा हामी अघि बढिरहेका छौं । अहिले पनि संविधान संशोधनको विषयमा ओलीजी र मेरोबीचमा सहमति भएको हो । केही कुराहरु छन् । त्यसमा नौलो कुरा केही छैन । सबैसँग सल्लाह गरेर गर्ने कुरा हो ।’ सभापति देउवाले दुई ठूला पार्टीबीचको सहमतिमा आउनु मुलुकका लागि आवश्यक रहेको पनि स्पष्ट पारे ।
रास्वपा पनि स्थानीय तहको निर्वाचनमा सहभागी हुने
काठमाडौं । गत निर्वाचनमा संघमा मात्र भाग लिएको राष्ट्रिय स्वतन्त्र पार्टीरास्वपा पहिलो पटक स्थानीय निर्वाचनमा समेत सहभागी हुने भएको छ । २०७९ को स्थानीय निर्वाचनपछि गठन भएको रास्वपाले प्रतिनिधिसभामा आठ प्रत्यक्ष सिट र १३ समानुपातिक सिट हासिल गरेको थियो । केही दिन अघि बसेको रास्वपा बैठकले स्थानीय तहको उपनिर्वाचनमा भाग लिने निर्णय गरेको हो । स्मरण रहोस्, निर्वाचन आयोगले आगामी मंसिरमा स्थानीय तहको उपनिर्वाचन गर्ने तयारी गरिरहेको छ ।
विविध कारणले जनप्रतिनिधि रिक्त भएका २५ पदमा उपनिर्वाचन गर्नुपर्ने छ । निर्वाचन आयोगका अनुसार नगरपालिका उपप्रमुख एक, गाउँपालिका अध्यक्ष एक, गाउँपालिका उपाध्यक्ष दुई र वडा अध्यक्ष २१ गरी २५ पदका लागि उपनिर्वाचन
हुनेछ । रास्वपाका कार्यवाहक प्रवक्त मनिष झाका अनुसार रास्वपा केन्द्रीय समिति बैठकले स्थानीय तहको उपनिर्वाचनमा सर्वसम्मत निर्णय गरेको हो । बैठकले पार्टीका गतिविधिलाई स्थानीय तहको उपनिर्वाचन लक्षित गराउने निर्णय गरेका झाले बताए ।
रास्वपाको केन्द्रीय समिति बैठकले पार्टीको प्रथम राष्ट्रिय भेला आगामी असोज १ र २ गते काठमाडौंमा गर्ने निर्णय गरेको छ । केन्द्रीय समितिको बैठकले पार्टीका बन्द कार्यशालाहरुमा प्राप्त सुझावका आधारमा पहिलो राष्ट्रिय भेला बोलाउने निर्णय गरेको हो । भेलाले पार्टी कामको समिक्षा र रणनीति निर्माण गर्ने जनाइएको
छ । यसैबीच बैठकले यही भाद्र १५ गते कर्णाली प्रेशमा भेला आयोजना गर्ने निर्णयसमेत गरेको छ । असोज ३ गते संविधान दिवसको सन्दर्भमा संविधान संशोधनसँग सम्बन्धित नीति मन्थन कार्यक्रम आयोजना गर्ने पनि रास्वपाले निर्णय गरेको छ ।