Page 2

प्रधानमन्त्री र चिनियाँ नेता छेन्नाङ विच भयो, सम्बन् सुदृढ बनाउने छलफल

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय कमिटीका सदस्य एवं सिङहाइ प्रान्तका सेक्रेटरी छेन् गाङ्ग नेतृत्वको प्रतिनिधिमण्डलले आज शिष्टाचार भेट गरेको छ ।
प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा दुई देश र दुई पार्टीबीचको आपसी सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको हो।
प्रधानमन्त्री ओलीले चिनियाँ कम्युनिष्ट पार्टी र महासचिव सी जिनपिङको नेतृत्वमा चीनमा गरिबीको अन्त्यसहित भएको चौतर्फी विकास असाधारण रहेको उल्लेख गर्दै नेपालले त्यस विकासबाट लाभ लिन चाहने बताए ।
प्रधानमन्त्री ओलीले राजनीतिक स्थिरताका लागि दुई ठुला दल एमाले र नेपाली कांग्रेसबीचको सहकार्यमा नयाँ सरकार गठन भएको जनाउँदै नेपालको आर्थिक विकासमा चीनको निरन्तर सहयोगको अपेक्षा गरे ।
प्रधानमन्त्री ओलीले दुई मुलुकबीच सरकार–सरकार, जनता–जनताका साथै व्यापारिक, पौराणिक र सांस्कृतिक सम्बन्ध रहेकाले उच्चस्तरीय भ्रमणको आदानप्रदानको क्रमलाई निरन्तरता दिनुपर्ने बताए
प्रधानमन्त्री ओलीले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहँदै चीनविरुद्धका कुनै पनि गतिविधिका लागि नेपाली भूमि प्रयोग गर्न नदिनेमा नेपाल सदैव स्पष्ट रहेको स्मरण गराए ।
चिनियाँ नेता छेन्ले आफू महासचिव जिनपिङको निर्देशनमा नेपालको भ्रमणमा आएको अवगत गराउँदै नेपालको सुख र समृद्धिमा चीनको सँधै साथ रहने स्पष्ट पारे ।
उनले नेपालका राजनीतिक दलले गरेका निर्णयमा आफूहरुको सम्मान रहने र भ्रमणका क्रममा आएका विषयवस्तु महासचिव सीलाई जानकारी गराउने बताए ।

सडक अभावका कारण गोरखाको चुमनुब्री गाउँपालिकामा करोडौं रुपयाँ बराबरको स्याउ कुहिने अवस्थामा

गोरखा । गोरखाको चुमनुब्री गाउँपालिकामा करोडौँ मूल्य बराबरको स्याउ कुहिने अवस्थामा पुगेको भन्दै जनप्रतिनिधि र व्यवसायीले सरकारसँग बजारसम्म स्याउ ल्याइदिन माग गरेका छन् ।
उत्पादन महाअभियान नेपालका अध्यक्ष रमेश पण्डितले सडक अभावले गाउँमै अलपत्र परेको स्याउलाई अनुदानमा बजारसम्म ल्याउने व्यवस्था गरिदिन सरकारसँग माग गरे। उनले भने “कृषि र पर्यटनको अथाह सम्भावना रहेको गोरखाको चुमनुब्री गाउँपालिकामा करोडौँको स्याउ बाटो नहुँदा बजारसम्म ल्याउन नसकेर कुहिने अवस्थामा पुगेको छ, सरकारले ती स्याउलाई बजारसम्म ल्याउने व्यवस्था गरिदिनुपर्छ ।”

यस्तो छ नेपाल राष्ट्रबैकले तोकेकोआजको विदेशी मुद्राको विनिमिय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २१ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८१ पैसा कायम भएको छ ।
त्यस्तै, आज युरोपियन यूरो एकको खरिददर एक सय ४५ रुपैयाँ ५४ पैसा र बिक्रीदर एक सय ४६ रुपैयाँ १९ पैसा तोकिएको छ ।
त्यसैगरी, जापानी येन १० को खरिददर आठ रुपैयाँ ९५ पैसा र बिक्रीदर आठ रुपैयाँ ९९ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८९ पैसा र बिक्रीदर १८ रुपैयाँ ९८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७३ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९७ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९७ पैसा कायम भएको छ ।

सभापति समातिएपछि पोखराको मानव अधिकारचोकमा कार्यकर्ताको प्रर्दशन

काठमाडौं ,सभापति रवि लामिछाने पक्राउको विरोधमा पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले प्रदर्शन थालेका छन्।शुक्रबार साँझ रास्वपा कार्र्यलयबाट पक्राउ गरी विहान सवेरै पोखरा पुर्याए पछि कार्यकर्ताहरुलेबिहानैदेखि मानव अधिकार चोकमा रास्वपा कार्यकर्ताको सहभागिता बाक्लिन थालेको हो । पोखरामा उपलब्ध केन्द्रीय पदाधिकारी र नेताहरु छलफलमा जुटेका छन्।
छलफल सकिनासाथ पूर्ण प्रदर्शन सुरु हुने बताइएको छ। छन्।
पोखरामै आज सहकारी पीडितले पनि प्रदर्शन गर्दै छन्। पोखराको गैह्रापाटनमा शान्तिपूर्ण प्रदर्शनको तायारी छ। दुवै पक्षले प्रदर्शनको तयारी थालेपछि रास्वपा कार्यकर्ता र सहकारीपीडित आमनेसामने हुने देखिएको छ।

सम्भावित जोखिमलाई मध्यनजर गर्दै पोखराको सुरक्षा व्यवस्था कडा पारिएको छ। काठमाडौंको माइतीघर मण्डलामा पनि आजै लामिछानेको पक्राउविरुद्ध प्रदर्शन हुँदै छ। त्यसका लागि दिउँसो १ बजे कार्यकर्ता र समर्र्थकहरुलाई उपस्थित हुन भनिएको छ। सुरक्षा तैनाथि बिहानैदेखि बाक्लो पारिएको छ।
लामिछानेविरुद्ध हिजो पक्राउ पूर्जी जारी भएसँगै सीआईबीको टोलीलै केन्द्रीय कार्यालय घण्टीघरबाटै पक्राउ गरेर आज बिहान पोखरा पुर्‍याई प्रहरीको जिम्मा लगाएको हो।
प्रहरीका अनुसार आज शनिबार परेकाले लामिछानेलाई भोलि कार्यालय खुलेपछि मात्रै म्याद थपका लागि अदालतमा लगिनेछ। उनीमाथि सहकारी ठगी र संगठित अपराधमा अनुसन्धान चल्ने प्रहरीले जनाएको छ।

 

रवि लामिछानेलाइ आइतवार मात्रै कार्यलयमा उपस्ति गराइनछ ः प्रहरी

काठमाडौं , सहकारी ठगी तथा सङ्गठित अपराधसम्बन्धी मुद्दा सम्बन्धमा अनुसन्धानका लागि शुक्रबार साँझ पर्टिी कार्यलय बनस्थलीबाट पक्राउ गरी शनिवार विहानेै पोखरा पुर्याईएका पूर्व र्गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिलाई रवि लामिछानेलाई आज शनिवार सार्वजनिक विदा परेकाकारण भोली आईतबारमात्र कार्यलयमा उपस्थित गराउने प्रहरीले जनाएको छ ।
अनुसन्धान गर्न जिल्ला अदालत कास्कीबाट अनुमति पाए पछि प्रहरीले पक्राउ गरी गाडीप्रयोग गरी पोखरा पुर्रयाएको थियो ।

उनलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गरी शनिबार बिहान ३ बजेतिर जिल्ला प्रहरी कार्यालय कास्कीमा लगेको प्रहरीले जनाएको छ।

लामिछानेलाई त्यहाँ पुर्‍याउँदा केही कार्यकर्ताले प्रहरी कार्यालयअघि सरकारविरुद्ध नाराबाजी गरेका थिए। शनिबार सार्वजनिक बिदा भएका कारण आइतबार मात्रै उनलाई अदालतमा उपस्थित गराउने प्रहरीले जनाएको छ।
लामिछानेले गोर्खा मिडिया नेटवर्कको तत्कालीन प्रबन्ध निर्देशक हुँदा सहकारीको बचत अपचलन गरेको आरोप छ।

 

नेपाल लाइफ इन्स्योरेन्सले गर्यो बाढी पीडितहरुलाई राहत सामाग्री प्रदान

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत ओखलढुंगा, धनकुटा र गर्जुधारा शाखाको संयोजनमा बाढी पीडितहरुलाई राहत सामाग्री प्रदान गरेको छ ।

ओखलढुंगाको मोलुङ गाउँपालिका गौरीडाँडा, जेसे र पात्लेका बाढी पीडितलाई ९४५ घर परिवार चामल, दाल, नुन, तेल र साबुन प्रदान गरिएको हो । प्रति परिवार ३० केजी चामल, दाल र नुन २र२ केजी, तेल २ लिटर तथा साबुन ४ वटाका दरले प्रदान गरिएको छ ।
असोज ९ गतेदेखि १२ गतेसम्म परेको अविरल वर्षाका कारण त्रिशुले टोल धनकुटामा तीन घर पूर्णरूपमा क्षति भएको हुँदा यस कम्पनीले प्रति घरपरिवार ३ बण्डल जस्तापाता र एक थान पाल स्थानीय तह को उपस्थितिमा वितरण गरेको छ ।
यसैगरी झ्याप्ले खोलामा आएको बाढीका कारण ३० घरपरिवार विस्थापित हुन पुगेको हुँदा सो घरपरिवारलाई खाद्यान्न वितरण गरिएको छ । गर्जुधारा उपशाखाको संयोजनमा स्थानीय निकायको उपस्थितिमा खाद्यान्न सामग्रीहरू पीडित परिवारलाई वितरण गरिएको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत यस कम्पनीले विभिन्न सामाजिक आर्थिक रूपान्तरणका क्रियाकलापहरु गर्दै आएको बताए । प्रभावित परिवारलाई हरसम्भव सहयोग गर्न कम्पनी सदैव तत्पर रहेको र आगामी दिनमा पनि कुनै किसिमको सहयोग चाहिएको खण्डमा कम्पनी अग्रपंक्तिमा रहेर सहयोग गर्न तयार रहेको कुरा समेत बताए ।

सेवा ग्राहिको गुनासो पछि मन्त्रीले छड्के अनुगमन गर्दा १३ कर्मचारी अनुपस्थित

काठमाडौँ । खानेपानी मन्त्री प्रदीप यादवले मन्त्रालय र खानेपानी तथा ढल निकास व्यवस्थापन विभागमा छड्के नुगमन गरेका छन् ।
नेपाल सरकारले प्रदान गरेको दसैँ बिदा सकिएसँगै सरकारी कार्यालय खुलेको दुई दिन हुँदा समेत विभिन्न कार्यालयहरूमा कर्मचारीहरू उपस्थित नभएको गुनासोपछि मन्त्री यादवले बुधवार मन्त्रालय एवं विभागका सम्पूर्ण शाखाहरूमा छड्के अनुगमन गरेका हुन् ।
अनुगमनका क्रममा खानेपानी मन्त्रालयमा ११ जना र खानेपानी तथा ढल निकास व्यवस्थापन विभागमा दुई जना गरी १३ जना बिना सूचना गैर हाजिर भएको पाइएको छ।

नेपाली नागरिकको सार्वभौम अधिकार रक्षाकालागि नेपालप्रहरीले निष्ठापूर्ण योगदान गरेको छ  गृहमन्त्री लेखक

काठमाडौँ , गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी सङ्गठन सुदृढीकरण गर्न विद्यमान कानुनी व्यवस्थालाई प्रतिस्थापन गरी नयाँ ऐनको मस्यौदा तर्जुमा गरी आवश्यक प्रकृया अघि बढाएको बताएका छन्।
६९औँ प्रहरी दिवसका अवसरमा आज यहाँ आयोजित समारोहमा गृहमन्त्री लेखकले उक्त विधेयकले कानुनी मान्यता प्राप्त गरेपश्चात नेपाल प्रहरीको वृहत्तर हित, प्रहरी कर्मचारीको वृत्ति विकास र सङ्गठनको जिम्मेवारी तथा कर्तव्यका नयाँ आयामहरू पहिचान हुनेविश्वास व्यक्त गरे।
नेपाल प्रहरी एउटा जीवन्त सङ्गठन भएको उल्लेख गर्दै गृहमन्त्री लेखकले नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता तथा स्वाधीनतालाई अक्षुण्ण राख्दै नागरिकको सार्वभौम अधिकारको रक्षाका लागि नेपाल प्रहरीले निष्ठापूर्ण योगदान गरेको बताए।
राष्ट्रसेवामा नेपाल प्रहरीका पदचापहरूले बाटो नबिराउने र कहीँ कतै नसुस्ताउनेमा आफू विश्वस्त रहेको उनको भनाइ थियो।

गृह प्रशासनको पुरानो र लामो अनुभवी संस्था नेपाल प्रहरी रहेको उल्लेख गर्दै गृहमन्त्री लेखकले यस सङ्गठनको भूमिका र कार्यशैलीले नेपालको आन्तरिक सुरक्षा मजबुत बनाएको बताए।
“स्थापनाकालदेखि विविध प्रकृतिका घटनाक्रमका तीतामिठा अनुभव र अनुभूति प्रहरी सङ्गठनसँग रहेका छन्”, उनले भने, “तत्कालीन सशस्त्र द्वन्द्वको समयमा अग्र भागमा नेपाल प्रहरी रहेको थियो, नेपालमा विभिन्न समयमा भएका राजनीतिक परिवर्तनका आन्दोलनलाई शाीन्तपूर्वक व्यवस्थापन गर्न यो सङ्गठन अग्रभागमा रहेको इतिहास हामीसामु छ।”
“हरेक कालखण्डमा नेपाल प्रहरीले कर्तव्यबोधका साथ जुन जिम्मेवारी निर्वाह गरी आएको छ, ती योगदानहरू ज्यादै नै प्रशंसनीय छन्। अनुभवी, सबल र सक्षम नेपाल प्रहरीले जुनसुकै सुरक्षा चुनौतीलाई सहजरुपमा सम्बोधन गर्न सफल हुनेविश्वास छ”, उनले भने।

एमाले मुख्यालय बनाउन मीन बहादुर गरुङले गरेको सहयकोगले उत्पन्न विवादको जवाफ एमाले अध्यक्ष ओलीले दिनु पर्छ ः महामन्त्री विश्वप्रकाश शर्मा

काठमाडौँ, कांग्रेस महाँमन्त्री विश्वप्रकास शर्मालेसत्ता साझेदार नेकपा एमालेको मुख्यालयका लागि व्यवसायी मीनबहादुर गुरुङले १ अर्बभन्दा बढीको जग्गादान दिँदै कार्यालय भवनसमेत बनाइदिने भएपछि यसमाथि आशंका व्यक्त र विरोध समेत गर्दै जवाफ प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले दिनुपर्ने माग गरेका छन्।
‘एमाले पार्टीको केन्द्रीय कार्यालय निर्माण गर्न एकजना सुपरिचित व्यवसायीले १ अर्ब रुपैयाँभन्दा बढी पर्ने जग्गा खरिद गरिदिनुभएको अनि भवन पनि उहाँले नै निर्माण गरिदिने भन्ने घोषणा गर्नुभएको विषय अहिले निकै बहस, चर्चामा, विवादमा परेको छ‚’ उनले भने, ‘यति ठूलो रकमको विषय आउँदा स्वाभाविक रुपमा यसको जवाफ दिनुपर्ने दायित्व एमाले पार्टीकै हो र सम्माननीय प्रधानमन्त्रीज्यूको हो। मैले सोध्नुपर्ने यति मात्रै छ कि स्वयं सम्माननीय प्रधानमन्त्री उपस्थित भएर उहाँको दलले जग्गा, भवन पनि लिने तयारी गरेर जे प्रश्न उब्जिएको छ त्यसले उहाँको दललाई मात्रै होइन, राजनीतिप्रति प्रश्न उब्जिएको छ‚ कस्तो राजनीति हामी बनाउन चाहन्छौँ ?
उनले पार्टी कार्यालय निर्माणका लागि ठूलो रकमको विषय आउँदा स्वाभाविक रुपमा एमाले, एमाले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र व्यवसायी गुरुङले जवाफ दिनुपर्ने दायित्व रहेको बताए। प्रधानमन्त्री स्वयं उपस्थित भइ एमालेले जग्गा र भवन पनि बनाइदिने गरी भएको घोषणामा प्रश्न उठेको उनले बताए।
उनले यो प्रश्न नेकपा एमालेलाई मात्रै नभइ राजनीतिमाथि प्रश्न उब्जिएको बताए।
व्यवसायीहरुले राजनीतिक दलहरुलाई सानो सहयोग गर्नु राम्रो भए पनि १ अर्बभन्दा बढीको सहयोगले गम्भीर आशंका पैदा गरेको उल्लेख गरे। उनले राजनीतिक दल र निजी क्षेत्रबीचको सम्बन्धको सिमानाबारे सोच्नैपर्ने अवस्था देखिएको बताए।
आफ्नो दलको कार्यालय आफ्नै पार्टीका नेतारकार्यकर्ता मिलेर बनाउनुपर्ने बताए। राजनीतिक दलले पार्टी कार्यालय पार्टीको परिवारबाट बनाउँदा नै बढी अपनत्व हुने उनले उल्लेख गरे।
महामन्त्री शर्माले सबैको मन गाँसेर र साथमा लिएर बनाउन सुझाव दिए। उनले प्रधानमन्त्री ओलीले नागरिक पंक्तिलाई यसबारेमा स्पष्ट पार्न जरुरी रहेको बताए।दशैँको नवमीको दिन एमालेको नयाँ केन्द्रीय कार्यालयको शिलान्यास प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेका थिए।
एमालेको पार्टी कार्यालयका लागि १० रोपनी १४ आना जग्गा दान गरेका गुरुङले भवन निर्माण गर्ने जिम्मेवारीसमेत लिएका छन्।
पार्टी कार्यालय निर्माणमा व्यवसायीको दान लिएपछि एमालेका नेतारकार्यकर्ताहरुले नै नेतृत्वको विरोध गरेका छन्। अधिकांशले जग्गा फिर्ता गर्न र आफैँ पार्टी कार्यालय निर्माण गर्न आग्रह गरेका छन्।

 

यस्तो छ आजका लागि नेपालराष्ट्रबैंकले तोकेको विदेशी मुद्राको विनिमय दरः

काठमाण्डौ, नेपालराष्ट्र लेबैकले आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ १७ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ७७ पैसा निर्धारण गरिएको छ ।
युरोपियन युरो एकको खरिददर एक सय ४६ रुपैयाँ २४ पैसा र बिक्रीदर एक सय ४६ रुपैयाँ ८९ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७५ रुपैयाँ ५० पैसा र बिक्रीदर एक सय ७६ रुपैयाँ २९ पैसा तोकिएको छ । स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५५ रुपैयाँ ६२ पैसा र बिक्रीदर एक सय ५६ रुपैयाँ ३२ पैसा कायम गरिएको छ ।
त्यसैगरी
अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ५ पैसा र बिक्रीदर ९० रुपैयाँ ४५ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ १२ पैसा र बिक्रीदर ९७ रुपैयाँ ४५ पैसा तोकिएको छ । सिङ्गापुर डलर एकको खरिददर एक सय दुई रुपैयाँ ४९ पैसा र बिक्रीदर एक सय दुई रुपैयाँ ९५ पैसा निर्धारण गरिएको छ ।
त्यसै गरीजापानी येन १० को खरिददर ८ रुपैयाँ ९९ पैसा र बिक्रीदर नौ रुपैयाँ ३ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८५ पैसा र बिक्रीदर १८ रुपैयाँ ९३ पैसा कायम गरिएको छ ।
त्यसै गरी
साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९० पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ८० पैसा र बिक्रीदर ३६ रुपैयाँ ९६ पैसा तोकिएको छ । त्यसैगरी
थाई भाट एकको खरिददर ४ रुपैयाँ २ पैसा र बिक्रीदर चार रुपैयाँ ४ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६९ पैसा निर्धारण गरिएको छ ।
मलेसियन रिङ्गेट एकको खरिददर ३ १ रुपैयाँ १३ पैसा र बिक्रीदर ३१ रुपैयाँ २७ पैसा कायम छ ।
साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ८६ पैसा र बिक्रीदर ९ रुपैयाँ ९१ पैसा, स्विडिस क्रोनर एकको खरिददार १२ रुपैयाँ ९२ पैसा र बिक्रीदर १२ रुपैया ९८ पैसा कायम गरिएको छ । डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ६० पैसा र बिक्रीदर १९ रुपैयाँ ६९ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ २७ पैसा र बिक्रीदर १७ रुपैयाँ ३५ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३७ रुपैयाँ ४५ पैसा र बिक्रीदर चार सय ३९ रुपैयाँ ४१ पैसा निर्धारण गरेको छ ।
बहराइन दिनार एकको खरिददर तीन सय ५५ रुपैयाँ ८८ पैसा र बिक्रीदर तीन सय ५७ रुपैयाँ ४७ पैसा तोकेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा कायम गरेको छ ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने बैकलेजनाइएको छ ।

सुदामा ताजा समाचार

पत्रकार महासंघको निर्वाचन मंसिर २८ मा

काठमाडौं । पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि आगामी मंसिर २८ गते निर्वाचन हुने भएको छ । विभिन्न आन्तरिक कारणले...

राप्रपा महामन्त्री राणा चाडै सक्रिय हुने

सनत गिरी, काठमाडौं । क्यान्सर देखिएपछि भारतमा शल्यक्रिया गराएर राप्रपाका महामन्त्री धवलशमशेर राणा डिस्चार्ज भएका छन् । डिस्चार्जपछि उनी हाल भारतको मुम्बईमै स्वास्थ्यलाभ गरिरहेको राप्रपा...

दलहरुले यो विपद्मा न त चियापान नै गरे, न त बाढीपीडिहरुलाई...

सनत गिरी – काठमाडौं । यतिबेला देश दशैं र तिहारको माहोलमा छ । गरिबले जसो तसो दशैं मनाए, तिहार उनीहरुको कस्तो हुन्छ थाहा छैन...

संक्रमणकालीन न्याय सम्बन्धमा प्रमुख दलबीच सहमति

काठमाडौं । यतिबेला चर्चामा रहेकोसंक्रमणकालीन न्याय सम्पादनलाई निष्कर्षमा पु¥याउन प्रमुख तीन दलहरु सहमत भएका छन् । सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग...

बीपी राजमार्गमा यात्रुले पाएको सास्ती

जी आचार्य गत असोज दोस्रो साता आएको अविरल वर्षाले अधिराज्यभर सामान्यदेखि मध्यमसम्मको क्षति पुर्याए पनि बीपी राजमार्गमा भने ठूलै क्षति पुर्याएको छ । यसै क्षतिका...