Page 3

मकवानपुरको मनहरीमा नौ जना खेलाडी घाईते, दुइ जनाको अवस्था चिन्ताजनक

काठमाडौं । दशैं तिहारको समयमा आयोजना गरिएको मैत्रीपूर्ण फुटबल खेलको क्रममा झडप हुँदा मकवानपुर मनहरीमा नौ जना खेलाडी घाइते भएका छन् ।
घाइते मध्ये दुइ जनाको अवस्था चिन्ताजनक रहेकोछ । यही असोज २८ गते सोमबार मनहरी गाउँपापलिका वडा नं २ र ३ का फुटबल टोलीका बीचमा वडा नं ३ स्थित सिद्धकालीको चौरमा फुटबल खेल आयोजना गरिएको थियो । सो खेलको क्रममा विवाद उत्पन्न भएपछि आयोजक पक्षले विपक्षी टोलीमाथि निर्धात कुटपिट गरेको हो ।
कुटाइबाटनौ जना घाइते भएका छन् । घाइते मध्ये २१ बर्षिय सुरेन्द्र घलान र १९ बर्षिय सुजन जिम्माको हेटौडास्थित चुरेहिल अस्पतालको आईसियुमा उपचार भइरहेको छ । उनीहरुको टाउकोमा गम्भिर चोट लागेको छ ।
घटनामा कुटाई खाएका खेलाडी पाल्टेन मोक्तानका अनुसार स्थानीय गाउँहरुले वडा नं २ का खेलाडीहरुलाई एक घण्टासम्म लखेटी–लखेटी कुटपिट गरेका थिए । दोहोरो झडप सुरुमा सामान्य भएपनि पछि सिंगो गाउँले उठाएर खेलाडीमाथि कुटपिट गरेका थिए ।
घटनामा निखिल गौंङ्वा, विराज गौङ्वा, आकाश मोक्तान क, आकाश मोत्तान ख, रञ्जित थिङ, सोनम मोक्तान, पाल्टेन मोक्तानसहित ९ जना घाइते भएका छन् । अन्यको जनरल वार्डमा उपचार भइरहेको छ
घटनाको सुरुमा कांग्रेस नेता बलराम चेपाङका छोरा अरुण चेपाङ र सरोज चेपाङसँग विवाद भएको थियो । लगत्तै उनका बुवा बलरामले गाउँले उठाएर कुटपिट गरेको पीडितहरुको आरोप छ ।
घाइते खेलाडीका अनुसार बलराम चेपाङका दुई जना छोराहरु अरुण चेपाङ तथा सरोज चेपाङ, स्थानीय रोहित गौंङ्वा, रविन घलान, जोखे चेपाङ्, भिमसेन चेपाङ्, धने गौंङ्वा, दोर्जे गौंङ्वा नाम गरेका युवाहरुले हतियारसहित आक्रमण गरेका थिए ।
यतिठूलो घटनामा जिल्ला प्रहरी कार्यालय मकवानपुरले खासै चासो नदिएको पीडितहरुको गुनासो छ ।

 

 

डेङ्गु संक्रमण तिब्ररुपमा फैलिदै, हाल सम्म डेङगुले नौ जनाको ज्यान लियो

काठमाडौं , पछिल्लो समय देशभरका ७६ वटै जिल्लामा डेङ्गु सङ्क्रमण तीव्ररूपमा फैलिरहेको छ। ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ईडीसीडीको पछिल्लो तथ्याङ्क अनुसार डेङ्गु सङ्क्रमितको सङ्ख्या १९ हजार पाँच ९९ पुगेको छ। डेङ्गु सङ्क्रमणबाट हालसम्म नौजनाले ज्यान गुमाइसकेका छन्।
डेङ्गु सङ्क्रमण मुलुकका ७६ जिल्लासम्म फैलिएको महाशाखाले जनाएको छ। डेङ्गु सङ्क्रमण सबैभन्दा बढी काठमाडौँमा फैलिएको छ। काठमाडौँमा डेङ्गु सङ्क्रमणबाट हालसम्म तीन हजार १०३ जना प्रभावित बनेका छन्। यस्तै कास्कीमा दुई हजार ८४७ जनामा डेङ्गु सङ्क्रमण देखिएको छ। यस्तै तनहुँमा दुई हजार १०७, पर्वतमा एक हजार ५६२, चितवनमा ९७१, ललितपुरमा ८२७, गोरखामा ५८८, बाग्लुङमा ६१०, भक्तपुरमा ३५५ तथा स्याङ्जामा ३३५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भइसकेको महाशाखाले जनाएको छ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका रिसर्च युनिटका संयोजक तथा सङ्क्रामक रोग विशेषज्ञ डा शेरबहादुर पुन भन्छन्, ‘पोष्ट मनसुन शुरु हुँदा डेङ्गुको जोखिम बढ्ने सम्भावना हुन्छ। दशैँलगत्तै अस्पताल आउने डेङ्गुका बिरामी बढिरहेका छन्। समुदायमा डेङ्गु सङ्क्रमण फैलिएको देखिन्छ।
२०८० को पुस मसान्तसम्म देशभर झण्डै ५२ हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण पुष्टि भएकोमा २० जनाको मृत्यु भएको थियो।
डेङ्गु एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको कीटजन्य रोग हो। लामखुट्टेको टोकाइबाट बच्न पूरा शरीर ढाक्ने कपडा लगाउने, खाल्डाखुल्डी पुर्ने, खानेपानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने, खाली भाँडाकुँडा घोप्ट्याएर राख्ने, पानीको ट्याङ्की पूरै खाली गरेर सफा गरिरहने, सुत्ने बेला झुलको प्रयोग गर्नु पर्ने सरुवा रोग अहाँशाखाले सुझाव दिएको छ ।

 

बिहीबार अपरान्ह पछि कोजाग्रत पूर्णिमा सकिने हुँदा आजै कोजाग्रत पूर्णिमा मनाईदै

काठमाडौं , तिथिका हिसाबले पूर्णिमा बिहीबार भए पनि कोजाग्रत पूर्णिमा आज बुधबार मनाइँदैछ।
पञ्चाङ्ग निर्णायक विकास समितिकाअनुसार बुधबार बिहान सूर्योदय चतुर्दशीको छ, जुन ३४ घडी १७ पला अर्थात् साँझ ७ बजेर ४८ बजेसम्म रहन्छ। त्यसपछि पूर्णिमा तिथि लाग्छ। बिहीबार २८ घडी १४ पला अर्थात् अपराह्न ५ बजेर २३ मिनेटसम्म पूर्णिमा रहन्छ।
बिहीबार अपराह्नपछि पूर्णिमा तिथि नभएकाले बुधबार नै कोजाग्रत पूर्णिमा मनाउन निर्देश गरेको समितिका अध्यक्ष प्रा.श्रीकृष्ण अधिकारीले बताए।
कोजाग्रत पूर्णिमामा दिनभर उपवास बसी रात्रिमा धनधान्यकी देवी लक्ष्मीको आराधना गर्ने परम्परा छ। रातभर जाग्राम बसी देवी लक्ष्मीको पूजाअर्चना गर्ने विधि उल्लेख छ।
नेपाली सनातन समाजमा विजयादशमीदेखि शुरु भएको टीका जमरा लगाउने क्रम पूर्णिमाकै दिन सकिन्छ। कोजाग्रत पूर्णिमाका दिन बिहान जमरा विसर्जन गर्ने परम्परा पनि छ। तर यो वर्ष दिनभर पूर्णिमा तिथि रहेकाले बिहीबार पनि टीका लगाउन सकिने बताइएको छ।
वैदिक कालगणनाका अनुयायीले भने तिथि नटुट्ने मान्यताअनुरूप बिहीबार नै कोजाग्रत पूर्णिमाको विधि गर्दैछन्।

लेबनानमा शान्ति सेनामाथि भएको आक्रमणप्रति नेपालले गर्‍यो सामाजिक सञ्जालमार्फ निन्दा

काठमाडौं, लेबनानमा शान्ति सैनिकमाथि इजरायलले हालै गरेको आक्रमणको नेपालले भर्त्सना गरेको छ। मंगलबार बिहान सामाजिक सञ्जालमा लेख्दै परराष्ट्र मन्त्रालयले आक्रमणको निन्दा गर्दै घटनाको जाँच गर्न र सुरक्षाको प्रत्याभूति दिलाउन आग्रह गरेको छ ।
‘नेपाल संयुक्त राष्ट्रसंघको अन्तरिम बल यूएनआईएफआईएल का शान्ति सैनिकमाथि हालै भएको आक्रमणको कडा निन्दा गर्छ’, मन्त्रालयले लेखेको छ,
राष्ट्रसंघका अनुसार दक्षिणी लेबनानमा रहेको शान्ति मिसनको आधार शिविरमा इजरायली सेना जबर्जस्ती प्रवेश गरेका थिए। भोलिपल्ट इजरायली सेनाले हिजबुल्लाहलक्षित आक्रमण गर्दा ६ जना शान्ति सैनिक घाइते भएका थिए।
लेबनानमा नेपाली सैनिक पनि संयुक्त राष्ट्र संघको शान्ति सेनाको रूपमा खटिँदै आएका छन्।
यसअघि संयुक्त राष्ट्रसंघको शान्ति सेनामा योगदान दिने नेपालसहित ३३ देशले सोमबार संयुक्त विज्ञप्ति निकालेर इजरायली सेनाबाट भएको आक्रमणको निन्दा गरिसकेका छन्।

कीर्तिमानी पर्वतारोही टोलीको काठमाडौं ,विमानस्थलमा भब्य स्वागत

काठमाडौं । कीर्तिमानी पर्वतारोही दावा याङजुम शेर्पासहितको टोली काठमाडौं उत्रिएपछि सो टोलीको विमान स्थलमा भव्य स्वागत गरिएको छ ।
शेर्पा विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ हिमालको सफल आरोहण गर्ने पहिलो नेपाली महिला बनेकी छिन् ।
३३ वर्षीया शेर्पाको टोलीले हालै तिब्बतस्थित ८ हजार २७ मिटर अग्लो शिशपाङ्मा हिमालको सफल आरोहण गरेर कीर्तिमान बनाएका थिए ।

उनीसहित निमा रिन्जि शेर्पा, मिङमा ग्याल्जी शेर्पा, निर्मल पुर्जा, तेजन गुरुङ, पासाङ तेन्जी शेर्पा, दावा ग्याल्जी शेर्पा, पासाङ नोर्बु शेर्पा र मिङमीतेम्बा शेर्पालाई त्रिभुवन विमानस्थलमा बाजागाजासहित स्वागत गरिएको थियो ।
सोमबार काठमाडौं फर्किएको टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल माउन्टेनियरिङ एसोसिएसनका पदाधिकारी, सदस्य एवम शुभेच्छुकहरुले स्वागत गरेका हुन् ।

६९औं प्रहरी दिवसको अवसरमा गृह मन्त्री लेखकले भने,“संघीय संदको आगामी अधिवेशनबाट प्रहरी संबन्धी विधेयक पारित गर्ने लक्षरहेको छ ”

काठमाडौं । गृहमन्त्री रमेश लेखकले संघीय संसदको आगामी अधिवेशनबाट प्रहरी सम्बन्धी विधेयक पारित गर्ने लक्ष्य रहेको बताएका छन् ।
६९ औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालय नक्सालमा मंगलबार आयोजित श्रद्धाञ्जली कार्यक्रममा उनले प्रहरी संगठनको वृहत्तर हित र उन्नतिका लागि आफू प्रतिबद्ध रहेको बताए ।
‘गृह मन्त्रालयले प्रहरी ऐन, २०१२ लाई प्रतिस्थापन गरी नेपाल प्रहरीको सुदृढीकरण गरी सेवाको विशिष्टिकरण, प्रहरी कर्मचारीको हित र कल्याणका नयाँ र उत्कृष्ट प्रावधानहरू पहिचान गरी विधेयकमा समाविष्ट गरिएको छ,’ उनले भने, ‘गृह मन्त्रालयले यसलाई छिटो भन्दा छिटो प्रतिनिधि सभा समक्ष पेश गर्ने लक्ष्य राखेको छ ।
प्रस्तावित विधेयकले ऐनको हैसियत प्राप्त गरे पश्चात नेपाल प्रहरीको वृहत्तर हित र बर्षौ बर्ष देखीका हाम्रा अपेक्षाहरू पुरा हुने विश्वास मैले राखेको छु ।’ कार्यक्रममा गृहमन्त्री लेखकले कर्तव्य पालनका क्रममा मृत्युवरण गर्नु भएका र घाइते भएका प्रहरी कर्मचारीहरुको योगदानको उच्च मूल्याङ्कन गर्नु पर्ने बताए ।
सुरक्षा निकायको कमी कमजोरीले सरकारले नै आलोचना व्यहोर्नुपर्ने भएकाले थप सतर्कताका साथ काम गर्न गृहमन्त्री लेखकले निर्देशन पनि दिए । ‘नेपाल प्रहरीसहितका सुरक्षा निकायहरुले परिश्रमका साथ आफ्नो कर्तव्य निर्वाह गरी रहेका छन् ।
कहिले कही सुरक्षा निकायबाट हुने कमी कमजोरीका कारण नागरिकबाट ठूलो आलोचना हुन्छ र मन्त्री वा सरकारले आलोचना बोक्नुपर्ने अवस्था सिर्जना हुन्छ । तसर्थ थप सचेतना, सतर्कता र व्यवसायिकताका साथ काम गर्न म निर्देशन गर्दछु ,’ उनले भने ।
२०१२ सालमा स्थापना भएको नेपाल प्रहरी अहिले मुलुकको अपरिहार्य र महत्वपूर्ण संस्थाका रूपमा स्थापित भइसकेको उनको भनाइ छ । ‘आम नागरिकको सारथि र जीवनदेखी मरणसम्मको सहयात्री हुन सफल भएको छ । यो महत्वपूर्ण उपलब्धि र आम विश्वास प्रति गौरवबोध गर्दछु। यस अवसरमा नेपाल प्रहरी परिवारलाई हार्दिक बधाई छ,’ उनले भने ।

राज्यको नागरिकसँग सम्पर्क सुत्र नै प्रहरी भएको भन्दै नेपाल प्रहरीको संस्थागत हित र दिगो उन्नतीका लागि आफ्नो भूमिका सदैव सहयोगी रहने बिश्वास गृहमन्त्री लेखकले विश्वास दिलाए । मुलुक भर महिला तथा बाल–बालिकामाथि हुने हिंसा, कसुरजन्य कार्य, भेदभाव छुवाछुत लगायतका अपराधिक कार्यमा संलग्नलाई शून्य सहनशीलताको नीति लिएर कानूनको दायरामा ल्याउन गृहमन्त्री लेखकले प्रहरीलाई निर्देशन दिए ।

 

यस्तो छ आजका लागि नेपालराष्ट्रबैकले तोकेको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २० पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८० पैसा निर्धारण गरिएको छ । पछिल्लो तीन दिनयता अमेरिकी डलरस्थिर रहेको छ ।
आइतबार पनि अमेरिकी डलरको मूल्य समान थियो । अमेरिकी डलर, जापानी येन, युएई दिराम र हङकङ डलरको मूल्यमा भने आइतबार र सोमबार कुनै परिवर्तन भएन अर्थात समान मूल्य रहेको छ ।
युरोपियन युरो एकको खरिददर एक सय ४६ रुपैयाँ ४९ पैसा र बिक्रीदर एक सय ४७ रुपैयाँ १४ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७५ रुपैयाँ ०८ पैसा र बिक्रीदर एक सय ४७ रुपैयाँ १४ पैसा कायम गरिएको छ । स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५५ रुपैयाँ ६५ पैसा र बिक्रीदर एक सय ५६ रुपैयाँ ३४ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ १२ पैसा र बिक्रीदर ९० रुपैयाँ ५२ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ २८ पैसा र बिक्रीदर ९७ रुपैयाँ ७१ पैसा कायम गरिएको छ । सिङ्गापुर डलर एकको खरिददर एक सय दुई रुपैयाँ ६३ पैसा र बिक्रीदर एक सय तीन रुपैयाँ ९ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर आठ रुपैयाँ ९७ पैसा र बिक्रीदर नौ रुपैयाँ १ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ९४ पैसा र बिक्रीदर १९ रुपैयाँ ०३ पैसा निर्धारण गरिएको छ ।

साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९० पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९७ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ३ पैसा र बिक्रीदर चार रुपैयाँ ५ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७० पैसा तोकिएको छ । मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ २५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३९ पैसा कायम छ ।

साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ८७ पैसा र बिक्रीदर नौ रुपैयाँ ९१ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ८७ पैसा र बिक्रीदर १२ रुपैयाँ ९३ पैसा कायम गरिएको छ । डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ६३ पैसा र बिक्रीदर १९ रुपैयाँ ७२ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ २ड पैसा र बिक्रीदर १७ रुपैयाँ ३६ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३७ रुपैयाँ ४९ पैसा र बिक्रीदर चार सय ३९ रुपैयाँ ४९ पैसा कायम गरिएको छ । बहराइन दिनार एकको खरिददर तीन सय ५५ रुपैयाँ ९७ पैसा र बिक्रीदर तीन सय ५७ रुपैयाँ ५६ पैसा तोकेको छ ।

भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

अवैज्ञानिक विकासले निम्त्याएको विनाश

उद्धव सिलवाल
दुई दिनको अविरल वर्षाले राजधानीलगायत देशभरमा ठूलो क्षति पुर्‍याएको छ। अनियन्त्रित वर्षाका कारण उत्पन्न बाढीपहिरो र डुबानका कारण मुलुकमा ठूलो मानवीय क्षति पुगेको छ। बाढीपहिरो र डुबानबाट मानवीय क्षतिसँगै सडक, पुल, विद्युत् लगायतका संरचनामा ठूलो क्षति पुगेको छ।
आँखैअगाडि मृत्युको मुखमा पुग्दा देखिएको कारुणिक अवस्थामा समेत निरुपाय भई लाचार बन्नुपर्ने अवस्थाले हामी सबैलाई निशब्द तुल्याएको छ।
प्रकृतिको विनाशबाट जोगिन प्राणको भिख मागेका आम नागरिकको जीवनलाई जोगाउन कसैले भरोसासम्म दिन सकेनन्। कतै पहिरोले किचिएर, कतै बाढीमा हेलिएर त कतै डुबेर ठूलो संख्यामा जनधनको क्षति हुँदा पनि राज्यका सहयोगी हातहरूले तत्कालीन अवस्थामा कुनै भरोसा दिन नसक्नु हामी सबैको लागि सबैभन्दा दुखद विषय बन्न पुगेको छ।

मनसुन सुरु भएसँगै पहाडमा बाढीपहिरो र तराईमा डुबानको समस्या हुन्छ भन्ने राज्यलाई थाहा भएकै विषय हो। तर त्यहाँ भएका समस्याहरूको समाधानमा भने कुनै उपाय नै नअपनाउने परिपाटी आज पनि आम नागरिकको लागि ठूलो बाधक तत्व बनेको छ। विकासको नाममा भूमाफिया र जलमाफियाको रजगजले खोला नाला घरभित्र पसेको नभई ठूला घर र भवनहरु नदी, नाला र खोलाले ओगटेको जमिनमा बनेको कारण कारण अहिलेको अवस्था आएको हो। खोला, नालाले आफ्नो बाटो आफैँ बनाउँदा विनासको रूप लिएको देखिन्छ। यस्तो अवस्थाको विजारोपाण गर्ने कार्यमा राजनीतिक नेतृत्वकै बढी संरक्षण रहेको आभास सबैले गरेका छन्।

यी सबै धन आर्जनको लागि गरिएको कार्य हो। धनलाई जीवनको साधनको रुपमा लिइने गरिन्छ। धन आर्जनमा अहिले सबै केन्द्रित रहने गरेका छन्। वास्तवमा धन भनेको साधन हो साध्य होइन। धन मानिसका लागि हो। मानिस धनका लागि होइन। धनका लागि मानिस क्रूर बनेका छन्। धनको प्रलोभनमा मानिस जे पनि गर्न तयार हुने गर्छन्।
धनकै लागि राज्य संयन्त्र पनि सुशासन र अनुशासनमा चुकेको छ। धन आर्जनको लागि सार्वजनिक संयन्त्रहरूमा बेरुजुको चाङ बढेको देखिन्छ। सोही कारण भ्रष्टाचारका घटनाहरु दिनहुँ सार्वजनिक हुने गरेका छन्।

मति बिग्रेपछि गति पनि ठीक हुन्न भन्ने उक्ति हाम्रोमा रहेको छ। राजनीतिमा बस्नेदेखि कर्मचारी संयन्त्रमा रहेको हरेक जसो व्यक्ति पैसाका लागि जस्तोसुकै काम गर्न तयार हुने परिपाटीको कारण अहिलेको अवस्था आइपुगेको हो। धन केही होइन भन्ने होइन। धन केही हो। धेरै साध्यका लागि आवश्यक साधनको रुपमा धन रहन्छ। सभ्यताको वृद्धि र विकासको मार्ग निर्माणकको रूपमा धनलाई लिइने गरिन्छ। उचित ढंगले उचित मात्रामा पिए धन अमृत हुन्छ। अन्यथा यो विषमा पनि रुपान्तरण हुन सक्छ।
धनको कुलत र धमिरालाई एकै ठाउँमा राख्न सकिन्छ। धमिराले भित्र भित्रै काठलाई खोक्रो बनाइसकेको कसैलाई थाहै हुँदैन। धन पनि त्यस्तै धमिरा जस्तो हो। जस्ले व्यक्तिको सद्बुद्धि र आदर्शलाई खोक्रो बनाएको आफैँलाई थाहा हुँदैन। नशा बनिसकेको धनाआर्जनको लत हेरोइन, कोकिनको नशा, मदिराको लत, व्यभिचारको कुलतभन्दा पनि अधिक चर्को हुने गर्छ। धनार्जनको इच्छाका अगाडि इमान, जमान, आफन्त, इष्टमित्र, साथीभाइ सवै चिनी बिनाको चिया जस्तो फिका हुने गर्छन्।
यस्तो अवस्थामा माथि उल्लेख गरेजस्तो धन आर्जनको लागि भूमाफिया र जलमाफियासँगको सानिध्याले हुने कार्यले विनास बाहेक अरु ल्याउन सक्दैन। प्राकृतिक रूपमा नेपालको भौगर्भिक बनोट कमजोर छ। जलवायु परिवर्तन, अव्यवस्थित पूर्वाधार विकास लगायतका विविध कारणले प्राकृतिक तथा गैरप्राकृतिक विपद्को अत्यधिक जोखिममा रहेका मुलुकमध्ये नेपाल पनि एक हो। देशको अवस्था सडक र यातायातको विकासले मापन गरेको हुन्छ। तर, पहाडी इलाकामा निर्माणाधीन तथा निर्मित सडकले बाढिपहिरोको जोखिमलाई प्रवद्र्धन गरेको देखिन्छ। बाटोघाटो विकासको माध्यम हुन्। बिडम्बना यी सडकहरूले विकासभन्दा विनाशलाई निम्त्याई रहेका छन्। जनताका ज्यान भलले बगाएर, माटोले पुरेर ल्याइएको विकासलाई विनाशबाहेक अरू भन्न सकिँदैन।

पानी पर्दा हिलो, घाम लाग्दा धुलो र मापदण्ड मिचेर खोलाछेउमा बनेका संरचनाको कारण सडक एम्वुस जस्तो बनेको लामो सयम भइसकेको छ। शहरलाई व्यवस्थित र सभ्य बनाउन नसक्दा दुई दिनको वर्षाले मात्रै कल्पना गरेभन्दा ठूलो क्षति पुग्यो। शहरलाई सम्भ्यताको प्रतिकको रुपमा लिइन्छ। तर अहिलेको शहरले जीवनलाई सुखभन्दा पनि दुःख र कष्ट थपेको आभास हुन थालेको छ। पानी पर्दा सडक खोलामा परिणत हुने कार्य विकासको नाममा झांगिएको कमिशनले निम्त्याएको विकृतिको नांगो रूप हो।
विकास, विनाश र विकृतिले असमानतलाई बढवा दिने गरेको छ। अघाएको पेटलाई भोक थाहा नभए जस्तै नेतृत्वले विकासमा सम्झौता गर्दा खोला नाला खुम्चिन थालेको कारण ठूलो जन धनको क्षति पुगेको हो। विकास र समृद्धिका लागि नेपालमा प्रशस्त सम्भावना र अवसरहरू छन्। अपार जलस्रोत छ। पर्यटनको सम्भावना अत्यधिक छ। अर्थतन्त्रका सरोकारवालादेखि अर्थतन्त्रसँग चासो राख्ने सबैले आर्थिक विकासको मुद्दालाई उठाउने गर्छन्। राजनीतिक दलका नेताहरूले पनि अब आर्थिक क्रान्तिको पालो भन्ने गरेका छन्। तर, आवधिक योजनाले लिएको लक्ष्य र उद्देश्य पूरा गर्न तथा हरेक वर्ष सरकारले नीति तथा कार्यक्रममार्फत सार्वजनिक गर्ने कार्यक्रम भने कार्यान्व्यन हुन सकेको छैन। लगानी गर्न सके मात्रै उत्पादकत्व बढ्ने हो। लगानीको वातावण अझै बन्न सकेको देखिँदैन।
विदेशी लगानी नभित्रिएसम्म देशको विकासले गति लिनसक्ने अवस्था आउँदैन। जबसम्म विदेशी लगानी भित्रिँदैन तबसम्म देशको विकासले अपेक्षाकृत फड्को मार्न सक्दैन। नेपालको अन्तर्राराष्ट्रिय श्रम सम्बन्ध कमजोर रहेको छ। औद्योगिक पूर्वाधारको काम कछुवा गतिमा अघि बढिरहेको छ। ऊर्जा संकट अझै हट्न सकेको छैन। औद्योगिक क्षेत्रमा अझै पनि अघोषित लोडसेडिङ भइरहेको छ।
लगानीमैत्री वातावरणको सिर्जना गरी स्वदेशी एवं विदेशी पुँजी, प्रविधि, सीप हस्तान्तरण हुन सक्ने वातावरण तय भएको छैन। अर्थतन्त्रका सूचकहरु सन्तोषजनक छैनन्। सत्ता राजनीतिमा कर्मचारीदेखि राजनीतिक दलका नेता र उनका आसेपासेले आफैँ डाडु पन्यु चलाइरहेका छन्। आफ्ना बफादारमार्फत सम्पत्ति आर्जन गर्नु उनीहरुको ध्येय रहेको छ। यही सम्पत्ति आर्जनको कारण खोला नाला अतिक्रमको चपेटामा परेका हुन्।
विकास र समृद्धि नेता एवं कर्मचारीका लागि मात्र होइन। यो त आमजनताका लागि हो। खासगरी भौतिक र आर्थिक विकासलाई समृद्धि भनिन्छ। कुनै समाज वा मुलुकमा आर्थिक, सामाजिक, भौतिकसँगै नागरिकको जीवनस्तर, खुसी र सुखको स्तरलाई समृद्धिले मापन गर्ने गर्छ। राज्य संयन्त्रले वैज्ञानिक विकासको कार्यलाई अघि बढाउन नसकको कारण विकासको नाममा विनास निम्तिएको हो। आज देशमा दुई दिन वर्षा हुनासाथ ठूलो धन जनको क्षति भएको यथार्थलाई आत्साथ गर्दै भोलिका दिन योभन्दा ठूलो प्राकृतिक रौद्र रूप नआउला भन्न सकिन्न। त्यतिखेर हुन सक्ने क्षतिलाई अहिले नै राजनीतिज्ञ, राज्य सञ्चालन गरिरहेका नेतृत्व वर्ग र नीति निर्माण तहमा रहेका कर्मचारी संयन्त्रले सोच्नुपर्ने भएको छ। नत्र भोलिको दिनमा पनि विकासको नाममा हुने अवैज्ञानिक कार्यले विनाशबाहेक अरू ल्याउन सक्दैन। साभार ः थाहाखवर डट् कम

गतवर्षको भन्दा उत्पादन बढेर प्रतिगोटा १० हजार मुल्य सस्तीएपछि मुस्ताङमा ८००० हजार भेडाच्याङग्रा विक्रि

म्याग्दी , यस वर्ष मुस्ताङमा बडादशैँमा १६ करोड रुपैयाँ बाराबरका ८००० भेडाच्याङग्राको व्यापार भएको छ।
त्यसो त दशैँका लागि मुस्ताङबाट बिक्री भएका आठ हजार भेडाच्याङ्ग्रा सबै मुस्ताङमा उत्पादन भएका होईनन् । विक्रि भएका मध्ये चार हजार ८०० जिल्लाभित्रका किसानले पालेका र तीन हजार २०० डोल्पा, मुगुबाट ल्याइएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङले जनाएको छ
पशुुसेवाका विज्ञ प्रमुख लालमणि अर्यालका अनुसार ५०० भेडा र सात हजार ५०० च्याङग्रा बिक्री भएको हो।
गत वर्ष उत्पादन कम भइ मुल्य अकासिएको हुँदा सात हजार भेडाच्याङग्रामात्र बिक्री भएको थिए। म्याग्दी, बागलुङ, पर्वत, कास्की, काठमाडौँलगायतका जिल्ला तथा सहरमा मुुस्ताङका भेडाच्याङग्रा बिक्री भएको छ। अघिल्लो वर्षको तुलनामा उत्पादन बढेको र मूल्य घटेकाका कारण यसपालि भेडाच्याङग्राको व्यापार राम्रो भएको व्यापारीले बताएका छन्।
राँगा, खसी भन्दा धेरै महंगोमा किन विक्छन त भेडाच्याङग्रा ?
जडीबुटीयुक्त बुकीमा चरेका च्याङग्राको मासु पोसिलो, तागतिलो र स्वस्थर मानिन्छ भएकाले दशैँ तिहारमा हिमाली च्याङग्राको मासुुको उपभोग गर्ने चलन रहेको बेनीका अर्जुन पौडेलले बताए। तीन वर्ष पूरा भएका च्याङग्रा मासुका लागि बिक्री हुन्छ। तर राँगा र खसीबोका भनें तराई, पहाड, कछाड जहाँ जोसुकैलेपनि पाल्ने भएकाले भेडाच्याङग्राको दाँजोमा सस्तो मुल्यमा किन्न पाइएको हो ।

व्यवसायी गरुङले दान दिएको जग्गामा पार्टीर्कायलय बनाउने बारे एमालेमा दुईमत

काठमाडौँ कीर्तिपुरमा पार्टी कार्यालय बनाउने जग्गा व्यापारीबाट सहयोग लिएको भन्दै सत्तारुढ दल नेकपा एमालेभित्र विरोध शुरु भएको छ। पार्टी नेतृत्वले पार्टीकार्यलय बनाउने भन्दै शिलान्यास समेत गरिसकेको अवस्थामा एमाले नेतृ बिन्दापाण्डेले अमुक व्यक्तिबाट पाएको जग्गा दानमा पार्टी कार्यलय बनाउदा सिंगो एमालेकै शिर झुक्ने र २८ लाख मतदाताको अपमान हुने र दीर्घकालमा आत्माघाती हुने भन्दै पार्टी नेत्तृवलाइ निर्णय सच्याउन सामाजिक सञ्जाल मार्फत आग्रह गरेकी छन् ।
व्यवसायी मीनबहादुर गुरुङले दान दिएको कीर्तिपुरको १४ रोपनीभन्दा बढी जग्गामा पार्टी कार्यालय बनाउन गत शुक्रवार प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले शिलान्यास गरेका थिए।
देशभरका कार्यकर्ताबाट सहयोग उठाएर भवन निर्माण गर्ने चर्चा चलाए पनि व्यवसायी गुरुङले नै निर्माण गरिदिने एमालेका केही नेताहरुले नै बताएका छन्।

सुदामा ताजा समाचार

पत्रकार महासंघको निर्वाचन मंसिर २८ मा

काठमाडौं । पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि आगामी मंसिर २८ गते निर्वाचन हुने भएको छ । विभिन्न आन्तरिक कारणले...

राप्रपा महामन्त्री राणा चाडै सक्रिय हुने

सनत गिरी, काठमाडौं । क्यान्सर देखिएपछि भारतमा शल्यक्रिया गराएर राप्रपाका महामन्त्री धवलशमशेर राणा डिस्चार्ज भएका छन् । डिस्चार्जपछि उनी हाल भारतको मुम्बईमै स्वास्थ्यलाभ गरिरहेको राप्रपा...

दलहरुले यो विपद्मा न त चियापान नै गरे, न त बाढीपीडिहरुलाई...

सनत गिरी – काठमाडौं । यतिबेला देश दशैं र तिहारको माहोलमा छ । गरिबले जसो तसो दशैं मनाए, तिहार उनीहरुको कस्तो हुन्छ थाहा छैन...

संक्रमणकालीन न्याय सम्बन्धमा प्रमुख दलबीच सहमति

काठमाडौं । यतिबेला चर्चामा रहेकोसंक्रमणकालीन न्याय सम्पादनलाई निष्कर्षमा पु¥याउन प्रमुख तीन दलहरु सहमत भएका छन् । सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग...

बीपी राजमार्गमा यात्रुले पाएको सास्ती

जी आचार्य गत असोज दोस्रो साता आएको अविरल वर्षाले अधिराज्यभर सामान्यदेखि मध्यमसम्मको क्षति पुर्याए पनि बीपी राजमार्गमा भने ठूलै क्षति पुर्याएको छ । यसै क्षतिका...