काठमाडौ । मुलुकको फरकधारको नेतृत्व गरिरहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी फागुन महिना भित्र वर्तमान व्यवस्था बदल्न सातै प्रदेशमा खबरदारी सभा गनृे भएको छ । यही पौष ५, ,६ र ९ गते बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सो निर्णय गरेको हो । केन्द्रीय कार्यसम्पादन समिति सदस्य नारायण कोइरालाका अनुसार बैठकले आगामी माघ ११ र १२ गते केन्द्रीय समितिको बैठक गर्ने निर्णय गरेको छ ।
राप्रपाले आगामी फागुन–चैत्रभित्र सम्पूर्ण गाउँ, नगर, क्षेत्रको निर्वाचन गर्न निर्देशन दिएको छ । यसैगरी वैशाखसम्म जिल्ला अधिवेशन गर्न राप्रपाले यसअघि नै निर्देशन दिइसकेको छ ।
राप्रपाले यस पटक काठमाडौं केन्द्रीत आन्दोलन गर्ने भन्ने कुनै निणय गरेको छ ।
‘पहिला देशैभरका कार्यकर्ताहरुलाई उत्साहित पार्छौ अनि आन्दोलनका थप कार्यक्रमहरु गरिनेछ ।’ राप्रपाका एक नेताले भने ।
राप्रपाले सातै वटै प्रदेशमा खबरदारी सभा गर्ने
दीपेन्द सिंह ऐरी ओमोडा एण्ड जेइकोको ब्रान्ड एम्बेसर नियुक्त
काठमाडौँ । एसपिजि अटोमोबाइल्स प्रा.लि.ओमोडा एन्ड जेइकोको लागि नेपालमा आधिकारिक वितरक ले नेपाल प्रिमियर लिग एनपिएल० २०२४ को ‘ओमोडा इलेक्ट्रिफाइङ प्लेयर अफ द टुर्नामेन्ट’ तथा सुदुरपश्चिम रोयल्सका कप्तान रहेका दिपेन्द्र सिंह ऐरिलाई ओमोड एन्ड जेइकोको ब्रान्ड एम्बेसेडर घोषणा गरेको छ । सिल्भर ओक ब्याङ्केट, काठमाडौँमा आयोजित विशेष समारोहमा, शारडा ग्रुपका निर्देशकहरूलगायत विशिष्ट अतिथिहरूको उपस्थितिमा हस्ताक्षर कार्यक्रमसँगै दीपेन्द्र सिंह ऐरी आधिकारिक रूपमा ब्रान्ड एम्बेसेडर नियुक्त भएका हुन् ।
कार्यक्रममा सम्बोधन गर्दै ऐरीले आफ्नो ओमोडा एन्ड जेइकोसँगको आबद्धतामा खुसी व्यक्त गर्दै भन्नुभयो, ‘किफायती मूल्यमा अत्याधुनिक सुविधाहरू भएको फ्युचरिस्टिक इभि यो सेगमेन्टमा नै उत्कृष्ट र बेजोड छ । इनोभेसन नवप्रवर्तन र फ्युचरिस्टिक टेक्नोलोजिमा अग्र रहँदै इभि बजारमा उल्लेखनीय सफलता हासिल गरेको ब्रान्ड ओमोडा एन्ड जेइकोसँग आबद्ध हुन पाउँदा म अत्यन्त उत्साहित छु ।’ समारोहमा शारदा ग्रुपका अध्यक्ष श्रीमान शिव रतन शारदा, प्रबन्ध निर्देशक सन्दीपकुमार शारडा, एसपिजि अटोमोबाइल्सका निर्देशक गौरव शारडा, एसपिजि अटोमोबाइल्सका अन्य सदस्यहरू, नेपाल क्रिकेट संघका पदाधिकारीहरू, चर्चित इन्फ्लुएन्सरहरू, पत्रकार तथा मिडियाको उपस्थिती रह्यो ।
एनपिएलको ‘इलेक्ट्रिफाइङ प्लेयर अफ द टुर्नामेन्टको पुरस्कार स्वरूप ओमोडा इ–फाइभको साँचो हस्तान्तरण गर्दै एसपिजि अटोमोबाइल्सका निर्देशक गौरव शारडाले भन्नुभयो, ‘अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलक्षेत्र पुरुष
त्२ अलराउन्डरमा दोस्रो वरीयतामा रहेका ऐरी नेपाली तथा विश्व क्रिकेटका उदाउँदो ताराहरूमध्ये एक हुन् । आफ्नो कुशलता र पर्फमेन्समा सदैव उच्चतस्तरको लगाव राख्ने दीपेन्द्र सिंह ऐरीजस्ता उदाउँदा युवा खेलाडीलाई ओमोडा एन्ड जेइकोको ब्रान्ड एम्बेसेडर नियुक्त गर्न पाउँदा हामी गौरवान्वित महसुस गर्दछौँ ।’
ओमोडा एन्ड जेइको एनपिएलको पहिलो संस्करणको लागि ‘ड्रिभन बाइ’ सह–प्रायोजक रहेको थियो । ओमोडा एन्ड जेइको, नेपाली खेल जगतमा उत्कृष्ट प्रतिभाको पहिचान गर्दै ती प्रतिभालाई बढावा दिनुपर्नेमा विश्वास राख्दछ । यस साझेदारीसँगै ओमोडा एन्ड जेइकोले नेपाली क्रिकेटको सफलता र विकासमा उल्लेखनीय भूमिका खेल्ने तथा खेलक्षेत्रको समग्र विकासमा योगदान पुरÞ्याउने लक्ष्य राखेको छ ।
एसपिजि अटोमोबाइल्स प्राइभेट लिमिटेड ओमाडा एन्ड जेइको अटोमोबाइल्स को. लिमिटेडको नेपालको लागि आधिकारीक वितरक हो । थप जानकारीका लागि, एसपिजि अटोमोबाइल्सलाई सम्पर्क गर्नसक्नु हुनेछ ।
बर्दिवास अस्पतालको बेथिति चाडै अन्त्य होस्
सम्पादकज्यू
कुनै समयमा पालिकास्तरीय अस्पतालममा मधेश प्रदेशकै उत्कृष्ट मूल्यांकन भएको बर्दिबास अस्पतालमा हाल चरम बेथिति भईरहेको छ । त्यहाँका कर्मचारी र डाक्टरहरुले बिरामीलाई सामान्य सेवा पनि नदिएको र उपचारका लागि निजी अस्पतालमा पठाउने गरेको बिरामीहरुको गुनासो छ । अस्पतालमा पर्याप्त जनशक्ति भए पनि उपचार गर्ने साधन नभएको र औषधी समेत नभएको बहानाबाजीमा निजिमा रेफर गरेको बिरामीहरुले बताउँदै आएका छन् । यसो हुनुको कारण अस्पतालको व्यवस्थापन नै फितलो भएर हो ।
अस्पताल बाहिर करिब दर्जन जति औषधी पसल, ल्याब, प्याथोलोजी ल्याब, डाइग्नोसिस सेन्टर लगायतका क्लिनिकका बोर्डहरु देखिन्छन् । ती सबै क्लिनिकहरु अस्पतालकै कर्मचारीको भएको बताइदै आएका छन् । यसरी सरकारी कार्यालयमा तलब, भत्ता खाने अनि काम चै आफ्नो गर्ने रु यस्तो बेथिति कतिञ्जेल रहन दिनेः यसप्रति सम्बन्धित निकायले विशेष ध्यान दिन आवश्यक छ । बर्दिबास अस्पतालका फार्मेसी इन्चार्ज तथा सञ्चालक सियाराम महतोलाई भित्र औषधी नरहेको भन्दै बाहिर क्लिनिकमा किन्न पठाउने गरेको आरोप लाग्दै आएको छ । यस्तो बेथिति चलुञ्जेल स्वास्थ्य मन्त्रालय के हेरेर बसिरहेको छ रु यो त एउटा उदाहरण मात्रै हो, यस्ता बेथिति अन्य जिल्लाहरुमा पनि भएका हुन सक्छन् । सर्वसाधारणले टाउको दुखेको सिटामोल औषधी समेत नीजिमा गएर किन्नु परेको तितो यथार्थता हुँदैछ । सेवाग्राहीले अस्पतालको सेवा बारे प्रश्न उठाउँदा अस्पतालका कर्मचारी र डाक्टर सेवाग्राहीलाई ढाँट्ने काम गर्दै आएका छन् । त्यसकारण भावी दिनहरुमा यस्ता कामको अन्त्य गर्न म तपाईको सञ्चारमाध्यम सुदामा साप्ताहिकमार्फत सम्बन्धित निकायलाई आग्रह गर्न चाहान्छु ।
—रविन महतो
बर्दिबास, महोत्तरी
साकिर अहमविरुद्ध अख्तियारको पुनरावेदन
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साकिर अहम विरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । साकिर अहमले एक करोड ५५ लाख ७९ हजार ६९५ रुपैया गैरकानूनी सम्पत्ति आर्जनको मुद्दामा विशेष अदालतले गत वैशाख १३, २०८१ मा अहमलाई सफाई दिएपछि चित्त नबुझि अख्तियारले सर्वोच्चमा पुनरावेदन दिएको हो ।
अहमले गैरकानूनी सम्पत्ति आफ्नो खातासँगै श्रीमती नुरजहाँ र छोरा साजनको नाममा राखेको भन्दै अख्तियारले मुद्दा दायर गरेको
थियो । अहमले विभिन्न शीर्षकमा देखाएको आयस्रोत अस्पष्ट रहेको र वैधानिक प्रमाण नभएको अख्तियारको दावी छ । साथै उनका नातेदारले विदेशबाट पठाएको रकमको स्रोत समेत स्पष्ट नभएको र यसलाई वैधानिक आयमा गणना गर्न नमिल्ने भन्दै पुनरावेदन गरेको हो । त्यसैगरी कृषि आय र सम्पत्तिको अन्य विवरणमा आयोगका विज्ञहरुको प्रतिवेदनलाई उपेक्षा गर्दै अदालतले गलत निर्णय गरेको जिकिर सहित पुनरावेदन गरेको आयोगद्वारा जारी विपज्ञप्तीमा उल्लेख छ ।
डिपी अर्यालको काँधमा रास्वपा
काठमाडौं । यतिबेला राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने चर्चामा छन् । सहकारी ठगी लगायतका प्रकरणमा उनी जोडिएको आरोप खेप्नु परेपछि र अदालतमा समेत अध्यक्ष लामिछानेविरुद्ध मुद्दा दायर भएपछि रास्वपाको आकस्मिक रुपमा बसेको सचिवालय बैठकले उपाध्यक्ष डोलप्रसाद अर्यालडिपीलाई कार्यवाहक सभापति तोकेको हो ।
लामो समयदेखि पार्टीका सभापति रवि लामिछाने अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेपछि पार्टीले डिपी अर्याललाई जिम्मेवारी दिएको हो । बैठकले सर्वसम्मत रुपमै उपाध्यक्ष डिपी अर्याललाई कार्यवाहक सभापति तोकेको रास्वपाले जानकारी दिएका छ । त्यसो त यसअघिदेखि नै डिपीलाई नै पार्टीको कार्यवाहक सभापति बनाउने कुरा पार्टीभित्र चलेको थियो । तर अर्का उपाध्यक्ष डा।स्वर्णिम वाग्लेले त्यसमा विरोध जनाउने सम्सय गरिए पनि वाग्लेले अर्याललाई नै कार्यवाहक दिनेमा सहमति जनाएका थिए । अर्याललाई कार्यवाहक तोक्नुमा लामिछानेकै चाहाना रहेको र उनकै निर्देशनमा कार्यवाहक तोकिएको रास्वपाका एक नेताले बताए । यसअघि नागरिकता विवादका कारण रविको सांसद र सभापति पद गएपछि पनि अर्याललाई नै कार्यवाहक सभापति बनाइएको थियो ।
काठमाडौं । काठमाडौंका महानगर प्रमुख बालेन शाहले राजधानीको मुटुमै रहेको वडा नं। ३२ अन्तरगत पर्ने तिनकुनेको जग्गाको मुआब्जा वितरण प्रक्रियामा सरकारले कुनै काम नगरेको आरोप लगाउनु भएको छ । उहाँले कोटेश्वर महोत्सवलाई सम्बोधन गर्ने क्रममा त्यस्तो आरोप लगाउनु भएको हो । यो दुईतिहाईको बहुमत सरकारले पनि यो काम गर्न नसके अरु कस्ले गर्न सक्ने भन्ने उहाँको प्रश्न छ । सरकारले व्यक्तिको ५३ रोपनी जग्गा लुटेर ५० वर्षसम्म कुनै मुआब्जा दिएको नपाइएको र दिने प्रक्रिया नै नभएको भनाई उहाँको छ । दुईतिहाईले चाह्यो भने जे पनि गर्न सक्छ, गृहमन्त्री आफ्नै, प्रधानमन्त्री आफ्नै, अर्थमन्त्री आफ्नै, पैसा आफ्नै, स्रोत साधन आफ्नै, वडा समिति पनि आफ्नै हुँदा पनि काम नभए कहिले काम हुँदैन । उहाँको भनाई थियो ।
मेयर बालेनले मुआजा विवाद समाधान गर्न दबाब दिन पनि स्थानीय तहलाई आग्रह गर्नुभयो । साथै मुआब्जा वितरणको काम यथाशिघ्र सम्पन्न गर्न शुभकामना पनि दिनुभयो ।
हुन पनि ५० वर्षअघि पञ्चायत स्मारक पार्क बनाउन अधिग्रहण गरिएको उक्त जग्गाको न त मुआब्जा नै वितरण भयो, न त पार्क नै बन्यो । अधिग्रहण गरिएको सो जग्गा तत्कालिन श्री ५ को सरकारले २०३१ साल जेठ १४ गते राजपत्रमा सूचना प्रकाशित गरी स्मारक बनाउने निर्णय गरेको थियो ।
भारतीय पूर्वप्रधानमन्त्री मनमोहनसिंहको दुखद् निधनमा भारतमा सात दिनसम्म शोक मनाइदै
काठमाडौं । भारतले आफ्नो देशको आर्थिक सुधारका रचियताको अवसानमा सात दिनसम्म राजकीय शोक मनाइरहेको छ । सन् १९९० को दशकको सुरुमा देशको आर्थिक उदारिकरण वास्तुकारमध्ये एक पूर्व प्रधानमन्त्री मनमोहन सिंहले सन् २००४ देखि २०१४ सम्म प्रधानमन्त्रीको कार्यभार सम्हाल्नु भएको थियो । विहिबार साँझ नयाँ दिल्लीको अस्पतालमा निधन हुनुभएका ९२ वर्षीय सिंहको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।
दिवंगत महानुभाव प्रति सम्मान स्वरुप सम्पूर्ण भारतमा सात दिनको राजधीय शोक मनाउने निर्णय गरिएको भारत सरकारले एक विज्ञप्तीमा भनेको छ । सिंहले प्रधानमन्त्री भएको पहिलो कार्यकालमा एसियाको चोथो ठूलो अर्थतन्त्रको आर्थिक वृद्धिको नेतृत्व गरेकोमा प्रशंसा पाएका डा।मनमोहनले केम्ब्रिजबाट अर्थशास्त्रमा प्रथम श्रेणीमा र अक्फोर्डबाट विद्यावारीध हासिल गर्न छात्रवृत्ति पाउनु भएको थियो । त्यस्तै उहाँले निजामति सेवामा विभिन्न पदमा काम गर्नुका साथै वरिष्ठ निजामति सेवाका विभिन्न पदमा काम गर्ने क्रममा केन्द्रीय बैंकको गर्भनरको रुपमा समेत सेवा गर्न भ्याउनुभयो ।
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा फर्किने चाहना
काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिमा फर्किने चाहना बढ्दै गएको पोखरा बसाईको समयावधि र नेतासँगको साँठगाँठ र भेटवार्ताले प्रष्ट पारेको छ । त्यसो त पूर्वराष्ट्रपति भण्डारीले पहिले पनि राजनीतिमा फर्किने चाहना नराख्नु भएको होइन । पछिल्लो समय सर्वाधिक चर्चा र प्रश्नको विषय बनेको छ विद्यादेवी भण्डारी सक्रियरुपमा राजनीतिमा आउने विषयमा ।
त्रिभुवन विश्वविद्यालय र चीनको सिचुवान युनिभर्सिटीले पौष ४ गते पोखरामा गरेको एउटा बौद्धिक छलफल कार्यक्रम गरेका थिए । सो कार्यक्रमको उद्घाटन गर्न प्रमुख अतिथिका रुपमा पोखरा पुग्नु भएकी भण्डारीसँग एक कार्यकर्ताले प्रश्न गर्दा उहाँले भन्नुभयो– ‘पार्टीले मलाई सांसदको उम्मेदवार बनाये । सांसद बनायो, मन्त्री पनि बनाएको हो । राष्ट्रपति पनि मेरो व्यक्तिगत चाहना होइन, पार्टीले नै बनाएको हो । त्यसैले देश र जनताको सेवा गर्न आवश्यक परे जुनसुकै जिम्मेवारीबाट म पछि हट्ने छैन ।’
कार्यक्रमको प्रमुख अतिथिका रुपमा आमन्त्रण गरिएकी पूर्वराष्ट्रपति भण्डारी पौष २ गते पोखरा विमास्थलमा ओर्लिदा स्वागतार्थ एमाले नेता, कार्यर्का र सांसदहरुको बाक्लो भिड थियो । पोखरा बसाईका क्रममा भण्डारीले प्रदेश प्रमुख डिल्लीराज भट्ट, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पूर्वमुख्यमन्त्री तथा एमाले नेता खगराज अधिकारी, एमाले गण्डकी इन्चार्ज समेत रहेका स्थायी कमिटी सदय किरण गुरुङ, प्रदेश कमिटी अध्यक्ष नवराज शर्मा, एमालेबाट सामेल भएका गण्डकी प्रदेश सरकारका मन्त्रीहरु पद्यमा जिसी श्रेष्ठ, कष्ण पाठक, प्रकाश केसी, सांसदहरु लिला ब।थापा, भीम कार्की, देवका पहारी लगायतसँग भेट गर्नुभएको छ ।
एमालेबाट भीम रावल निष्काशित
काठमाडौं । नेकपा एमालेमा नेता भीम रावलले अध्यक्ष केपी ओलीको कदममा फरकमत राख्दै आएका थिए । त्यसै मेसोमा नेकपा एमालेमा अध्यक्ष केपी ओलीसँग फरकमत राख्नेहरुको राजनीतिक अवसानको खतरा बढेको देखिन्छ । एमालेमा ओलीभन्दा फरक मत राख्ने अरु पनि छन् तर बोल्न भने सकेका छैनन् । यसैक्रममा लामोसमयदेखि ओलीसँग फरक मत राख्दै आएका भीम रावल एमालेबाट निष्काशित भएका छन् । त्यस्तै पार्टी नेतृत्वसँग कार्यालय निर्णयबारे असहमति राखेकै कारण स्थायी कमिटी सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकीरण तिम्सेनालाई ६ महिना निलम्बन गरिएपछि एमालेमा नेतृत्वसँग् फरक मत राखेर राजनीतिक रुपमा क्रियाशील रहनै असम्भव देखिएको छ ।
एमालेको दशौं महाधिवेशनमा अध्यक्षका लागि ओलीसँग प्रतिस्पर्धा गरेका नेता रावललाई लामो समयदेखि भूमिका विहिन बनाइएको थियो । गत संसदीय निर्वाचनमा ओलीले त्यसैकारण सांसद पदमा उठ्न पनि दिएनन् । गत महाधिवेशनमा ओली सर्वसम्मत अध्यक्ष बन्न चाहान्थे तर रावलका कारण ओलीले सर्वसम्मत अध्यक्ष बन्न पाएनन् । त्यतिबेलादेखि नै अध्यक्ष ओली रावलसँग चिढिएको बताइन्छ । अप्रत्यासित रुपमा गत बुधबार बसेको बैठकले रावललाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्काशन गर्यो । यसबाट एमालेमा पाँच दशकदेखि सक्रिय रावललाई नयाँ राजनीतिक कदमका लागि बाध्य बन्नु परेको देखिन्छ । पाँच वर्षअघि संसद विघटनको सन्दर्भमा तत्कालिन नेकपामा चुलिएको विवादका दौरान एमाले नै विभाजित भए पनि रावल एमालेमै रहेका थिए । अधिकांशले एमाले विभाजनपछि रावल माधव नेपालतिर लाग्ने आँकलन गरे पनि उनीले एमालेभित्रै लडाई लड्ने उद्घोषण गरेका थिए । अब भने एमालेभित्र रहेर राजनीतिक संघर्ष गर्ने सम्भावना पनि समाप्त भएको छ ।
एमाले व्यूतिएपछि ओलीविरुद्ध निरन्तर लागे पनि पार्टी विभाजनमा माधव नेपाल र झलनाथ खनाललाई रावलले साथ दिएनन् । सर्वोच्चको परमादेशपछि बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले विश्वासको मत लिने बेला रावलले प्रतिनिधि सभा सदस्यबाट राजिनामा दिएका थिए । पार्टीभित्रै रहे पनि नेतृत्वलाई निरन्तर लाञ्छित गरेको भन्दै संस्थापन पक्ष रावलसँग रुष्ट थियो । यहीकारण एमालेको सुदुरपश्चिम इन्चार्जको जिम्मेवारी रावलबाट खोसियो । यिनै विवादको निरन्तरता महाधिवेशनसम्म पुग्यो । चितवन महाधिवेशनमा रावलले ओली विरुद्ध अध्यक्षमा उम्मेदवारी दिए । एक हजार ८३७ मत ल्याएका ओली विरुद्ध रावलले २२३ सम्मानजनक मत ल्याए । संघर्षचलिरहेकै थियो । यसैको निरन्तरताको रुपमा रावल गत हप्ता कारवाहीमा परे ।
यसै क्रममा राजनीतिक वृत्तमा रावललाई नेकपा एकीकृत समाजवादीमा जानसक्ने रुपमा चित्रित गरेका छन् । यसअघि घनश्याम भुषाल पनि एमाले छाडेर एसमा गएका कारण यस्तो चर्चा भएको हो । तर रावल भने अब कुनै पार्टीमा प्रवेश गर्नेभन्दा आफै नयाँ पार्टी गठन गर्ने मनसायमा रहेको उनी निकट व्यक्तिहरु बताउँछन् । रावल पहिला ओलीको चरित्रबारे देशव्यापी रुपमा भण्डाफोर गर्ने अनि नयाँ पार्टी गठन गर्ने अभियानमा लागेको बताइन्छ । ‘रावल तत्कालै नयाँ पार्टी गठन गर्नै तयारीमा हुनुहुन्छ । यो केहि ढिला पनि हुनसक्छ ।’ रावल निकट एक नेताले बताए । ‘रावल पहिला जनमत बुझ्नु हुन्छ अनि उपयुक्त निर्णय गर्नुहुनेछ ।’ ती नेताले भने ।
‘पुरानै पार्टी र पुरानै सोचभन्दा माथि उठेर अगाडि बढ्न सुझाव दिएका छौं । सही प्रयत्न गर्ने हो भने देशभर माहोल बन्न सक्छ ।’ रावल निकट अर्का नेताको भनाइ रहेको छ।