प्रतिपक्षीदलले आइतवारदेखि संसद चल्न दिने

काठमाडौँ संसद अवरोध खुलाउन प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको १८ गते आइतवारको बैठकमा सम्बोधन गर्ने भएका छन्।
सभामुख देवराज घिमिरेसहित बसेको प्रमुख प्रतिपक्ष, प्रतिपक्षी दल र सत्तापक्षीय दलका प्रमुख सचेतकबीचको छलफलबाट यो सहमति जुटेको हो।
सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट बर्खास्त गरेको थियो। बर्खास्तीसँगै प्रतिपक्षी दलहरुले सदनमा अवरोध सिर्जना गर्दै संसद अवरुद्ध पारेका छन्।
उनीहरुले यस विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले चित्तबुझ्दो जवाफ दिएपछिमात्र सदनको अवरोध हटाउने बताएका छन्।
सरकार पक्षले भने सम्बन्धित मन्त्री र उपप्रधानमन्त्रीले सरकारको तर्फबाट उक्त विषयमा जवाफ दिने प्रस्ताव गरेको थियो तर प्रतिपक्षी दलहरुले प्रधानमन्त्रीले जवाफ दिनुपर्ने भन्दै संसद अवरुद्ध पार्दै आएका छन्।
बैठकपछि सञ्चारकर्मीसँग नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बैठकमा १८ गते बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीले जवाफ दिने र आइतवार बस्ने बैठक सहज रुपमा अघि बढ्ने सहमति भएको बताए।

LEAVE A REPLY