एभरेष्ट बैंकको १३२औँ शाखा सिन्धुलीमा

काठमाडौं । एभरेष्ट बैंकले आफ्नो शाखा विस्तार कार्यक्रम अन्तर्गत बागमती प्रदेशको सिन्धुली जिल्लामा १३२ औ शाखा स्थापना गरेको छ। मिति २०८२ साल जेठ ५ गते कमलामाई नगरपालिका–६ मा सो शाखा उद्घाटन गरिएको हो। यो शाखाको स्थापनासँगै बागमती प्रदेशमा बैंकको शाखा संख्या ४७ पुगेको छ।
उद्घाटन समारोह कमलामाई नगरपालिकाका मेयर श्री उपेन्द्र कुमार पोखरेल र बैंकका सञ्चालक समितिका अध्यक्ष डा. बालगोपाल वैद्यको संयुक्त उपस्थितिमा सम्पन्न भयो। कार्यक्रममा वडा नं ६ का वडाध्यक्ष श्री उज्जवल कुमार थापा, सिन्धुली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष श्री देव नारायण श्रेष्ठ, प्रहरी नायब उपरीक्षक सूर्य प्रकाश सुबेदी, बैंकका प्रमुख कार्यकारी अधिकृत श्री सुदेश खालिङलगायत बैंकका कर्मचारी तथा स्थानीयको उल्लेख्य उपस्थिति रहेको थियो।
उद्घाटन समारोहमा बोल्दै मेयर पोखरेलले बैंकको सेवा विस्तारले स्थानीयलाई गुणस्तरीय तथा सहज बैंकिङ्ग सुविधा उपलब्ध गराउने विश्वास व्यक्त गर्नुभयो। त्यस्तै, बैंकका अध्यक्ष डा. वैद्यले एभरेष्ट बैंक सिन्धुली शाखामार्फत अत्याधुनिक, सबल, सरल तथा उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो।

LEAVE A REPLY