काठमाडौं । सहकारी ठगीको आरोपमा रुपन्देही कारागारमा थुनिएका रास्वपाका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई गत शतिबार ललितपुरस्थित नख्खुको कारागारचिसो खोर०मा स्थानान्तरण गरिएको छ । रविले आजभन्दा अढाई महिना अघि नख्खु कारागारमा सरुवा गरी पाउँ भन्ने व्यहोराको निवेदन दिएको भए पनि हालै मात्र रविलाई कारागार स्थानान्तरण गरिएको हो । तर अदालतले भने अढाई महिना अघि नख्खु कारागारमा सार्ने अनुमति दिएको थियो ।
रविलाई रुपन्देही कारागारबाट भैरहवा विमानस्थलमा ल्याईपुर्याउँदा काठमाडौं विमानस्थलमा रास्वपाका नेता कार्यकर्ताको बाक्लो भीड लागेको थियो । समर्थकहरुले रविको पक्षमा नारालाई रहँदा प्रहरीले भने समर्थकलाई छल्दै, नेपाल आयल निगमको गेटबाट निकालेर नख्खु पुर्याइएको थियो ।
रवि लामिछानेलाई यस अघि पनि काठमाडौं कारागारमा नसारीएको भन्ने गुनासो रास्वपाले गर्दै आएको र रविलाई न्यूनतम सुविधा पनि कारागारले नदिएको भन्ने हल्लाका आधारमा मानव अधिकारवादीले जाँच बुझ गर्दा हल्ला सत्य भएको प्रमाणित भएपछि काठमाडौं कारागारमा सरुवा गर्नै आलटाल कै बीच रविलाई कारागार सरुवा गरिएको हो । तर रुपन्देहीको सुप्रिम सहकारी ठगी आरोपमा लामिछाने विरुद्धको मुद्दा भने रुपन्देही जिल्ला अदालतमा विचाराधिनमै छ ।







