प्रहरीले आगजनि तथा लुटपाटमा संलग्नहरुको भिडियो तथा लिंक पठाउनेको नाम गोप्य राख्ने

काठमाडौँ । नेपाल प्रहरीले जेन(जी आन्दोलनका क्रममा भएको लुटपाटमा संलग्न व्यक्तिहरूको प्रमाण माग्दै आगजनि तथा लुटपाटको भिडियो तथा लिंक पठाउनेको नाम गोप्य राख्ने बताएको छ ।
एक सूचना जारी गर्दै प्रहरीले उक्त प्रमाणहरू माग गरेको हो ।
प्रहरीले काठमाडौँ उपत्यका लगायत देशका विभिन्न स्थानहरूमा भएको विरोध प्रदर्शन तथा आन्दोलनका क्रममा घटेका विभिन्न अप्रिय घटना आगजनी लुटपाट लगायतका भिडियो तथा विभिन्न सामाजिक सञ्जालहरूमा लिङ्कहरू भए उपलब्ध गराउन अनुरोध गरेको छ ।
उक्त सूचनामा भनिएको छ, ‘यही भदौ २३ र २४ गते काठमाडौँ उपत्यका लगायत देशका विभिन्न स्थानहरूमा भएको विरोध प्रदर्शन तथा आन्दोलनका क्रममा घटेका विभिन्न अप्रिय घटना आगजनी लुटपाट आम सर्वसाधारण त्रासश्रृङ्खला हुने किसिमका अन्य विविध घटनाहरूसँग सम्बन्धित तस्बिर भिडियो तथा विभिन्न सामाजिक सञ्जालका लिङ्कहरू तपाईँसँग छ भने कृपया हामीलाई पठाई सहयोग गर्नुहुन हार्दिक अनुरोध गर्दछौँ ।’

LEAVE A REPLY