भक्तपुर, पौष २६ गते
पुरुषोत्तम गौतम सेवा समाजले लामो समय देखि शिक्षण पेशामा रहेर निवृत्त हुनु भएका वयोबृद्ध शिक्षक बुद्धि प्रसाद गौतमलाइ दोसल्ला ओढाई अभिनन्दन—पत्र प्रदान गरेको छ । प्राध्यापक तथा षडानन्द प्रष्तिठानका अध्यक्ष चेतोनाथ गौतमको प्रमुख आतित्थ्य तथा परुषोत्तम गौतम सेवा समाजका अध्यक्ष सोमेन्द्र गौतमको अध्यक्षतामा दुवाकोट स्थित उहाँकैे निवासमा पुगेर अभिनन्दन गरिएको हो।
कार्यक्रममा भोजपुर दिंला स्थाई घर भई विभिन्न काम विषेशले काठमाण्डौमा बसोबास गर्दै आउनु भएका गौतम परिवारहरुको बाक्लो उपस्थितिका विच अभिनन्नदन गरिएको थियो ।
अभिनन्दन—पत्रमा भनिएकोछः
श्रीमान् बुद्धिप्रसाद गौतम
दुवाकोट, भक्तपुर
वेद, ज्योतिष र कर्मकाण्डका विशिष्ट विद्वान पुरुषोत्तम(पुर्खु) उपाध्यायको वंश परम्परामा वि. स.१९८६ श्रावणमा जन्मिएर भारतको हरिद्वारस्थित निर्मल संस्कृत महाविद्यालयबाट साहितय विषयमा शास्त्री उपाधि प्राप्त गरी जन्मभूमिको शिक्षा सेवामा समग्र जीवन सर्मपण गर्ने ज्ञान—वयोबृद्ध यहाँलाई अभिनन्दन गर्न पाउँदा हामीलाई अत्यन्त गौरवको अनुभूति भएको छ ।
यहाँले वि. सं. २०१८ मा दिंला कुलुड.को काम्लेटार प्रा. वि.बाट सेवा प्रारम्भ गरेर मझुवा सन्त मिडिल स्कूल हुँदै दिड.ला बजार स्थित अरुण माध्यमिक विद्यालय र षडानन्द माध्यमिक विद्यालयमा समेत गरी ३६ वर्ष शिक्षा सेवामा समर्पण गर्नु भएको छ । यहाँले गरेको दीर्घ शिक्षा सेवाको उच्च सम्मान गर्दै पुरुषोत्तम गौतम सामाजका तर्फबाट दोसल्ला ओढाएर यहाँलाई यो अभिनन्द—पत्र सर्मपण गरेका छौं। यहाँको सुस्वास्थ्य र दीर्घ जीवनको कामना गर्दछौं ।
दिनाड.क २०८२ षौष २६ गते शनिबार सोमेन्द्र गौतम अध्यक्ष









