आज क्यान्सर दीवस, विश्वभर विभिन्न कार्यक्रम गरी क्यान्सर दीवस मनाईदै

काठमाण्डौ, आज विश्व क्यानसर रोग दीवस, यस दीवसका असरमा विशवभर विभिन्न कार्यक्रम गरी यो मनाइदै छ । क्यान्सर रोग लागेर विजेता क्यान्सरविरुद्धको जनचेतनामा सक्रिय भएर लाग्न थालेका छन् । क्यान्सरलाई जनचेतनाले रोग लाग्नबाट बचाउन सकिन्छ भन्ने उद्देश्यसाथ क्यान्सरको उपचारपछि विजेता भएका जनचेतनामा क्रियाशील हुन थालेका छन् ।
वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा.सुदीप श्रेष्ठले नेपालमा अपवादबाहेक सम्पूर्ण क्यान्सरको उपचार हुने गरेको दाबी गर्नुभयो । उहाँले नेपाल क्यान्सर अस्पतालमा मात्र वर्षमा तीन हजार नयाँ क्यान्सर रोगी थपिने गरेको जानकारी दिँदै सचेतनामा ध्यान दिनुपर्ने बताउनुभयो । उपचारभन्दा रोकथाममा जोड दिँदै उहाँले रोकथामका लागि जनचेतना आवश्यक रहेको बताउनुभयो ।
उहाँले अस्पतालमा फलोअपमा आउने बिरामी रहेको उल्लेख गर्दै नेपालमा फोक्सोको क्यान्सर सबैभन्दा बढी रहेको बताउनुभयो । महिलामा स्तन र पाठेघरको मुखको क्यान्सर रहेको छ । अस्पतलमा दैनिक दुई सय बिरामी ओपिडीमा आउने गर्छन् ।
क्यान्सर रोग विशेषज्ञ डा.अरुण शाहीले क्यान्सरको पहिलो चरणमा उपचार भएमा रोग पूर्ण रूपमा निको हुने बताउनुभयो ।
उहाँले क्यान्सरका चार चरणमध्ये शून्यदेखि तीन स्टेजको क्यान्सरलाई पूर्ण रूपमा निको पार्न सकिने र चार स्टेजको क्यान्सरलाई नियन्त्रण गर्न सकिने जानकारी गराउनुभयो ।
त्यसै गरी क्यान्सर रोग विशेषज्ञ डा. उज्ज्वल चालिसेले सुर्तीजन्य पदार्थको सेवन, अस्वस्थकर खानपिन, जीवनशैली, बिकीरणको प्रभाव, जीवाणुका कारण र वंशाणुगतलगायत क्यान्सरका मुख्य कारक रहेको बताउनुभयो । नेपालमा पुरुषमा फोक्सो, पेट, आन्द्रा, मुख र थाइराइडको क्यान्सर बढी देखिएको छ । महिलामा पाठेघरको मुखको क्यान्सर, स्तन, फोक्सो, पित्तथैली र डिम्बाशयको क्यान्सर प्रमुख छन् ।
यसैबिच बुधबार विश्व क्यान्सर दिवस विभिन्न कार्यक्रमको आयोजना गर्दै मनाइँदै छ । क्यान्सरविरुद्धको विभिन्न जनचेतनामूलक कार्यक्रमको आयोजना गर्दै विश्व क्यान्सर दिवस मनाइन्छ । हरेक वर्ष फेब्रुअरी ४ तारिखमा विश्वव्यापी रूपमा विश्व क्यान्सर दिवस मनाउने गरिन्छ । डा.चालिसेले क्यान्सर लाग्दैमा डराउनुपर्ने अवस्था नरहेको बताउनुभयो । उहाँले प्रारम्भिक चरणमा क्यान्सरको पहिचान भएमा पूर्ण रूपमा निको हुने बताउनुभयो ।

LEAVE A REPLY