,२६ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार सबै विदेशी मुद्राको भाउ बढेको छ ।
अमेरिकी डलर, युरो, पाउण्ड स्ट्रलिङ, स्वीस फ्रयाङ्क, अष्ट्रेलियन डलर, क्यानेडियन डलर र सिङ्गापुर डलरको मूल्य बढेको छ ।
यसैगरी जापानी येन, चिनियाँ युआन, थाइ भाट, क्रोनर, दिराम, दिनार, रिङ्गेट, रियाल र साउथ कोरियन वनको भाउ पनि बढेको छ ।
आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४४ पैसा निर्धारण गरिएको छ । हिजो अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५२ रुपैयाँ २२ पैसा निर्धारण गरिएको थियो ।
आज युरोपियन युरोको मूल्य पनि आज बढेको छ । आज युरो एकको खरिददर १७६ रुपैयाँ ३९ पैसा र बिक्रीदर १७७ रुपैयाँ ९ पैसा छ । हिजो युरो एकको खरिददर १७४ रुपैयाँ ६८ पैसा र बिक्रीदर १७५ रुपैयाँ ३७ पैसा थियो ।
युके पाउण्ड स्ट्रलिङको मूल्य पनि आज बढेको छ । आज पाउण्ड स्ट्रलिङ एकको खरिददर २०४ रुपैयाँ २६ पैसा र बिक्रीदर २०५ रुपैयाँ ०६ पैसा छ । हिजो पाउण्ड स्ट्रलिङ एकको खरिददर २०२ रुपैयाँ २८ पैसा र बिक्रीदर २०३ रुपैयाँ ०८ पैसा थियो
आज स्वीस फ्रयाङ्कको मूल्य पनि बढेको छ । आज स्वीस फ्रयाङ्क एकको खरिददर १९२ रुपैयाँ र बिक्रीदर १९२ रुपैयाँ ७५ पैसा कायम गरिएको छ । हिजो स्वीस फ्रयाङ्क एकको खरिददर १९० रुपैयाँ ४१ पैसा र बिक्रीदर १९१ रुपैयाँ १६ पैसा कायम गरिएको थियो
आज अष्ट्रेलियन डलरको मूल्य पनि हिजोको तुलनामा बढेको छ । आज अष्ट्रेलियन डलर एकको खरिददर १०८ रुपैयाँ १२ पैसा र बिक्रीदर १०८ रुपैयाँ ५४ पैसा छ । हिजो अष्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ८५ पैसा र बिक्रीदर १०७ रुपैयाँ २७ पैसा थियो ।
आज क्यानेडियन डलरको मूल्य पनि बढेको छ । आज क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ७० पैसा र बिक्रीदर ११० रुपैयाँ १३ पैसा छ । हिजो क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ८१ पैसा र बिक्रीदर १०९ रुपैयाँ २४ पैसा थियो ।
सिङ्गापुर डलरको भाउमा पनि आज वृद्धि भएको छ । आज सिङ्गापुर डलर एकको खरिददर ११८ रुपैयाँ ७२ पैसा र बिक्रीदर ११९ रुपैयाँ १८ पैसा तोकिएको छ । हिजो सिङ्गापुर डलर एकको खरिददर ११७ रुपैयाँ ४७ पैसा र बिक्रीदर ११७ रुपैयाँ ९३ पैसा तोकिएको थियो ।
जापानी येनको भाउ पनि आज बढेको छ । आज जापानी येन १० को खरिददर ९ रुपैयाँ ५५ पैसा र बिक्रीदर ९ रुपैयाँ ५९ पैसा छ । हिजो जापानी येन १० को खरिददर ९ रुपैयाँ ४६ पैसा र बिक्रीदर ९ रुपैयाँ ५० पैसा थियो
चिनियाँ युआनको भाउ पनि आज बढेको छ । आज चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ५३ पैसा र बिक्रीदर २२ रुपैयाँ ६२ पैसा छ । हिजो चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ४१ पैसा र बिक्रीदर २२ रुपैयाँ ५० पैसा थियो ।
आज साउदी रियाल र कतारी रियालको भाउ पनि आज बढेको छ । आज साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ७० पैसा र बिक्रीदर ४० रुपैयाँ ८६ पैसा छ । यसैगरी आज कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ९२ पैसा र बिक्रीदर ४२ रुपैयाँ ९ पैसा कायम भएको छ ।
हिजो साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ३८ पैसा र बिक्रीदर ४० रुपैयाँ ५४ पैसा तथा कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ६२ पैसा र बिक्रीदर ४१ रुपैयाँ ७९ पैसा थियो ।
केन्द्रीय बैंकका अनुसार थाइ भाटको भाउ पनि आज बढेको छ । आज थाइ भाट एकको खरिददर ४ रुपैयाँ ६६ पैसा र बिक्रीदर ४ रुपैयाँ ६८ पैसा छ । हिजो थाइ भाट एकको खरिददर ४ रुपैयाँ ६२ पैसा र बिक्रीदर ४ रुपैयाँ ६४ पैसा थियो
आज युएई दिरामको भाउ पनि बढेको छ । आज युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ६१ पैसा र बिक्रीदर ४१ रुपैयाँ ७७ पैसा छ । हिजो युएई दिराम एकको खरिददर ४१ रुपैयाँ २८ पैसा र बिक्रीदर ४१ रुपैयाँ ४४ पैसा थियो ।
आज मलेसियन रिङ्गेटको भाउ पनि बढेको छ । आज मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ५२ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६७ पैसा छ । हिजो मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७९ पैसा थियो ।
साउथ कोरियन वनको भाउमा पनि वृद्धि भएको छ । आज साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ९९ पैसा र बिक्रीदर १० रुपैयाँ ३ पैसा छ । हिजो साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ७२ पैसा र बिक्रीदर ९ रुपैयाँ ७६ पैसा थियो ।
आज स्वीडिस क्रोनरको भाउ पनि बढेको छ । आज स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ २३ पैसा र बिक्रीदर १६ रुपैयाँ २९ पैसा छ । हिजो स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ २ पैसा र बिक्रीदर १६ रुपैयाँ ८ पैसा थियो ।
आज डेनिस क्रोनरको भाउमा पनि वृद्ध भएको छ । आज डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ६० पैसा र बिक्रीदर २३ रुपैयाँ ६९ पैसा तोकिएको छ । हिजो डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ३७ पैसा र बिक्रीदर २३ रुपैयाँ ४७ पैसा तोकिएको थियो ।
आज हङकङ डलरको भाउ पनि बढेको छ । राष्ट्र बैंकले आज हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ५० पैसा र बिक्रीदर १९ रुपैयाँ ५८ पैसा तोकेको छ । हिजो हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ३५ पैसा र बिक्रीदर १९ रुपैयाँ ४३ पैसा तोकिएको थियो ।
आज कुवेती दिनारको भाउ पनि बढेको छ । आज कुवेती दिनार एकको खरिददर ४९९ रुपैयाँ ४५ पैसा र बिक्रीदर ४९९ रुपैयाँ ४० पैसा तोकिएको छ । हिजो कुवेती दिनार एकको खरिददर ४९३ रुपैयाँ ९६ पैसा र बिक्रीदर ४९५ रुपैयाँ ९१ पैसा तोकिएको थियो
आज बहराइन दिनारको भाउ पनि बढेको छ । आज बहराइन दिनार एकको खरिददर ४०५ रुपैयाँ ३० पैसा र बिक्रीदर ४०६ रुपैयाँ ८९ पैसा छ । हिजो बहराइन दिनार एकको खरिददर ४०२ रुपैयाँ ०७ पैसा र बिक्रीदर ४०३ रुपैयाँ ६६ पैसा थियो ।
ओमनी रियालको भाउ पनि आज बढेको छ । आज ओमनी रियाल एकको खरिददर ३९६ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३९८ रुपैयाँ ५२ पैसा रहेको छ । हिजो ओमनी रियाल एकको खरिददर ३९३ रुपैयाँ ८० पैसा र बिक्रीदर ३९५ रुपैयाँ ३६ पैसा थियो ।
भारतीय रुपैयाँ एक सयको खरिददर भने सधैंझैं १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसामा स्थीर छ ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।








