सङ्घीय राजधानी काठमाडौँसहित मुलुकभरि नै हाइटेन्सन उच्च भोल्टेज ट्रान्समिसन लाइन विद्युत् प्रसारण तारमुनि जग्गाधनीहरूले नक्सा पारित नै नगरी अवैध रूपमा घर निर्माण गर्ने गरेको पाइएको छ । कानुनतः यस्ता जोखिमयुक्त क्षेत्रमा सम्बन्धित पालिकाले नक्सा पारित गर्न मिल्दैन । तर कतिपय जग्गाधनीले प्राधिकरणको मौन स्वीकृति वा सेटिङको भरमा अवैध संरचना खडा गर्ने गरेको पाइन्छ ।









