एसइई परीक्षाको नतिजा यही असार १३ गते प्रकासन गर्ने परिक्षा बोर्डको तयारी

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड,परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको एसइई परीक्षाको नतिजा बिहीबारसम्म सार्वजनिक गर्ने तयारी गरेको छ ।
कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले नतिजा सार्वजनिक गर्ने अन्तिम तयारीमा पुगेको जानकारी दिए ।
परीक्षा नियन्त्रक पौडेलले भने, ‘असार १५ गतेभित्र नतिजा सार्वजनिक गर्ने बोर्डको तालिका हो, तालिकाभन्दा पनि छिटो नतिजा सार्वजनिक गर्न बोर्ड र परीक्षा नियन्त्रण कार्यालयले तीव्र गतिमा काम गरेका छौँ, बिहीबारभित्र नतिजा सार्वजनिक गर्ने गरी काम भइरहेको छ ।’
उनले कर्मचारीहरुको समूह बनाएर काम भइरहेको बताए। उनले ५२ वटा परीक्षण केन्द्रमा उत्तरपुस्तिका परीक्षण भइ कार्यालयमा बाँकी काम भइरहेको जानकारी दिए ।
कार्यालयले गत वर्ष असार २४ मा एसइईको नतिजा सार्वजनिक गरेको थियो । परीक्षा नियन्त्रक पौडेलले यस वर्ष एसइईको नतिजा सैद्धान्तिक र प्रयोगात्मक फरक गरी सार्वजनिक गरिने बताए । यस वर्षको नतिजामा विद्यार्थीले सैद्धान्तिकतर्फ ७५ अङ्कको परीक्षामा ३५ प्रतिशत अर्थात् २७ अङ्क नल्याउनेलाई एनजी उल्लेख गरिने उनको भनाइ छ ।

1 COMMENT

  1. 1win казино — популярная платформа для онлайн азартных игр. Оно предлагает широкий выбор слотов, настольных игр и ставок на спорт в удобном интерфейсе. Бонусы для новых игроков и регулярные акции делают игру выгодной и увлекательной. 1win букмекерская контора мобильная версия для использования мобильной версии букмекерской конторы 1win. Стабильная работа сайта и быстрые выплаты делают 1win привлекательным выбором для любителей азарта.

LEAVE A REPLY