ताप्लेजुङको पाथीभरा सुन सरीको भेडेटारमा पनि

अब ताप्लेजु«डको पाथीभरा दर्शन गर्न ताप्लेजुङ नै पुग्नु पर्दैन । विकल्पको रुपमा सुनसरीको भेडेटारमा नै पाथिभराको दर्शन गर्न सकिने भएको छ । पहाडको बाटो , उकालो चढेर कष्टका साथ दर्शन गर्न जानु भन्दा सहरुपमा जान सकिने ठाउँ भेडेटारमा नै जान उपयुक्त ओलाकी ? आखिर उनै पाथिभरा त हुन् । ताप्लेजुङमा पुगेर मागेको वर र भेडेटार पुगेरमागेको वर समान हुने विश्वास ठानेर सिरहाका रामबाबु यादव शनिबार भेडेटारको पाथीभरा मन्दिरमा भेटिए। यो मन्दिरमा पूजा गरेमा मनोकाङ्क्षा पूरा हुने ठानेर आफू दोस्रोपटक आएको उनले बताए।
सुनसरीको दुहबी नगरपालिकाका विजयकुमार गौतमले पनि पाथीभरा दर्शन गरे चिताएको पूरा हुने विश्वासका कारण भेडेटार आएको बताए।
विराटनगरका उमेश साहले परिवारको प्रगति र शान्तिको कामना मन्दिर आएको बताए। उनले भने, ‘ताप्लेजुङको पाथिभरा पुग्न हामीलाई केही दिन लाग्छ, ठूलो पाथिभराको झै महत्व भएकाले यहीँ पूजा गरेको हुँ।’

उक्त मन्दिरमा पूजाअर्चना गरेमा मागेको कुरा पूरा हुन्छ भन्ने विश्वासका कारण प्रायः आफू सपरिवार आउने गरेको उनले बताए।

देशका विभिन्न भागका साथै भारतका सिक्किम, दार्जिलिङलगायत स्थानबाट यहाँ भक्तजन आउने गरेका मन्दिरका पुजारी आइतबहादुर लिम्बूले बताए।

दैनिक सरदर दुई सय ५० तथा वार्षिक ५० हजार भक्तजन आउने गरेका उनले बताए। यहाँ बिहानदेखि बेलुकासम्म पूजा हुने गरेकाले बेलुकासम्म नै मान्छेको चहलपहल हुने गर्दछ।

मन्दिरका कारण कोशी प्रदेशको धार्मिक पर्यटकीयस्थलका रूपमा भेडेटार विकसित भएको पुजारी लिम्बूले बताए। विगतमा देवीको यो मन्दिरमा भेडा–बोकाको बलि दिने गरिएकामा हाल परेवा उडाउने, फलफूल चढाउने र शृङ्गारका सामग्री चढाउने थालिएको छ।
ताप्लेजुङको पाथिभरा मन्दिर पुग्न नसक्नेहरूले यहीँबाट भाकल पूरा गर्ने पुजारी लिम्बू बताउँछन्।
समुद्र सतहबाट एक हजार चार सय मिटर उचाइमा रहेको देवीको मूर्तिलाई २०५७ सालमा मन्दिर स्थापना गरी पूजा गरिँदै आइएको छ।
यो मन्दिरबाट ताप्लेजुङको पाथीभरा देखिने भएकाले यसलाई सोही मन्दिरको प्रतीक मानेरै पूजाआराधना हुने गरेको छ।

LEAVE A REPLY