मानवतालाई चाहिने जति पनि संशाधन छन्, प्रक्रिया छन्, बौद्धिक क्षमता, स्वच्छ वातावरण, कानूनी अधिकार, सीप र प्रविधि सिक्नुपर्ने क्षेत्र छन् । प्राकृतिक वस्तु, पारस्परिक सहयोग हुन् । प्राय यी सबैनै प्राप्त गर्न पाउनु भनेको मानवाधिकार अन्र्तगत पर्छन् भने मानिसलाई सहजै रुपमा विचरण गरी आआफु बाँचेर अग्रगामी पाइला चाल्न पाउनु नै मानवाधिकार र देशभक्ति परस्परमा परिपूरक हुन् भन्ने कुरा प्रमाणित हुन्छ । मानिस स्वभावैले सामाजिक प्राणी हो, त्यसैले उसलाई परिवार, समाज र देश चाहिन्छ तर देशमा हुनुपर्ने काम चाहि नभएर अरु–अरु नै गतिविधि हुन थाल्यो भने मानिसको जीवन यात्रा चौपट हुन पुग्छ । यसर्थ मानवताको लागि नगरी नहुने काम आफुले गर्ने र अरुलाई पनि गर्न प्रेरणा दिने प्रक्रिया अन्र्तगत देशभक्ति झल्किन्छ । मानवाधिकारवादी परिपक्व सिद्धान्त र देशभक्ति पूर्ण शुद्धाचरण नभै अबको युग चल्न गाह्रै पर्ने देखिन थालेको छ । मानिसको आकर्षक व्यवहार नभए देश चल्दैन, देशमा हुनैपर्ने काम नभ मानवता पनि संकटमा पर्ने हुन सक्छ । मानिसले आफ्नो जीवनयात्रालाई सहज बनाउन देश बनाउनु पर्दछ । देश बनिए मात्र मानिसले आफ्नो अधिकार खोज्ने ठाउँ पाउन सक्छ । यसर्थ मानिसले देश बनाउन र आफ्नो अधिकार मजबुत पार्न देशभक्तिपूर्ण कदम चाल्दै प्राथमिकताको आधारमा कामहरु सम्पन्न गर्दै अग्रगामी पाइलाहरुलाई गतिशील बनाउन आवश्यक छ ।
प्रस्तुत छन् केही बुँदाहरुः
देशमा गर्नेपर्ने कामहरु मध्ये सबै नै परस्परमा सम्बन्धित भए पनि प्राथमिकताको आधारमा सम्पन्न गर्दै जाने नीति अवलम्वन गर्न सकियो भने अझ प्रभावकारी हुने गर्छः
तसर्थ
कृषि क्षेत्रलाई भरपर्दो बनाउनु पर्दछः
अन्न बाली र तरकारी बाली लगायत कृषि क्षेत्रमा उत्पादन गर्न सकिने जति पनि बालीनाली छन् यिनीहरुलाई उल्लेख्य रुपमा उत्पादन गरी नेपालीहरुलाई सजिलो हुने गरी प्राण धान्ने काममा त्रुटि हुन दिनु हुँदैन । कृषि क्षेत्रलाई मानिसको प्राणाधार क्षेत्र मानेर हुबहु प्रयासका साथ हामी नेपालीहरु आत्मनिर्भर बन्न सक्यौ भने अन्न खरिदका लागि अरबों रुपियाँले अरु महत्वपूर्ण कामहरु हामी गर्न सक्छौं । मानवताको सुरक्षा हुन्छ, देश बनाउन सजिलो पर्दछ ।
शिक्षा जगत हौसलापूर्ण हुनुपर्दछ ।
शिक्षाबाट पाइने र चाहिने जति पनि उपलब्धिहरु छन् ती सबै जसो शिक्षा आर्जन गर्ने जति मानिसले पाएको अवस्था हुनुपर्दछ । आजको आधुनिक युगमा विचरण गर्दै गरेको मानिसले आफुले शिक्षा पाउन सकेन भने उसँग भएका थप क्षमताहरु त्यसै निष्क्रिय भएर जान सक्छन् । आफ्नो देशको नागरिक काम पनि गर्न जान्दैन, जानेर गर्छु भन्दा पनि पाउँदैन भने देश कता पुग्छ हामी सबैले सोचौ । नागरिकहरु आफ्नो क्षमताको आधारमा उत्पादन र उत्पादकत्वलाई नबढाउने हो भने यसलाई पनि हामीले मध्यनजर लगाउनै पर्छ । त्यसैले शिक्षा जगतलाई दोस्रो नम्बरमा राखेर कदम चाल्नु आवश्यक छ ।
नागरिकहरु निरोगी बन्न सक्नुपर्दछः
यहाँ नागरिकहरु भन्नाले देशमा रहेका सबै जनताहरुलाई इंगित गर्ने प्रयास भएको छ । अब हाम्रो देश नेपालको कुनै घरमा बाँच्ने उपाय संशाधनहरु पुग्दो मात्रामा छन्, परिवारका सबै सदस्यहरु विद्वान छन्, काम गर्न कोही असक्षम छैनन् तर आधार जसो बिरामी छन् भने त्यो घरको हालत कस्तो होला, त्यस्तै देशका नागरिकहरुलाई रुग्णताले छाउँदै जाने हो भने देशको प्रगति भनेको बिरामी निको हुँदै ठिक्क
होला । अनि कसरी होला देशको विकास रु माथि उल्लेख कृषि र शिक्षालाई जस्तै सँगसँगै भने जस्तो स्वास्थ्य क्षेत्र पनि उत्तिकै सशक्त हुन आवश्यक देखिन्छ । निरोगी भै बाँच्न पाउने अधिकार पनि मानवाधिकार अन्र्तगत पर्न सक्छ । देश चलाउन नागरिकहरुलाई अधिकार दिने र देश भक्तित्व भावलाई अझ सशक्त बनाउन पनि आरोग्यताको नै खाँचो पर्दछ । यातायात र सञ्चारका साधनहरु विश्वसनीय र पुग्दो मात्रामा हुनुपर्दछः
यातायात भन्नाले स्थलमार्ग, हवाइमाग भन्ने बुझिन्छ भने सञ्चार भन्नाले मुलुकमा कहा कहाँ के भैरहेको छ सो बारे जानकारी लेनदेन भन्ने बुझिन्छ । मानव जीवनमा यी माध्यमहरुले पनि निकै महत्व खट्किने भएकोले यातायात र सञ्चारका साधनहरुलाई निकै गम्भीरतापूर्वक व्यवस्थित गर्न सकिएन भने मानवाधिकार र देशभक्ति प्रक्रिया राम्रोसँग नचल्ने हुन जान्छ । वर्तमान सम्मको गतिविधिलाई हेर्दा त्यति विश्वसनीय नभै राखेको अवस्था देखा परिराखेको छ, किनकी कहिले हवाई दुर्घटना, कहिले बस खोलामा परेर हराउने जस्ता अप्रिय घटनाक्रमले देशलाइ आक्रान्त पारिराखेकै छ । मानिसको जीवनमा नभै नहुने यस्ता साधनहरुलाई भरपर्दो बनाउन सके मानवाधिकार र देशभक्तिपूर्ण कार्य प्रणाली मजबुत भएर देश अगाडि बढ्न सक्ने थियो ।
वन पैदावार र खानी उद्योगलाई प्रभावकारी बनाउन आवश्यकः
पुर्खाले भनेको कहाँ झुटो हुन्थ्यो र रु साँच्चै नै हो रहेछ “हरियो वन नेपालको धन” भन्ने लोकोक्ती । आफुले गर्न पाए हुन्थ्यो चाहि होइन, अर्काले गरिदिए हुन्थ्यो भन्ने मानसिकताले नेपालीहरुलाई सताउन थालेको अनुभूत हुँदैछ । यस्तो नभएर आफ्नै लागि आफैले गर्न पाए हुन्थ्यो भन्ने सोच हुने हो भने हरियो वन पनि नेपाली धर्तीको बलियो अर्थतन्त्रको जग हुने थियो । धेरैभन्दा धेरै चिजबिजहरु वनमा उत्पादन गर्न सकिन्थ्यो नेपालीको जीवनस्तर उकास्न, देशको अर्थतन्त्र मजबुत पार्न वन पैदावार र खानी उद्योगबाट असम्भव हुने
थिएन ।
दायित्व र विकासः
राज्यको अस्तित्व जोगाउन संसारका हरेक राष्ट्रले आवश्यक संयन्त्रहरु निर्माण गरेकै हुन्छन् । राज्यका अंगहरु परिचालन गर्नु हरेक राष्ट्रको प्रमुख दायित्व हुन्छ भने सँगसँगै विकास प्रक्रियालाई पनि अगाडि बढाउनु पर्ने हुन्छ । यसैले माथि उल्लेख पाँच वटा बुँदाहरु पनि विकास प्रक्रिया अन्र्तगतका भए पनि दायित्व प्रकरणको रुपमा सम्झेर देशको राजनीति हाँक्ने राष्ट्रिय व्यक्तित्वहरुले गम्भीर भै सोचेर लागि परिदिनु भए भने नेपाली जनताको दिन फिर्ने कुरामा शंका गर्नुपर्ने छैन तर आवश्यक कुराहरुमा ध्यान नदिएर राजनैतिक सिद्धान्त अन्र्तगत मानविय सिद्धान्त परेन भने दुर्भाग्यले साटो नफेर्ला भन्न सकिन्न । संसारको सामु हामी नेपाली इमान्दार र बहादुर नै छौं । त्यसैले काम परि आइलाग्दा पछि पनि पर्ने छैनौं । राष्ट्र सप्रिएर गाँजिने छौं ।
म्बmदबच