राप्रपाको धमाधम जिल्ला अधिवेशन हुँदै

काठमाडौं । देशको फरक धारको नेतृत्व गरिरहेको राष्ट्रिय प्रजातन्त्र पार्टीराप्रपा जिल्ला अधिवेशनको लागि सक्रिय रुपमा लागेको छ । यस क्रममा केही दिन अघि काभ्रेमा जिल्ला अधिवेशन सम्पन्न भएको छ । केन्द्री अध्यक्ष राजेन्द्र लिङ्देनले उद्घाटन गरिएको अधिवेशनले सहदेव भण्डारीलाई अध्यक्ष चयन गरेको छ । यसअघि भक्तपुरको जिल्ला अध्यक्षमा अर्जुन कार्की चयन भइसकेका छन् ।
राप्रपाले आगामी २०८२ वैशाख मसान्तभित्र जिल्ला अधिवेशन गर्न जिल्ला–जिल्लामा निर्देशन दिइसकेको छ । ७७ वटै जिल्लाको जिल्ला अधिवेशन भव्य र सभ्य रुपमा सम्पन्न गर्न केन्द्रमा तोरणबहादुर गुरुङको अध्यक्षतामा नौ सदस्यीय समिति गठन गरिएको छ । सो समितिको सदस्यहरुमा राजाराम श्रेष्ठ, निरुपमा यादव, रमानन्द न्यौपाने, भरतजंग उप्रेती, डा।जयन्त खनाल, अमृत पुडासैनी, सोती थापा रहेका छन् । सो समितिको सदस्य सचिवमा श्यामबहादुर शाही रहेका छन् । अहिलेसम्म ५० जिल्लामा निर्वाचन समिति गठन भइसकेको र अरु जिल्लामा पनि निर्वाचन समय गठन प्रक्रियामा रहेको केन्द्रीय निर्वाचन समितिका अध्यक्ष तोरणबहादुर गुरुङले जानकारी दिए ।

LEAVE A REPLY