रासन पानी देखी लत्ताकपडा खरिदमा समेत प्रहरीघोटाला घोटाला

काठमाडौं । नेपाल प्रहरीमा रासन पानी खरिदमा ठूलो घोटला हुँदै आइरहेका बेला पछिल्लो समय लत्ता कपडा खरिदमा समेत त्यस्तै घोटाला भएको स्रोतको दावी छ । प्रहरीहरुको मेषमा न्यून गुणस्तरको खाना खुवाएर मध्यम र उच्च गुणस्तरको खाना खुवाएको बिल बनाएर विल पेश गरेको प्रहरी जवानहरुले नै बताउने गरेका छन् । प्रहरीको लेखा विभाग र प्रहरीको उच्चाधिकारीको सेटिङ्गमा त्यस्तो काम हुँदा उनीहरु मालामाल भएको असन्तुष्ट प्रहरीहरुले नाम नखुलाउने शर्तमा सुदामालाई बताएका छन् ।
पछिल्लो समय नेपाल प्रहरीको ट्रयाकसुट खरिदमा ४ करोड घोटाला भएको सार्वजनिक भएको थियो । ६० हजार ट्रयाक सुट खरिद गर्दा ११ करोड ५४ लाख २० हजार भुक्तानी हुँदा ४ करोडभन्दा बढी घोटाला भएको स्रोतको दावी छ । ठेकेदार रितेश अग्रवालले मिलेमतोमा नेपाल प्रहरीका अधिकृतदेखि जवानसम्मले लगाउने ट्रयाकसुट कम गुणस्तरको भएको स्रोतको दावी छ । पहिलो लटमा ल्याएको कपडा परिक्षणका लागि पठाएकोमा नमुना अनुसारकै भए पनि पछिल्लो लटमा ल्याएको सबै कपडा न्यून गुणस्तरको हुँदा केही समयमै च्यातिने गरेका छन् । एक प्रहरी अधिकारीले भनेका छन्– ‘सरकारले दिन सबैजसो कपडा कमसल, गुणस्तरहित र मापदण्ड बाहिरका छन् । त्यसैले ती कपडा २ महिनाभन्दा बढी टिक्दैनन् ।’
ती प्रहरी अधिकारीका अनुसार दोस्रो र तेस्रो खेपमा ल्याएका कपडा गुणस्तरहिन भएको र कपडा खरिदको नाममा करिब ४ करोड रुपैयाँ घोटाला गरिएको बुझिएको छ ।

LEAVE A REPLY