शुक्रबार, अशोज १२, २०८०
Friday, September 29, 2023

पशुपति बचत तथा ऋण सहकारी पनि समस्याग्रस्त

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    3.9K
    Shares

श्रावण ८, काठमाडौं । वर्तमान समयमा विभिन्न बचत सहकारीहरु ध्माधम समस्याग्रस्त हुँदै भाग्ने, डुब्ने तथा पुँजीको अपचलन गरी आफ्नो मात्र खल्ती भर्ने समाचारहरु आइरहेकोमा पुनः अर्काे सहकारी पशुपति बचत तथा ऋण सहकारी संस्था पनि समस्याग्रस्त घोषणा भएको छ । मन्त्रिस्तरीय निर्णयले पशुपति सहकारीलाई समस्याग्रस्त घोषणा गरेको हो ।
पशुपति सेभिङ एण्ड क्रेडिट को अपरेटिभ लिमिटेडले २०७७ सालदेखि बचतकर्ताको बचत फिर्ता नगरेको सम्बन्धमा कारवाही हुँदा सहकारी ऐन, २०७४ अनुसार समस्याग्रस्त घोषणा गरेको मन्त्रालयले जनाएको छ ।
ऐनको दफा १०४ को उपदफा (१) को खण्ड (क) देखि (च) सम्मको अवस्था विद्यमान रहेकोले सहकारी विभागका रजिष्ट्रारको सिफारिसमा सोही ऐनको दफा १०४ को उपदफा (२) बमोजिम समस्याग्रस्त घोषणा गरेको मन्त्रालयले उल्लेख गरेको छ ।
मन्त्रालयले उक्त संस्थाको सम्पत्ति व्यवस्थापन र दायित्व भुक्तानीसम्बन्धी कार्य गर्न सोही ऐनको दफा १०५ बमोजिम गठित समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा पठाइएको विज्ञप्तीमा जानकारी गराएको छ ।
सहकारी विभागले २९ फागुन २०७९ मा सहकारीलाई समस्याग्रस्त घोषणा गर्न सिफारिस गरेको थियो । यस्तै विभागले सहकारीका अध्यक्ष सीबी लामासहित सञ्चालक र व्यवस्थापकलाई पक्राउ गरी अनुसन्धान गर्न सीआईबीलाई पत्राचार गरेको थियो । यद्यपि सीआईबीले अहिलेसम्म कारबाही अगाडि बढाएको छैन ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x