शुक्रबार, अशोज १२, २०८०
Friday, September 29, 2023

तथ्य र प्रमाणको आधारमा जो कोहीलाई पनि कार्वाही गरिनेछः गृहमन्त्री श्रेष्ठ

  • 3.3K
  •  
  •  
  •  
  •  
  •  
  •  
    3.3K
    Shares

८ साउन, काठमाडौं । पुष्पलाल स्मृति दिवसको अवसरमा पुष्पलाल मित्रता केन्द्रले गरेको एक कार्यक्रममा सम्बोधन गर्दै उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्ट्राचार तथा अनियमिततामा संलग्न जो कोहीलाई पनि नछाड्ने भाव व्यक्त गरेका छन् । गृहमन्त्री श्रेष्ठले दोषीलाई नछाड्ने भन्दै स्वच्छ र निश्पक्ष ढंगले अनुसन्धान अगाडि बढाउन निर्देशन दिइएको पनि बताएका छन् ।
सम्बोधनकै क्रममा उनले भने जो दोषीलाई छोड्नु कुनै पनि हालतमा नछाड्ने र निर्दोष व्यक्ति नफसुन् भन्ने मान्यताका साथ काम गर्ने बताए ।
राजनीतिक नेताहरुलाई एउटा, राजनीतिमा नरहेकाहरुलाई अर्को कानुन हुन नसक्ने उनले बताए । उपप्रधानमन्त्री श्रेष्ठले अगाडि भने, ‘कर्मचारीलाई एउटा कानुन, त्यो कर्मचारी कहाँ धाउनेलाई अर्को कानुन हुन सक्दैन । धनीलाई एउटा कानुन, गरिबलाई अर्को कानुन म मान्दिन, सरकारले त्यसलाई स्वीकार गर्न सक्दैन । काननु सबैका लागि समान हुन्छ ।’
तर कसैलाई बढी ग¥यो त कसैलाई तान्नुपर्नेलाई तानेन भन्ने लागेको उनले बताए । ‘तपाईंको मनले ठानेको वा तथ्य नै पनि होला । तर प्रमाण नभएसम्म राज्यले सरकारले केही गर्न सक्दैन । ब्याक फायर हुने काम गर्दैन’, उनले भने ।
तथ्य प्रमाणले भेटेसम्म सबैलाई कानुनको दायरामा ल्याउने गृहमन्त्री श्रेष्ठले बताए । माओवादी केन्द्रको होस्, कांग्रेसको होस्, एमालेको होस्, एकीकृत समाजवादीको होस्, जनता समाजवादीको होस्’, उनले भने, ‘पार्टीको मलाई कुनै तलब छैन, सरकारलाई कुनै मतलब छैन । सबै समान हुन् कि भ्रष्टाचारी हुन् कि भ्रष्टाचारी होइनन् । कि दोषी हुन् कि दोषी होइनन् ।’

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x