शुक्रबार, अशोज १२, २०८०
Friday, September 29, 2023

मैदानको अभावमा मौका गुम्ने डर

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    985
    Shares

काठमाडौं । मच्छिन्द्र फुटबल क्लब आफ्नै मैदान नहुँदा समस्यामा परेको छ । मच्छिन्द्र क्लबले पत्रकार सम्मेलन गर्दै सो कुरा बताएका हुन् । सम्मेलनमा मच्छिन्द्र क्लबले एएफसी कप फुटबल प्रतियोगिताको प्रारम्भिक छनोटका लागि मैदान अभाव भएको जनाएको हो । एएफसी लाइसेन्स प्राप्त गरेको क्लबसँग आफ्नै मैदान अनिवार्य हुनुपर्छ । नेपालीको घरेलु लिगमा एएफसी लाइसेन्स पाएको मच्छिन्द्रसँग आफ्नै मैदान छैन । मैदान अभावका कारण नै मच्छिन्द्रले एएफसी कपको तयारी राम्रोसँग गर्न नपाएको क्लबका अध्यक्ष सुनील कपालीले नयाँ पत्रिकालाई बताएका छन् ।
मैदानको अभाव हुँदा पनि क्लबले तयारी सुरु गरिसकेको छ । ‘हामीले तयारी सुरु गरिसक्यौँ, तर मैदान अभाव हुँदा सोचेजस्तो भएको छैन,’ कपालीले भने । मच्छिन्द्रले आगामी ८ अगस्टमा भुटानको लिग च्याम्पियन पारोसँग दशरथ रंगशालामा एएफसी कपको प्रारम्भिक छनोटमा प्रतिस्पर्धा गर्दै छ । खेलमा विजयी भए मच्छिन्द्रले दोस्रो चरणमा भारतको आइएसएल टोली मोहन बगानसँग खेल्नेछ । यो खेल मोहन बगानको मैदानमा हुनेछ ।
प्रारम्भिक छनोटको तयारीबारे मच्छिन्द्रले जानकारी दिन सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा मैदान अभावका कारण प्रशिक्षणमा समस्या आइरहेको कपालीले बताएका छन् । मच्छिन्द्रले सातदोबाटोस्थित एन्फा कम्प्लेक्स र चर्च ब्वाइज युनाइटेडको मैदानमा अभ्यास गरिरहेको छ । एन्फा कम्प्लेक्समा अहिले यू–१६ ‘ए’ डिभिजन लिग चलिरहेको छ । चर्च ब्वाइजको मैदान वर्षाका कारण खेल्ने अवस्था छैन ।

मच्छिन्द्रका मुख्य प्रशिक्षक किशोर केसीले २३ खेलाडीलाई प्रशिक्षणमा राखे पनि तयारी गतिलो नभएको जनाए । ‘दशरथ रंगशालामा खेल्दा प्रतियोगिता खेल्नुअगाडि नै मैदान बिग्रने सम्भावना हुन्छ,’ प्रशिक्षक केसीले भने, ‘एन्फा कम्प्लेक्स लिगमा व्यस्त हुँदा भनेको जस्तो हुन सकेको छैन । घरेलु फुटबलकै अनुभवी प्रशिक्षक केसीले एएफसी कपको छनोट चरणमा मच्छिन्द्रको जिम्मेवारी लिनेछन् । क्लबसँगको सम्झौता समाप्त भए पनि मच्छिन्द्रको व्यवस्थापन पक्षले उनलाई नै एएफसी कपसम्म जिम्मेवारी दिएको हो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x