कांग्रेस केन्द्रीय समिति बैठकको तिक्तता मेट्न शशांकको चियापान कूटनीति


काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समिति बैठकको होली डे अर्थात् फुर्सदको दिन पूर्वमहामन्त्री डा।शशांक कोइरालाले मंगलबार बिहान चियापानको आयोजना गरे । लैनचौरस्थित ब्याक्वेटमा आयोजना गरिएको चियापानमा कांग्रेसका सबै शीर्ष नेता सहभागी भए ।
कांग्रेस केन्द्रीय समिति बैठक बुधबार अपराह्न ४ बजे बस्दैछ । बैठकमा सभापति शेरबहादुर देउवाले आफ्ना विचार राख्नेछन् । केन्द्रीय सदस्य र पदाधिकारीले राखेका प्रश्नको जवाफ दिनेछन् । र, बैठक महत्वपूर्ण निर्णय गर्दै समापन हुनेछ ।
केन्द्रीय समितिको बैठक जुन अपेक्षा गरेर राखिएको थियो, त्यसमा खरो रूपमा उत्रिन नसकेको गुनासो सुनिन थालेको छ । नेताहरू बैठकका एजेन्डाभन्दा अन्य विषयमै केन्द्रित भएको, सात मिनेटमा सबै कुरा भन्न नसकिएको, सभापति र महामन्त्रीको पक्ष विपक्षमा विभक्त भएको देखियो ।
यसले पार्टीका नेताहरूमा एक किसिमको तिक्तता उत्पन्न गरेको छ । त्यसैले त्यो तिक्तता मेट्न केन्द्रीय सदस्य शशांक कोइरालाले चियापानको आयोजना गरेका हुन् । चियापानमा सभापति देउवा, महामन्त्री थापा, डा।शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंहलगायत सबै नेताहरू सहभागी भएका थिए ।
नेता शशांक कोइरालाले कांग्रेसको विकल्प अरू हुन नसक्ने बताए। उनले कांग्रेस एक भएको खण्डमा देशमा ठूलो परिवर्तन आउने भन्दै अहिलेको आवश्यकता एकताबद्ध कांग्रेस हुनु रहेको बताए। उनले आफूले आयोजना गरेको चियापान समारोह कांग्रेसबीचको भाइचारा सम्बन्ध स्थापित गराउने माध्यम भएको औँल्याए।
‘पार्टी एक भएको छ, यो पार्टी एक भएको खण्डमा कांग्रेसले धेरै ठूलो परिवर्तन ल्याउन सक्छ । हामी एकताबद्ध भएर हिँड्नुपर्छ भनेर हामी भेला भएको हो । पाँच दिन छलफल भयो, एक किसिमले रिल्याक्स गर्न पनि हो।
भाइचाराको सम्बन्ध स्थापित गर्न चियापान आयोजना गरेको हो। आउँदो दिनमा कता जाने हो रु त्यो तय गर्नुपर्छ। कांग्रेसको विकल्प अरू छैनन् कांग्रेस नै हो। भविष्य कांग्रेससँग छ। हामी एक भयौँ भने कांग्रेसलाई कसैले हराउन सक्दैन। त्यसैले एक भएर जाऔँ,’ उनले भने ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE