शुक्रबार, अशोज १२, २०८०
Friday, September 29, 2023

एक क्विन्टल सुन बरामद काण्ड सामसुम पार्न लागिएको हो ?

काठमाडौँ । मंगलबार हङकङबाट क्याथे प्यासिफिक एयरलाइन्समार्फत आएको कम्तीमा एक सय किलो सुन राजश्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो । पाँच दिनसम्म सिनामंगलस्थित कार्गोमा राखिएको सुन बुधबार भन्सार तिरेर लैजाने क्रममा ट्याक्सीबाट बरामद गरिएको थियो । राजश्व अनुसन्धान विभागले प्रहरीलाई समेत खबरै नगरी सुन बरामद गरेकाले ठूलो रहस्य देखिएको छ ।

राजश्व अनुसन्धान विभाग प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गत छ । तर प्रहरीसँग समन्वन नगरिएपछि गृहमन्त्री नारायणकाजी श्रेष्ठ त्यति खुल्न सकेका छैनन् । कि त एयरपोर्टमै रहेको प्रहरी युनिटसँग सेटिङ गरिएको हुनसक्ने वा राजश्व अनुसन्धानका कर्मचारीसँग बार्गेनिङ नमिलेपछि सुनकाण्ड बाहिरिएको हुनसक्ने आकलन गरिएको छ । बुधबार सुन बरामद भएपछि हङकङबाट आउन लागेको थप कार्गो होल्ड गरी उतै विमानबाटै फर्काएको समाचार बाहिरिएको छ ।

हङकङमा कार्गोको काम गर्ने नेपाली र चिनियाँ व्यापारीले अहिले आएको सुनका मालिक नेपाली नै हुनसक्ने अभिव्यक्ति दिएका छन् । एक अर्बभन्दा बढीको सुन सामान्य मान्छेले ल्याउन सक्दैन । व्यवसायी दीपक मल्होत्राको नाम जोडिएकाले पनि यो घटना विस्तारै सेलाउँदै गएको संकेत देखिएको छ । अहिलेसम्मका सबै सुनकाण्डमा नेपाल प्रहरीको सिआईबीले अनुसन्धान गर्दै आएको थियो । यसपटक सिआईबीलाई जानकारीसमेत नदिइएकाले त्यतिकै सामसुम हुने खतरा बढेको हो ।

आमजनताले एक क्विन्टल सुन बरामद काण्ड पहिलेको ३३ किलो सुनकाण्ड जस्तै फासफुस हुने हो कि भन्ने आशंका गर्न थालेपछि राजश्व अनुसन्धान विभागले प्रहरीको सहयोग मागेको छ । विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार जाँच पार गरेर बाहिरिएको सुन प्रकरणको छानबिनका लागि प्रहरीको सहयोग मागेको हो ।

विभागले सहयोग मागेपछि प्रहरी प्रधान कार्यालय, नक्सालले एसपी कृष्ण पंगेनीलाई पठाउने गरेको गरेको स्रोतको भनाइ छ । पंगेनी यसअघि उपत्यकाभित्र हुने गम्भीर प्रकृतिका अपराध अनुसन्धान गर्ने निकाय उपत्यका अपराध अनुसन्धान कार्यालयमा काम गरिसकेका अधिकृत हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राजश्व अनुसन्धान विभागले एक सय क्विन्टल सुन बरामद गरेपछि त्यसबारे बुझ्न आइतबार गृहमन्त्री श्रेष्ठ विमानस्थल भन्सार कार्यालय पुगेका थिए । त्यसक्रममा उनले राजश्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगाना, अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीलगायतसँग छलफल गरेका थिए । त्यसपछि विभागले प्रहरी प्रधान कार्यालय, नक्साललाई पत्राचार गरेर सहयोग मागेको स्रोतको भनाइ छ । यदि गृहमन्त्री श्रेष्ठ, प्रहरी महानिरीक्षक बसन्त कुँवर भन्सार कार्यालय नपुगेको भए अहिलेसम्म केस सामसुम भइसक्ने बताइन्छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x