शुक्रबार, अशोज १२, २०८०
Friday, September 29, 2023

नेप्सेमा ३६.१९ को गिरावट

  • 458
  •  
  •  
  •  
  •  
  •  
  •  
    458
    Shares

श्रावण ९, काठमाडौं । मंगलबार नेप्से परिसूचक घटेर बन्द भएको छ। यस दिन नेप्से परिसूचक ३६.१९ अंक घटेर २१६४.३१ विन्दुमा झरेको छ।
आइतबार मौद्रिक नीति मार्फत शेयर धितो कर्जाको विद्यमान जोखिम भार सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने समाचार आएसँगै उच्च गतिमा बढेको बजार सोमबारदेखि घट्न थालेको हो। सो दिन बजार सकिएपछि भएको पत्रकार सम्मेलनमा गभर्नर महाप्रसाद अधिकारीले शेयर धितो कर्जा प्रवाह गर्दा ५० लाख रुपैयाँ सम्मको कर्जामा मात्र जोखिम भार शतप्रतिशत रहने व्यवस्था परिमार्जन गरिएको जानकारी दिएपछि सोमबारदेखि बजार घट्न थालेको हो।
यस दिन सेन्सेटिभ इण्डेक्स ७.६२ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.८१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.९४ अंक घटेको छ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन साढे ४ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २६७ स्टकको ५३ हजार ५७० पटकको कारोबारमा २ अर्ब ९१ करोड ७ लाख रुपैयाँ बराबरको ७७ लाख १६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
पछिल्ला कारोबार दिनहरुमा सकारात्मक सर्किट लेभलमा कारोबार भइरहेको किसान लघुवित्तको शेयर, यस दिन पनि सकारात्मक सर्किट लेभलमा नै कारोबार भएको छ। त्यसैगरी, यस दिन सिटि होटलको शेयरमूल्य ७.७४ प्रतिशत बढेको छ। यस दिन नबिल बैंकको ऋणपत्रको मूल्य सर्वाधिक ६.८७ प्रतिशत घटेको छ भने बिपिडब्लु लघुवित्तको शेयरमूल्य र सानिमा बैंकको ऋणपत्रको मूल्य ५ प्रतिशतभन्दा बढी घटेको छ।
कारोबार रकमका आधारमा यस दिन सोल्टी होटल शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १५ करोडभन्दा बढीको शेयर कारोबार भएको छ। त्यसैगरी, यस दिन शिवम् सिमेन्ट्को १० करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।
१३ उपसमूहमध्ये यस दिन होटल तथा पर्यटन उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक घटेको छ। यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक १.२२ प्रतिशत बढेको छ। कारोबारमा आएको बैंकिङ्ग तथा विकास बैंक उपसमूहको परिसूचक यस दिन २ प्रतिशतभन्दा बढी घटेको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x