राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान अधिकृतको मृत्यु


१० साउन, काठमाडौं । सर्लाहीको ईश्वरपुर नगरपालिका–९, खोरिया टोलमा राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत एक अनुुसन्धान अधिकृतको मृत्यु भएको छ ।
ईश्वरपुर नगरपालिका–६, बयलवास बजार निवासी २९ वर्षीय बसन्त साह फूलजोर–त्रिभुवननगर सडकखण्ड अन्तर्गत खोरिया टोल नजिकैको कल्भर्ट मुनि आज बिहान मृत फेला परेका हुन् । सोही स्थानमा उनले प्रयोग गर्ने बागमती प्रदेश ०२–०१६ प ००७१ नम्बरको मोटरसाइकल दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ ।
घटनाको प्रकृति हेर्दा साहको मोटरसाइकल दुर्घटनामा ज्यान गएको जस्तो देखिएको र विस्तृत अनुसन्धान भइरहेको सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीले जानकारी दिएका छन् ।
उनका अनुसार उनी ड्युटी सकेर राति घर फर्किइरहेका थिए । ‘राति परिवारलाई फोन गरेर म राति १० बजेतिर घर आइपुग्छु पनि भन्नु भएको रहेछ,’ एसपी सुवेदीले भने, ‘तर भनेको समयमा नफर्किएपछि सोधीखोजी गर्दा आज बिहानमात्र दुर्घटनाग्रस्त अवस्थामा फेला पर्यो ।’
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE