शुक्रबार, अशोज १२, २०८०
Friday, September 29, 2023

चीन २३ रनमा अल आउट इद्रुसले राखे विश्वकिर्तिमान

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    3.9K
    Shares

मलेसियाका तीव्र गतिका बलर स्याजरुल इजात इद्रसको विश्व कीर्तिमानी बलिङसँगै आइसिसी टि२० विश्वकप एसिया क्षेत्र छनोट बी को पहिलो खेलमा चीन मात्रै २३ रनमा अल आउट भएको छ ।

मलेसियाको बायोमास ओभल क्रिकेट मैदान टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको चीन ११।२ ओभरमा २३ रनमा अल आउट भयो ।

चीनका कुनैपनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । ६ खेलाडी खाता खोल्न नसकी आउट भए । टोलीका लागि ओपनर विई गुओलीले १५ बलमा सर्वाधिक ७ रन बनाए ।

मलेसियाका तीव्र गतिका बलर इद्रुसले ४ ओभरमा १ मेडनसहित ८ रन खर्चेर ७ विकेट लिए । उनी टि२० आई क्रिकेट इतिहासमा एकै खेलमा ७ विकेट लिने पहिलो खेलाडी बनेका छन् । यसअघि टि२० आईमा एकै खेलमा उत्कृष्ट प्रदर्शन नाइजेरियाका पि आहोले २०२१ मा सेरा लिओनविरुद्ध ३।४ ओभरमा १ मेडनसहित ५ रन खर्चेर ६ विकेट लिएका थिए ।

टि२० आई इतिहासको यो तेस्रो कम योगफल हो । टि२० आईमा सबैभन्दा कम रनमा आस्ल अफ म्यान गत फेब्रुअरीमा स्पेनसँग १० रनमा अल आउट भएको थियो ।

त्यस्तै टर्की चेकरिपब्लिकसँग २०१९ मा २१ रनमा अल आउट हुन पुगेको थियो । मलेसियाले उक्त लक्ष्य ४।५ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । मलेसियाका विरनदीप सिंहले १४ बलमा २ चौका र १ छक्कासहित सर्वाधिक १९ रन बनाए ।

यस प्रतियोगितामा मलेसिया, चीन, थाईल्यान्ड, भुटान र म्यानमार छन् । प्रतियोजिता विजेता टोली आगमी असोजमा नेपालमा हुने एसिया विश्वकप छनोट खेल्न पाउनेछ । एजेन्सी

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x