शुक्रबार, अशोज १२, २०८०
Friday, September 29, 2023

मोटरसाईकलले ठक्कर दिँदा पैदलयात्रुको मृत्यु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    1.1K
    Shares

श्रावण ११ , दाङ। दाङको लमही नगरपालिका–१ गए राति मोटरसाइकलले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ ।

रा४प ५६०७ नम्बरको मोटरसाइकलले देउखुरीको नर्तीमा ठक्कर दिँदा सोही ठाउँका ४० वर्षीय सन्तु चौधरीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक राजनकुमार गौतमका अनुसार सडकमा पैदल हिँडिरहेका चौधरीलाई मोटरसाइकलले ठक्कर दिएर गम्भीर घाइते बनाएको थियो । गम्भीर घाइते उनको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

ठक्कर दिने मोटरसाइकल वडा प्रहरी कार्यालय लमहीमा राखिएको छ । मोटरसाइकल चालक फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x