शुक्रबार, अशोज १२, २०८०
Friday, September 29, 2023

घुस लिएको आरोपमा प्रहरी  हबल्दार पक्राउ

११ साउन, काठमाडौं । काठमाडौंस्थित  बुढानीलकण्ठ प्रहरी प्रभागमा कार्यरत बरिष्ठ हबल्दार विष्णु सिंह  घुस लिएको आरोपमा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई बुधबार  पक्राउ गरेको हो ।

अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार बरिष्ठ हबल्दार सिंहले खोलाको ढल सरसफाइ तथा निकास गर्दा निस्किएको बालुवा व्यवस्थापन गर्न सहजीकरण गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस लिएका थिए ।

सोही सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले सिंहलाई सेवाग्राहीबाट एक लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा र उक्त रकमको स्रोत नखुलेको ६२ हजार ५१५ रुपैयाँसहित सहित पक्राउ गरिएको आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x