शुक्रबार, अशोज १२, २०८०
Friday, September 29, 2023

कम्बोडियाका प्रधानमन्त्री हुन सेनले राजीनामा दिने घोषणा

ह्लाई सत्ता सुम्पिँदै
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    521
    Shares

साउन १०, काठमाडौं । संसारकै सबैभन्दा लामो समयसम्म सत्ता सम्हाल्नेमध्येका एक कम्बोडियाका प्रधानमन्त्री हुन सेनले राजीनामा दिने घोषणा गरेका छन् । उनले आफू प्रधानमन्त्री पदबाट राजीनामा दिने र आउँदो हप्तामा छोरालाई पद सुम्पने घोषणा गरेका हुन् ।

कम्बोडियन पिपुल्स पार्टी ९सीपीपी०ले आम चुनावमा सबै सिट जित्ने दाबी गरेको करिब तीनपछि हुन सेनको घोषणा आएको हो ।

७० वर्षीय हुन सेन झन्डै चार दशकसम्म सत्ता सम्हालेपछि झनै अधिनायकवादी बन्दै गएको बीबीसीले लेखेको छ ।

यसअघि सन् २०२१ मा पनि सत्ता हस्तान्तरणको संकेत देखिएको थियो । हुन सेनका जेठा छोरा हुन मानेट लामो समयदेखि प्रधानमन्त्रीको भूमिकाका लागि तयार पारिएका छन् । केही समयअघिसम्म उनी शाही कम्बोडियन सेनाको कमान्डर थिए ।

बुधबार हुन सेनले आफ्ना छोरालाई १० अगस्टमा प्रधानमन्त्री नियुक्त गरिने बताएका हुन् । सरकारी टेलिभिजनमार्फत विशेष सम्बोधन गर्दै उनले भनेका छन्, “मैले प्रधानमन्त्रीको रूपमा निरन्तरता नदिने घोषणा गर्दा म जनतासँग समझदारी माग्न चाहन्छु ।”

पदमा बस्दा अस्थिरता निम्तिन सक्ने भन्दै उनले राजीनामा दिन लागेको बताएका छन् । तर, पनि सत्तारूढ कम्बोडियन पिपुल्स पार्टीको नेतृत्व भने उनीसँगै रहने बताइएको छ ।

४५ वर्षीय हुन मानेटले केही दिनअिघ जुलाई २३ मा भएको कम्बोडियाको आमचुनावको प्रचारप्रसारमा प्रमुख भूमिका खेलेका थिए ।

बीबीसीबाट ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x