राष्ट्रिय किसान सन्जालद्वारा आन्दोलनको घोषणा


११ साउन, काठमाडौं । राष्ट्रिय किसान सन्जालले देशव्यापी आन्दोलन सुरु गरेको घोषणा गरेको छ । आज पत्रकार सम्मेलन गर्दै सन्जालका संयोजक गणेश तिमिल्सिनाले देशव्यापी आन्दोलनमा होमिएको घोषणा गरेका हुन् ।
लम्पी स्किन रोगबाट पशु क्षति भएको, पशु बीमाको रकम नपाएको, तरकारी उत्पादक किसानले उचित मूल्य नपाएको, धान खेतीको बेलामा पनि मल अभाव भएको भन्दै सन्जालले आन्दोलन घोषणा गरेको हो ।
सन्जालले लम्पीस्किन रोगलाई महामारी घोषणा गर्नुपर्ने, त्यसको नियन्त्रणमा लिनुपर्ने र किसानलाई राहत तथा क्षतिपूर्ति दिनुपर्ने प्रमुख माग राखेको छ ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE