शुक्रबार, अशोज १२, २०८०
Friday, September 29, 2023

आयरल्याण्ड र स्कटल्याण्डले पनि टी-२० विश्वकप खेल्ने

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    1.3K
    Shares

साउन १२, काठमाडौं । आयरल्याण्ड र स्कटल्याण्ड अर्को वर्ष वेष्ट इन्डिज र अमेरिकामा आयोजना हुने आईसीसी टी२० विश्वकपमा छनोट भएका छन् । युरोपियन क्षेत्रको छनोटमा बिहीबार आफू अनुकूल नतिजा आएपछि दुवै टोलीले लिग चरणको अन्तिम खेल अगावै विश्वकपमा स्थान पक्का गरेका हुन् ।

बिहीबार जर्मनी विरुद्धको खेल वर्षाका कारण रद्द भएपछि आयरल्याण्ड विश्वकपमा छनोट हुने १३औं टिम बन्यो । बिहीबारै भएको खेलमा स्कटल्याण्डले डेनमार्कलाई ३३ रनले पराजित गर्दै विश्वकप छनोट हुने १४औं टिम बनेको हो ।

७ टिम सहभागी युरोपियन छनोटमा स्कटल्याण्ड शतप्रतिशत जितसहित १० अंक जोडेर शीर्ष स्थानमा छ । अर्को अपराजित टिम आयरल्याण्ड ९ अंकसहित दोस्रो स्थानमा छ । स्कटल्याण्ड र आयरल्याण्डबीच शुक्रबार हुने खेलले युरोपियन छनोटको विजेताको टुङ्गो लाग्नेछ ।

२०२४ मा हुने टी-२० विश्वकपमा कूल २० टोलीले प्रतिस्पर्धा गर्नेछन् । सहभागी टोलीलाई ५ टिम रहेको चार समूहमा विभाजन गरिनेछ ।

वेष्ट इन्डिज र अमेरिका आयोजकको रुपमा सिधै छनोट हुँदा गत वर्षको टी(२० विश्वकपमा उत्कृष्ट ८ मा रहेका इंग्ल्याण्ड, पाकिस्तान, अष्ट्रेलिया, भारत, न्युजिल्याण्ड, दक्षिण अफ्रिका, श्रीलंका र नेदरल्याण्ड्स पनि सिधै छनोट भएका छन् । यस्तै २०२२ नोभेम्बरको टी-२० वरीयतामा माथि रहेका अफगानिस्तान र बंगलादेश पनि सिधै छनोट भइसकेका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x