शुक्रबार, अशोज १२, २०८०
Friday, September 29, 2023

नेपाल प्रहरीद्वारा हजारौ थान हतियार नष्ट

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    3.5K
    Shares

काठमाडौं । विभिन्न समयमा बरामद ८ हजार ८९६ थान हतियार प्रहरीले नष्ट गरेको छ । कानुन बमोजिम जफत भएका, प्राप्त भएका, बरामद भएका र वेवारिसे भरुवा बन्दुक ६ हजार ७४ थान, बाह्र बोर १७७ थान, विभिन्न प्रकारका पेस्तोल १ हजार ७६ थान, म्याग्नम २३२ थान, एयर गन २९ थान, सर्ट गन २२९ थान, थ्रीनटथ्री राइफल ६२६ थान नष्ट गरिएको छ । यस्तै रिभल्भर ३३४ थान, ग्यास गन १० थान, हर्नेट २५ थान र नाम नखुलेको ८४ थान गरी जम्मा ८ हजार ८९६ थान हातहतियार बुधबार कानुन बमोजिम नष्ट गरिएको प्रहरीको भनाइ छ ।

नेपाल प्रहरी प्रधान कार्यालय कार्यविभागका प्रहरी अतिरिक्त महानिरीक्षकसमेतका प्रतिनिधि, गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय काठमाडौं, कोष तथा लेखा नियन्त्रण कार्यालय लैनचौर एवम् स्थानीय प्रतिनिधि र बूढानीलकण्ठ नगरपालिका–११ का वडाअध्यक्ष लगायतको रोहबरमा उक्त हतियार नष्ट गरिएको हो ।

काठमाडौं महानगरपालिका–११ स्थित नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल कपन परिसरमा हातहतियार, खरखजाना एवम् विष्फोटक पदार्थ व्यवस्थापन निर्देशिका, २०६९ को दफा ८९३० बमोजिम नष्ट गरिएको तथा फलामलाई पत्रु बनाई कानुन बमोजिम व्यवस्थापन एवम् संरक्षणको लागि उक्त कार्यदलको जिम्मा लगाइएको प्रहरीको भनाइ छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x