शुक्रबार, अशोज १२, २०८०
Friday, September 29, 2023

कोशी प्रदेशमा राजनीतिक अस्थिरता

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    5.6K
    Shares
काठमाडौं । कोशी प्रदेशमा फेरि पनि राजनीतिक अस्थिरता हुने देखिएको छ । सर्वाेच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्दव थापाले लिएको विश्वासको मत संविधान विपरीत रहेको ठहर गरेको छ । केही दिन अघि थापाले प्रदेश सभाबाट लिएको विश्वासको मत असंवैधानिक रहेको दावी गर्दै एमाले संसदीय दलका नेता हिक्मत कार्कीले दायर गरेको रिटमा प्रारम्भिक सुनुवाई गर्दै न्यायधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले संविधान विपरीत रहेको ठहर गरेको हो ।
सर्वाेच्चको आदेशमा भनिएको छ ‘विवादित मत दिएको सन्दर्भमा बराबर भएको भन्ने देखिएन । यस अवस्थामा कुल ९३ जना प्रदेश सभा सदस्यहरु रहेको प्रदेश सभामा बहुमत सदस्य ४७ जनाको विश्वासको मत प्राप्त गरेको भनि अध्यक्षता गर्ने सदस्यले दिएको मत समेत गणना गरी श्री उद्दव थापाले विश्वासको मत प्राप्त गर्नुभएको भनी घोषणा गरिएको कार्य नेपालको संविधानको धारा १६८(२) र (४) तथा धारा १८६, संसदीय अभ्यास, संवैधानिक नैतिकता लगायत यस अदालतबाट प्रतिपादित सिद्धान्त समेतको प्रतिकुल रहेको देखिन आयो ।’
सर्वाेच्चले थापा नेतृत्वको सरकारलाई दीर्घकालिन महत्वको कुनै पनि काम नगर्न आदेश दिँदै काम चलाउको मात्रै हैसियत प्रदान गरेको छ ।
थापाले प्रदेश सभामा विश्वासको मत लिँदा सभाको अध्यक्षता गरिरहेको इस्राइल मन्सुरीले समेत मत दिएर गरिएको विश्वासको मत पाएको घोषणा सर्वाेच्चले प्रश्न उठाएको हो । यसअघि पनि थापालाई सभामुखले मत दिएर बहुमत पु¥याएका थिए । त्यसो त नेपालमा सत्ता राजनीतिको फोहोरी खेल नौलोहोइन । अब कोशी प्रदेश फेरि बहुमत– अल्पमतको चक्रब्यूहमा परिरहने देखिन्छ । नेपालमा बहुमत अल्पमतको खेल नौलो होइन तर कोशी प्रदेशमा भने यो नौलो अभ्यास हो । अब कोशी प्रदेशमा फेरि पनि अस्थिरताा कायम रहन्छ वा कुनै विकल्प निस्किन्छ, त्यो देखिदै जाला । कोशी प्रदेशको राजनीतिले केन्द्रमा पनि छोला कि !
कोशी प्रदेशमा सरकार काम चलाउ भएको छ । कोशी प्रदेशमा फेरि कतै मध्यावधी गर्नुपर्नेसम्मको स्थिति आउँन पनि सक्छ । सत्ताको लागि कस्ता कस्ता प्रयोग पनि हुँदो रहेछ कोशी प्रदेशमा देखियो, सभामुख जस्तो महत्वपूर्ण पदबाट राजिनामा गराइयो, मन्त्रि बनाइयो । अब हुँदा हुँदा सभाको अध्यक्षता गर्नेलाई समेत मत हाल्न लगाइयो । यो संसदीय अभ्यास अनुकूल थिएन ।
जनताले कांग्रेस, एमाले, माओवादी केन्द्रलाई मिलेर शासन गर, व्यवस्था बचाउ भनिरहेका छन् तर कोशी प्रदेशको राजनीति हेर्दा यी पार्टीमा ठूलै टकरावको स्थिति देखिन्छ । कतै कोशी प्रदेशको रापले अन्य प्रदेशमा पनि छुने हो कि ! अब त्यहाँ दलहरुले विकल्प दिनुपर्छ । होइन भने कोशी प्रदेश असफल हुने बाटो तिर लम्कने छ । मुख्यमन्त्रि को हुने भन्ने ठूलो कुरा होइन, जनताको विश्वास र इमान्दार राजनीति पहिलो कुरा हो । यदी केन्द्रमा कांग्रेस र माओवादी केन्द्रीय गठबन्धन टुट्यो भने सबै प्रदेशमा राजनीतक टकराव मात्र होइन, वर्तमान व्यवस्थामाथि नै प्रश्न चिन्ह खडा हुनेछ । कोशी प्रदेशले यही सन्देश दिएको छ । कोशी प्रदेशमा कांग्रेस(माओवादी बहुमत पु¥याउन जोड गर्ने, एमाले जसरी भए पनि कांग्रेसका थापालाई बहुमत पु¥याउन नदिन जोड गर्ने खेलले समग्र प्रदेशको बेइजत हुन पुगेको छ । जनतामा नकरात्मक सन्देश प्रवाह भएको छ । सम्सय उत्पन्न भएको छ । प्रदेश प्रमुख कुनै सानो पद त होइन तर पदकै लागि व्यवस्थाकै बद्नाम गर्न खोज्नु उचित होइन । त्यसैले कोशी प्रदेशमा एमाले, कांग्रेस, माओवादी मिलेर किन सरकार बनाउन सक्दैनन् ? केन्द्रको राप तल्लै तहमा पुग्नु पनि जनताको विश्वासमा खेलवाड हो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x