अष्ट्रेलियाको फराकिलो जित

कप्तान मिचेल मार्श र हिटर टिम डेविडको सानदार ब्याटिङमा अष्ट्रेलियाले पहिलो टि२० आई खेलमा घरेलु टोली दक्षिण अफ्रिकामाथि १ सय ११ रनको फराकिलो जित हात पारेको छ । योसँगै तीन खेलको सिरिजमा अष्ट्रेलियाले १–० को अग्रता लिएको छ ।
जितको लागि २ सय २७ रनको विशाल विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिका १५।३ ओभरमा १ सय १५ रनमा अल आउट भयो । दक्षिण अफ्रिकाका ओपनर टेम्बा बभुमाले ४३ बलमा ५ चौका र २ छक्कासहित सर्वाधिक ५६ रनको योगदान दिए । टेम्बा बभुमा डक, रास्सी भान डर डुसेन २१, एडेन माक्ररम ७, डेवाल्ड ब्रेभिस ५, ट्रिस्टन स्टब्स डक र मार्को यानसन २० रनमा आउट भए ।
अष्ट्रेलियाका मार्कस स्टोइनिसले ३ ओभरमा १८ रन खर्चेर ३ विकेट लिए । डेब्यू खेल खेलेका स्पिनर तनवीर संघाले ४ ओभरमा ३१ रन खर्चेर ४ विकेट लिए । स्पेन्सर जोनसनले दुई र शन एबोटले एक विकेट लिए ।
त्यसअघि डुर्बनमा टस हारेर ब्याटिङको निम्तो पाएको अष्ट्रेलियाले २० ओभरमा ६ विकेट गुमाउँदै २ सय २६ रन बनायो । अष्ट्रेलियाका कप्तान मिचेल मार्शले ४९ बलमा १३ चौका र २ छक्कासहित ९२ रनको योगदान दिए । टिम डेविडले २८ बलमा ७ चौका र ४ छक्कासहित ६४ रन बनाए ।
डेब्यू खेल खेलेका आरोन हाडर््ली १४ बलमा ३ चौका र १ छक्कासहित २३, म्याथ्यु शर्ट २०, जोश इंग्लिस १ र मार्कस स्टोइनिस ६ रनमा आउट भए ।
दक्षिण अफ्रिकाका लिजाड विलियम्सले ४ ओभरमा ४४ रन खर्चेर ३ विकेट लिए । मार्को यानसन, जेरार्ड कोट्जी र तबरेज शाम्सीले एक एक विकेट लिए । दोस्रो खेल शुक्रबार र तेस्रो खेल आइतबार हुनेछ ।एजेन्सी
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE