शुक्रबार, अशोज १२, २०८०
Friday, September 29, 2023

प्रधानमन्त्रीको राम्रो काम गर्ने इच्छा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    4.2K
    Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकममल दाहाल प्रचण्डले जीवनको उत्तरार्धमा आएर अब राम्रो काम बाहेक कुनै नराम्रा काम गर्नुपर्ने कारण नभएको भन्दै नेपाली जनताले सम्झने गरी केही राम्रो काम गरेर जाने इच्छा प्रकट गर्नुभएको छ । उहाँले वीरञ्जमा सम्पन्न समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्ने क्रममा त्यस्तो इच्छा व्यक्त गर्नु भएको हो ।
प्रधानमन्त्री प्रचण्डले प्राप्त उपलब्धिलाई संस्थागत गनर्न समाजवादी मोर्चा गठन भएको बताउनुभयो । नयाँ संगठन, नयाँ विचार र नयाँ ढंगबाट अगाडि बढ्नु पर्ने वर्तमान आवश्यकता बमोजिम मोर्चामा सहभागी भएको भन्दै मोर्चामा सहभागी सबै दलको समान हैसियत रहने उल्लेख गर्नुभयो । कार्यक्रममा नेकपा(एकीकृत समाजवादी) पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले संविधानको रक्षा गर्न जरुरी भएकाले मोर्चा गठन गरिएको दाबी गर्नुभयो । त्यस्तै जनता समाजवादी पार्टीका अध्यष उपेन्द्र यादवले गणतन्त्र र संघीयता बलियो बनाउन मोर्चा गठन गरिएको बताउनुभयो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x