शुक्रबार, अशोज १२, २०८०
Friday, September 29, 2023

प्रधानमन्त्री प्रचण्डले अमेरिका र चीन भ्रमण जानुअघि संसद्लाई के भने ? (सम्बोधनको पूर्णपाठ)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकाको न्युयोर्क र चीन भ्रमणको समयावधि छोटो भएकाले न्युयोर्कबाट सिधै चीन जान लागेको बताएका छन् । शुक्रबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले भ्रमणको तालिका र भेटघाट तथा अन्य कार्यक्रमबारे जानकारी गराउँदै यस्ताे बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्ड नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै भदौ ३० गते संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा भाग लिन न्युर्योक प्रस्थान गर्दैछन् । महासभामा भाग लिएर प्रधानमन्त्री असोज ५ गते चीन प्रस्थान गर्नेछन् ।

उनले आफ्नो भ्रमणले चीनसँगको सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गरे । “प्रधानमन्त्रीको हैसियतमा मेरो यो तेस्रो चीन भ्रमण हुनेछ । यस भ्रमणले नेपाल चीनबीच विद्यमान आपसी सम्बन्ध थप प्रगाढ हुनेछ भन्ने मैले विश्वास लिएको छु” उनले भने ।

प्रधानमन्त्रीको सम्बोधन-

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x