शुक्रबार, अशोज १२, २०८०
Friday, September 29, 2023

प्रधानमन्त्री स्वदेश नफर्केसम्म प्रतिनिधिसभा बैठक नबस्ने, सभामुख पनि विदेशतिरै

काठमाडौं । प्रतिनिधसभाको बैठक आगामी असोज १४ गतेका लागि तोकिएको छ । राष्ट्रियसभाको बैठक १२ गतेसम्मका लागि स्थगित गरिएको छ। संघीय संसदका दुवै सदनको बैठक एकैपटक लामो समयका लागि स्थगित हुनुलाई राम्रो मानिएको छैन ।

संसद सचिवालयका अनुसार बैठक लामो समय रोकिनुका पछाडि सदनमा बिजनेस नहुनु, प्रधानमन्त्री र सभामुखको विदेश भ्रमण रहेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संयुक्त राष्ट्रसंघ र चीनको औपचारिक भ्रमणका लागि शनिबार न्युयोर्क प्रस्थान गर्दैछन्। दुवै देशको भ्रमण सकेर उनी असोज १३ गते मात्रै स्वदेश फर्किनेछन्।

सभामुख देवराज घिमिरे पनि आइतबार आयरल्याण्डको भ्रमणका निस्कँदैछन्। घिमिरेले सेप्टेम्बर १८ देखि २२ तारिखसम्म भ्रमण गर्नेछन्। पहिलो एक हप्ता सभाखुकै अनुपस्थितिका कारण बैठक राख्न नसकिएको र त्यसपछि प्रधानमन्त्री फर्केपछि बैठक राख्न कार्यव्यवस्था परामर्श समितिमा दलहरुबीच सहमति भएको छ ।

मुलुकमा दैननिदिन जनताका समस्या र कष्ट बढ्दै गएको छ । जनताको पीडा र कुरा उठ्ने ठाउँ नै लामो समय बन्द भएपछि सांसदहरूलाई फुर्सद मिलेको छ ।असोज दोस्रो साता बैठक बसेलगत्तै चाडपर्वको सिजन सुरु हुन्छ । त्यसपछि सबै आ–आफ्नो घरतिर जान्छन् । असोज २७ गते घटस्थापना छ ।

दशैं सकिएलगत्तै गठबन्धन दलमा विभाजन आउने र सरकारकै समीकरण फेरबदल हुने अनुमान गरिएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x