शुक्रबार, अशोज १२, २०८०
Friday, September 29, 2023

चार वाणिज्य बैंकले घोषणा गरे लाभांश, कुनको नगद र बोनस कति ?

काठमाडौं । चालु आर्थिक वर्ष सुरु भएसँगै लाभांशको सिजन चलिसकेको छ । योसँगै नेप्सेमा सूचिकृत विभिन्न कम्पनीले लाभांश घोषणा गरिरहेका छन् ।

हालसम्म झण्डै डेढ दर्जन बढी कम्पनीले लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् । जसमध्ये ४ वटा वाणिज्य बैंकले लाभांश घोषणा गरिसकेका छन् । लाभांश प्रस्ताव गर्ने बैंकहरुमा माछापुच्छ्रे बैंक, एभरेष्ट बैंक, सानिमा बैंक र एनआईसी एशिया बैंक रहेका छन् ।

माछापुच्छ्रे बैंक

माछापुच्छ्रे बैंकले आर्थिक वर्ष २००७९/८० को मुनाफाबाट सेयरधनीका लागि वितरण गर्ने लाभांश घोषणा गरेको हो । बैंकले हाल कायम चुक्ता पुँजीकाे १३.३० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.७० प्रतिशत नगद गरि कुल १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न बैंकले असोज १८ गते वार्षिक साधारण सभा समेत बोलाएको छ ।

एभरेष्ट बैंक

एभरेष्ट बैंकले आर्थिक वर्ष २०७९/८० को सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १०.५३ प्रतिशत नगद लाभांश गरि कुल २०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

सानिमा बैंक

सानिमा बैंकले आर्थिक वर्ष २०७९/८०को मुनाफाबाट सेयरधनीहरुलाई चुक्तापुँजीको ९ प्रतिशत बोनस सेयर र ५.७० प्रतिशत नगद लाभांश (करसहित) गरी कुल १४.७० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो

एनआईसी एशिया बैंक

एनआईसी एशिया बैंकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको २९ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १.५२६३ प्रतिशत नगद गरि कुल ३०.५२३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंककाे स्वीकृति पछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीहरुलाई वितरण हुने छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x