महिला फुटबल टोली लागे चीन


काठमाडौं । १९औं एसियाड अर्थात् एसियाली खेलकुदमा सहभागी हुने २२ सदस्यीय नेपाली महिला फुटबल टोली चीनतर्फ प्रस्थान गरेको छ ।
चीनको हाङझावमा हुने एसियाली खेलकुदको १९औ संस्करणमा नेपाली महिला टोलीले पहिलो पटक प्रतिस्पर्धा गर्न लागेको हो । नेपाली टोलीको प्रशिक्षकमा बालगोपाल महर्जन रहेका छन् । निकै विवाद पश्चात उनी प्रशिक्षकको भूमिकामा आएका थिए ।
नेपाल रहेको समूह ‘डी’मा साफ च्याम्पियनसिप विजेता बंगलादेश सहित जापान र भिएतनाम रहेका छन् । नेपालले समुहको पहिलो खेलमा भियतनाम विरुद्ध सेप्टेम्बरमा २२ का दिन खेल्नेछ । त्यसपछि जापान सेप्टेम्बेर २५मा नेपालको प्रतिद्वन्द्वी हुँदा सेप्टेम्बेर २८मा नेपालले बंगलादेशसँग खेल्ने छ ।
नेपालले भियतनाम र बंगलादेश विरुद्ध हालै मात्र खेलेको थियो । नेपालले जुलाईमा बंगलादेशलाई दुई खेलको मैत्रीपूर्ण सिरिजमा पराजित गरेको थियो भने पेरिस ओलम्पिक महिला फुटबल छनोटका दुई घरेलु खेलमा भियतनामसँग पराजित भएको थियो ।
हाङझाव एसियाडमा नेपालका तर्फबाट एक सय २७ महिला र एक सय २६ पुरुष खेलाडीले चुनौती प्रस्तुत गर्नेछन् । एसियाली खेलकुदको सहभागितामा नेपालले अहिले सम्म २ रजत र २४ कास्य पदक जितेको छ । नेपाल सरकारले यसअघिनै चिन जाने सम्पूर्ण नेपाली खेलाडीहरूलाई विदाई गरिसकेको छ ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE