शुक्रबार, अशोज १२, २०८०
Friday, September 29, 2023

मजदुरहरुबीच झडप हुँदा एकको मृत्यु

  • 987
  •  
  •  
  •  
  •  
  •  
  •  
    987
    Shares

२ असोज,बुटवल । मजदुर मजदुरबीच भएको झडपमा परी एकको मृत्यु भएको छ भने ३ गम्भीर घाइते भएका छन् । झडमा हेटौंडा घर भई रुपन्देहीको मंगलापुरमा बस्दै आएका सुरेश स्याङताङको मृत्यु भएको छ । उनको अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको हो ।

त्यसै गरी झडपमा परी काठमाडौंमा बस्ने विकास वाइवा, मकवानपुरका राजु तामाङ र मकवानपुरकै हस्तसिंह तामाङ गम्भीर घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक दानबहादुर थापाका अनुसार तिलोत्तमा ९ केवलानीमा मजदूरी काम गर्दै आएका दुई पक्षबीच सोमबार राति झडप हुँदा स्याङताङमाथि धारिलो हतियार प्रहार भएको थियो ।

मदिरा सेवन गरेका मजदुरहरु धारिलो हतियारसहित झडपमा उत्रिएका थिए ।

घाइतेहरुको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ ।

झडपमा संलग्न १३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मकवानपुरे र नुवाकोटे समूहका नाममा झडप भएको स्थानीयले बताएका छन् । प्रहरीले भने यसबारेमा केही बताएको छैन । प्रहरी नायव उपरीक्षक थापाले घटनाको अनुसन्धान भैरहेको बताएका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x